बैतडी: पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन् । गएराति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । रासस
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ । साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ । साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु…
अछामः अछामको पञ्चदेव विनायकका विनोद शाहीका हत्या आरोपी सर्जनबहादुर शाही धरौटीमा रिहा भएपछि स्थानीय आन्दोलित भएका छन् । उनलाई अदालतले सेटिङमा छोडेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । जिल्ला अदालतले शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको फैसलाविरुद्ध उनीहरुले विनायक बजारमा टायर जलाएर विरोध प्रदर्शन गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीहरुले सडक अवरुद्ध पार्न बाटोमा ढुंगा राखेका भएपनि ती ढुंगा हटाइसकिएको प्रहरीले बताएको छ । आन्दोलनमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पनि ऐक्यबद्धता जनाएको छ । विनोद शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत…
टीकापुर: अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ। चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा आज (सोमबार) बिहान ५:५० बजेको मापनअनुसार पानीको सतह ९.३३ मिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १०.८ मिटर पुगेमा खतरा तह मानिन्छ। गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरिन्। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोमबार थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिइन्।
अछाम: अछामको पञ्चदेव विनायकका विनोद शाहीको हत्या आरोपी सर्जन बहादुर शाही धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतले अछामलाई शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अभियोग पत्र माग दाबी अनुसारको कसुरमा उनी निर्दोष हुन भन्ने आधार नभए प्रमाण नभए पनि थुनामै राखेर मुद्दा चलाउन वृद्ध र बिरामी समेत भएका कारण मनासिब नदेखिएको आदेशमा उल्लेख छ। पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा भनिएको छ। शाही काठमाडौंको धापासीबाट पक्राउ परेका थिए। शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद…
सप्तकोशी नदीमा पानीको बहाव २५ वर्षयताकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। रातिको तुलनामा पानीको बहाब अहिले अलि कम भएको छ। प्रहरीका अनुसार पानीको बहाब अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको छ। यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च भएको जानकारीमा आएको बताएको छ।
कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पानीको बहाव बढेपछि सोमबार बिहानदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।
बैतडी: लगातारको वर्षाका कारण खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत बैतडीको झौलेक र श्रीभावरमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। पहिरो पन्छ्याउनका लागि पहिरो खसेको ठाउँमा डोजर पुगिसकेको प्रहरी निरीक्षक जोशीले बताए। पहिरो पन्छ्याउने काम भइरहेकाले सडक सुचारु हुने उनले बताए। राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने सवारी साधन, बैतडीको पुर्चौंडी र सिगास जाने सवारी साधन र बझाङबाट अन्यत्रका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन्।
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको छ। पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएको हो। साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ। सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन। तराई र पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा पनि समस्या भएको व्यवसायीले बताएका छन्। यातायातका साधन सञ्चालन नहुँदा डिजेल र पेट्रोलको अभाव चुलिएको छ। एकसातामा…
दार्चुला: दार्चुला प्रहरीले बलात्कार मुद्दाका १ प्रतिवादीलाई २ वर्षपछि पक्राउ गरेको छ। उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुसमा २ वर्ष कैद तोकेका २५ वर्षीय युवकलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरेको हो । दुँहु गाउँपालिका–२ का २५ वर्षीय करन समाललाई आइतवार दिउँसो गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। समाललाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको छ।