Author: महेन्द्रनगर पोष्ट

टीकापुर : कैलालीको टीकापुरमा लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न दुई प्रतिबद्धता जनाइएको छ । लागुऔषधका क्रममा पक्राउ परेका व्यक्तिलाई छुटाउन कुनै पनि राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता गरेका छन् । प्रहरीले लागुऔषधका बारेमा निष्पक्ष भएर छानविन गर्नुपर्ने र त्यसका लागि सबैले सहयोग गर्नुपर्ने प्रतिबद्धता पनि कार्यक्रममा गरिएको छ । टीकापुरमा संवाद समूहले गरेको छलफलमा यस्तो प्रतिबद्धता राजनीतिक दल, प्रहरी प्रमुख र सरोकारवालाले गरेका हुन् । टीकापुर क्षेत्रमा लागुऔषधको कारोबार बढेपछि संवाद समूहले सरोकारवाला पक्षसँग छलफल चलाएको हो । छलफलमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि योजना बनाएर अगाडि बढ्ने बताए। “हामी कडारूपमा…

Read More

काठमाडौँ : अभिनेता अनमोल केसी पक्राउ परेका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

Read More

काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घूस रकमसहित रंगे हात पक्राउ परेका छन्। उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले शुक्रबार १ लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो। घूसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। नासु र खरिदारले सेवाग्राहीसँग घूस मागेको उजुरीपछि अख्तियार सक्रिय भएको थियो ।

Read More

काठमाडौँ : दोलखा प्रहरीले थप ३ किलो अवैध सुन विगु गाउँपालिका–३ जामुनेबाट बरामद गरेको छ । विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको थप ३ किलो सुन शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय सिंगटीले बरामद गरेको हो । अनुसन्धानका क्रममा बुधबार पक्राउ परेको केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । हालसम्म तस्करले ल्याएको ७ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार चीनको रोङजिया नाका ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ…

Read More

काठमाडौं : सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ । सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो । सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

Read More

बाजुरा: देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी माथिको आक्रमणको विरोध गर्दै जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मी पनि आन्दोलित बनेका छन। विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालको डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण हनु निन्दनीय भएको भन्दै बाजुराका स्वास्थ्यकर्मी पनि आन्दोलित बनेका हुन। ग्रामिण क्षेत्रका स्वास्थ्य संस्था संचालनमा भएपनि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरु भने अस्पतालमा सेवा बन्द गरेर आन्दोलित हुदैँ सडकमा उत्रिएका छन्। स्वास्थ्यकर्मी माथि भएका दुव्र्यवहार तथा भौतिक आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पत्रसमेत बुझाएको बाजुरा अस्पताल प्रमुख समिता पुनले बताइन्। स्वास्थ्य जस्तो संवेदनशिल स्थान जहाँ स्वास्थ्यकर्मीहरु भोकप्यास र निन्द्रा नभनि बिरामीको सेवामा खटिएपनि अस्पतालमै स्वास्थ्यकर्मी माथि भइरहेका…

Read More

कैलालीः कैलालीको एक विद्यालयमा कार्यरत राहत शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसनधान आयोगले शुक्रबार घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध मुद्दा दायर गरेको हो। शाहले इण्टरमिडियटको नक्कली सर्टिफिकेट पेश गरी अध्यापन गरेकोले उनको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न परेको उजुरीमाथि अनुसन्धान हुँदा उजुरी वास्तविक देखिएको अख्तियारको दावी छ। शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा प्रमाणित भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। शाहले…

Read More

काठमाडौंः जंगलमा लुकीछिपी ‘रोमान्स’ गर्ने झापाको अर्जुनधारा नगरपालिकाको दुई जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको छ। स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत र एक जना करार महिला कर्मचारीलाई नगरपालिकाले जागिरबाट हटाएको हो। नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ्गले दुवैलाई स्पष्टीकरण सोधेर आजबाट जागिरबाट निकालेको बताए। स्वास्थ्य शाखा प्रमुख बस्नेत र पालिकाकै एक महिला कर्मचारीबीच जङ्गलमा ‘रोमान्स’ भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमती आएकी थिइन्। बस्नेतकी श्रीमतीले उनीहरुलाई आपत्तिजनक अवस्थामा भेटेपछि तथानाम गाली गर्दै कुटपिट गरेको भिडियोमा देखिन्छ। उनले बस्नेतलाई थप्पडसमेत हिर्काएकी छन्। यता, ती महिला कर्मचारी भने पछाडि फर्किएकी छन्। उनले हेल्मेटले आफ्नो अनुहार लुकाउने कोसिस…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका– ४ उत्तरवेहडीमा ‘डुब्का थकाली’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ। सुदूरपश्चिमको पहाडी जिल्लामा बन्ने विशेष परिकार डुब्का र काठमाडौंको थकाली खानालाई प्राथमिकता राखेर सो रेष्टुरेण्ट सञ्चालनमा आएको हो। सुदूरपश्चिमकै आफनो पहिचानलाई देखाउन ‘डुब्का’ लाई विशेषता दिएका सञ्चालक अमिर खडकाले बताए। डुब्कासंगै मासुका परिकारसंग खाना, नाष्ता लगायतका अन्य परिकारहरु पनि होटलमा पाइने उनको भनाइ छ। झण्डै डेढ करोड बढी लगानीमा सञ्चालनमा आएको सो रेष्टुरेण्टमा सभाहलको पनि व्यवस्था रहेको छ ।

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण उपलब्धिमूलक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण एकदमै साधारण र फुर्सदिलो देखिएको बताएका हुन् । १७ दिनसम्म संसद् रोकेर गरिएको भ्रमण पनि उपलब्धिमूलक नहुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए । प्रधानमन्त्रीको हैसियतमा यो प्रचण्डको अन्तिम भ्रमण पनि हुन सक्ने उनको टिप्पणी छ ।

Read More