Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासम परेको उक्त मुद्दा आज हेर्न नभ्याइनेमा परेको हो । पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ । यसैबीच लामिछाने भोलि पाकिस्तान जाने भएका छन् । आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनी एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोली पाकिस्तान जाने भएका हुन् । अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग…

Read More

धनगढी: सुदूरपश्चिममा लम्पी स्किन रोगको सङ्क्रमण भयावह बन्दै गएपछि पशुपालन किसानहरू आन्दोलित भएका छन् । रोग नियन्त्रण तथा भएको क्षति व्यवस्थापनमा सरकार निरीह वनेको भन्दै अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय धनगढीमा धर्ना सँगै ज्ञापन पत्र बुझाएको छ । लम्पी स्किन रोगलाई महाकारी घोषणा गरी प्रभावकारी उपचार तथा व्यवस्थापन थालिनुपर्ने,मरेका पशुहरूको बिमा रकम यथाशीघ्र भुक्तानी गरिनु पर्ने लगायतका १० बुँदे माग राख्दै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीलाई ज्ञापन पत्र बुझाइएको सङ्घका सुदूरपश्चिम अध्यक्ष मदन रेग्मीले बताए । ज्ञापन पत्र बुझे पश्चात् किसानहरूलाई सम्बोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी…

Read More

बैतडी : करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, दशरथचन्द नगरपालिका-५ आइतका ४३ वर्षीय केशवदत्त लेखक मृत भेट्टिएका छन् । केशव वडा नं ५ को कार्यालय नजिकै मृत फेला परेका प्रहरी निरीक्षक केसीले बताए। उनका अनुसार शनिबार घरबाट निस्केका केशव आइतबार बिहान मृत फेला परेका हुन् । केशवको मृत्युको कारण खुल्न सकेको नसकेको प्रहरी प्रवक्ता केसीले…

Read More

दार्चुलाः दार्चुलामा एक महिलाले आफैमाथि मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी छिन्। जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदले आज बिहान घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्। साउँदले शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको छ। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो। जलेर गम्भीर घाइते साउँदको गोकुलेश्वरमा उपचारका हुन नसकेपछि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक सिंहले बताए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुलेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

महेन्द्रनगर : भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरिएका छन्। गत आइतवार भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कार्यरत लेखापाल विरेन्द्रप्रसाद जोशी कुटपिट घटनालाई लिएर शिक्षक सम्वद्ध संगठनहरुले विद्यालय बन्द गरेका हुन्। विद्यालय परिसरभित्रै पसेर आक्रमण गर्नेहरुमाथि प्रहरीले कारबाही गर्न आनाकानी गरिरहेकोले विद्यालय बन्द गरिएको ती संगठनहरुको भनाई छ। शिक्षकहरुले विद्यालयभित्रै हतकडी लगाएर नियन्त्रणमा लिइएका शिक्षकलाई सुरक्षा दिन नसक्ने प्रहरीमाथि पनि कारबाहीको माग शिक्षक संगठनहरुले गरेका छन्। विद्यालयमै अध्ययनरत छात्रामाथि दूव्र्यवहार गरेको आरोप लगाउदै शिक्षकसमेत रहेका लेखापाल जोशीमाथि कुटपिट गरिएको थियो। गम्भीर घाइते जोशीको उपचार चलिरहेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको र अरु…

Read More

तनहुँ : शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीले लामो समयदेखि काममा नगएका कर्मचारीको खोजी गर्न थालेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर आफूखुसी गैरहाजिर भएका १४ जना प्रहरी कर्मचारीको खोजबिन शुरु गरेको हो । यसअघि पटक-पटक सम्पर्कमा आउन आग्रह गरिएकोमा उनीहरुले अटेरी गरेपछि सात दिनको समय दिएर प्रहरी मुख्यालयले पुनःमौका दिएको जनाएको छ । बाटोको म्यादबाहेक आगामी सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्रदो स्पष्टीकरणसहित उपस्थित हुन उनीहरुलाई निर्देशन दिइएको छ । ‘आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा, तपाईँहरु उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को…

Read More

काठमाडौँ : नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् । प्रमुख दलहरूले प्रतिनिधि सभाका १० र संघीय संसद्का २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार काँग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो । दलहरुबीच सहमति भएपछि संघीय संसद सचिवालयले समिति…

Read More

धनगढी: कञ्चनपुरको कृष्णपुरमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। आइतबार जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ७० वर्षीया गौरीदेवि महराको मोहना नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।  आज बिहान हातखुट्टा धुन नदीमा गएकी महराको डुबेर मृत्यु भएको हो। महिला डुबेको खबर पाएपछि नेपाल प्रहरी घटना स्थलमा पुगेपनि भेट्टाउन सकेन। त्यसपछि सशस्त्र प्रहरीको ३५ नम्बर गणबाट सई कमल जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले वृद्धालाई मृत फेला पारेको हो। सशस्त्र प्रहरीले शव नेपाल प्रहरीलाई बुझाएको जनाएको छ।

Read More

काठमाडौं: बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका २ सय ९० प्रतिवादीविरुद्ध संगठित अपराधमा मुद्दा नचल्ने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी किर्ते र संगठित अपराध दुवैमा मुद्दा चलाउन राय दिएर प्रतिवेदन बुझाएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयले आइतबार प्रकरणमा मुछिएकाहरुविरुद्ध सरकारी किर्तेमा मात्र मुद्दा दायर गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले संगठित अपराधमा मुद्दा चलाउने पर्याप्त प्रमाण फेला नपरेको बताए । सरकारी किर्तेमा १ वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ। सरकारी वकिलको कार्यालयले दुई आधार मानेर संगठित अपराधमा मुद्दा नचलाउने निष्कर्षमा पुगेको जनाएको छ।

Read More