Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीमा साउन २२ गते पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग आइतबार साँझदेखि एक सातापछि सञ्चालनमा आएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ को बुढीतोलामा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । उक्त पहिरो पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले पहिरो पन्छाए पनि जोखिम कायमै रहेको र उक्त क्षेत्रमा हिलो, दलदलका कारण सवारीसाधनलाई जेसीबीको सहायताले पास गराइरहेको बताए । राजमार्ग सञ्चालन भएसँगै सुदूरपश्चिमका ६ पहाडी जिल्लाको सडक सम्पर्क जोडिएको छ ।

Read More

म्याग्दी: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर÷होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताएको बताए । “कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन”, उनले भने “बाढीले कागबेनीको धर्मशाला पुरिएको छ । बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ,” मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको…

Read More

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्। युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन्। उनले निर्दोष नफसोस् दोषि नउम्कियोस् भन्ने आफ्नो धारणा रहेको बताए।उनले जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने पनि बताए।

Read More

वेदकोट: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ । उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन् नेपाली गाउँ, कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ”, उनी भन्छन्, “यसैबाट घरखर्च चल्छ ।” सुरुआतमा दुई बिघा जमिन भाडामा लिएको उनले बताए । महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको उनको भनाइ छ । परबलका साथै भिण्डी, खुर्सानी, हल्दीलगायतको खेती उनले गरेका छन्…

Read More

बैतडी: पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन् । गएराति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो । सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् । लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । रासस

Read More

काठमाडौँ: साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बेलपत्र, फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ । साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ । साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु…

Read More

अछामः अछामको पञ्चदेव विनायकका विनोद शाहीका हत्या आरोपी सर्जनबहादुर शाही धरौटीमा रिहा भएपछि स्थानीय आन्दोलित भएका छन् । उनलाई अदालतले सेटिङमा छोडेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । जिल्ला अदालतले शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको फैसलाविरुद्ध उनीहरुले विनायक बजारमा टायर जलाएर विरोध प्रदर्शन गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीहरुले सडक अवरुद्ध पार्न बाटोमा ढुंगा राखेका भएपनि ती ढुंगा हटाइसकिएको प्रहरीले बताएको छ । आन्दोलनमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पनि ऐक्यबद्धता जनाएको छ । विनोद शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत…

Read More

टीकापुर: अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ।  चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा आज (सोमबार) बिहान ५:५० बजेको मापनअनुसार पानीको सतह ९.३३ मिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १०.८ मिटर पुगेमा खतरा तह मानिन्छ।  गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरिन्। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोमबार थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिइन्। 

Read More

अछाम: अछामको पञ्चदेव विनायकका विनोद शाहीको हत्या आरोपी सर्जन बहादुर शाही धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतले अछामलाई शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अभियोग पत्र माग दाबी अनुसारको कसुरमा उनी निर्दोष हुन भन्ने आधार नभए प्रमाण नभए पनि थुनामै राखेर मुद्दा चलाउन वृद्ध र बिरामी समेत भएका कारण मनासिब नदेखिएको आदेशमा उल्लेख छ। पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा भनिएको छ। शाही काठमाडौंको धापासीबाट पक्राउ परेका थिए। शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद…

Read More

सप्तकोशी नदीमा पानीको बहाव २५ वर्षयताकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। रातिको तुलनामा पानीको बहाब अहिले अलि कम भएको छ। प्रहरीका अनुसार पानीको बहाब अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको छ। यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च भएको जानकारीमा आएको बताएको छ।

Read More