Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य माथी हातपात भएको छ । नेकपा माओवाद केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले हातपात गरेका हुन । कार्यालयमै रहेका बेला उनी माथी अध्यक्ष हमालले हातपात गरेको इलाका प्रहरी कार्यालय डिएसपी बिरेन्द्र वीर विश्वकर्माले जनाएका छन् ।

Read More

काठमाडौँ : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् । आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज…

Read More

काठमाडौं: विवादित छविका व्यवसायी तेजबहादुर चन्द कञ्चनपुरमा देखिएका छन्। आज (मंगलबार) चन्द जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नेपाल प्रहरीका उत्कृष्ट अफिसर र कार्यालय खोज्दै हिंडेको एआइजीसहितको टोलीसँग प्रकट भएका हुन्। चन्दको प्रहरीको निरीक्षण कार्यक्रममा एआइजी र डिआइजीसँगैको तस्बिरसमेत सार्वजनिक भएको छ। कार्यक्रममा ती चन्द एआइजी सन्दीप भण्डारी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भरतबहादुर बोहरासँगै देखिएका हुन्। प्रहरीभित्रको आन्तरिक निरीक्षण र मुल्यांकनको कार्यक्रममा विवादित मान्छे देखिएपछि अहिले आलोचना भैरहेको छ। स्रोतका अनुसार ती चन्दले प्रहरी, प्रशासन र अख्तियारमा विभिन्न अवैध सेटिङ मिलाउने गरेकाले निकट मानिन्छन्। उनी केही समय अगाडि एक भ्रष्टाचार मुद्दाको विषयमा जोडिएर विवादमा आएका थिए। कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको…

Read More

काठमाडौँ : साढे १७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार उक्त फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते ऋषिराम र सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो । अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । ऋषिरामले २०३९ साल साउन १ गते राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा स्थायी नियुक्ति पाएर…

Read More

धनगढी : नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको काम, कर्तव्य र अधिकारका आधारमा धनगढी उपमहानगरपालिकाको दशौँ नगर सभाले आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । स्थानीय सरकारको अधिकार र मर्मलाई बुझेर उपमहानगरपालिकाले आमनागरिक (अपाङ्गता भएका अल्प–संख्यक व्यक्तिहरु तथा महिला र बालबालिका सहित) , वडा समिति, बजेट निगरानी समूह, विभिन्न विषयगत समिति कार्यपालिका, विषय विज्ञ, आमसंचार जगत, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, भुतपूर्व राष्ट्रसेवक कर्मचारी, शिक्षक, व्यवसायीसँग आवश्यक परामर्श र सुझाव लिएर नीति तथा कार्यक्रम ल्याएको हो । उपमहानगरपालिकाले व्यापक विचार विमर्श गरेर आर्थिक वर्ष २०८० -८१ को वार्षिक बजेट तर्जुमा गरेको…

Read More

काठमाडौं : सरकारले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा गरेका हुन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको हो ।

Read More

काठमाडौं : खानेपानी मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ। मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित सात जना सहसचिवको सरुवा गरेका हुन्। खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा भएको छ। विभागको महानिर्देशकको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई दिइएको छ। मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशकको जिम्मेवारी संघीय मामिला खानेपानी आयोजना विराटनगरका प्रमुख सुरत बमलाई दिइएको छ। सहसचिव बालमुकुन्द श्रेष्ठको संघीय आयोजना सुर्खेत, रामचन्द्र काफ्लेको बुटवल तथा प्रज्जव प्रजापतिको हेटौंडा र जक्की अहमदको जनकपुर सरुवा भएको छ। गत वैशाख २४ गते…

Read More

धनगढी : कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–१ ब्लक नम्बर–२३ ड्राईभर टोलबाट ६० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय विपिन चौधरी पक्राउ परेका हुन्। यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीबाट १२० मिलिग्राम खैरो हेरोईन र २.८६ ग्राम चरेशसहित धनगढी उपमहानगरपालिका–१४ ‘सी’ गाँउका ३७ वर्षीय नवराज जोशी पक्राउ परेका हुन्। जोशीलाई प्रहरी चौकी कनरीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको छ। 

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ। केन्द्रबाट खटाइएका १९ जना नेताले तीन दिन बसेर सुझाव, गुनासो संकलन गरेर ल्याउने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए। पार्टी सभापति रवि लामिछाने रोल्पा जाने भएका छन्। पार्टी उपसभापति डोलप्रसाद अर्याल मधेस प्रदेशअन्तर्गत पर्सा जाने छन्। महामन्त्री ढकाल कालिकोट जानेछन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बैतडी, सुमना श्रेष्ठ कैलालीको टीकापुर, शिशिर खनाल रसुवा, मनिष झा पर्वत, गणेश पराजुली ओखलढुंगा जाने ढकालले जानकारी दिए। केन्द्रीय सदस्य रमेश प्रसाईं सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपीन आचार्य संखुवासभा, डा तोसिमा कार्की डोटी, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदी गौर, रौतहट खटाइएका…

Read More

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। आलितालको गोदाममा रहेको १०० केवीको ट्रान्समिटरमा आएको समस्याका कारण पालिकाको मुख्य गोदाम बजार, डोलागाउँ र सुनखोला लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो। सोमबार राती एक्कासी ट्रान्समिटरमा समस्या आउदा विद्युत् सेवा अवरुद्ध भएको डडेल्धुरा बिद्युत् प्राधिकरण शाखाका प्राविधिक शाखा प्रमुख निरन्जन कुमार शाहले बताए। शाहका अनुसार विद्युत् सुचारु हुन २/३ दिन लाग्ने छ। उनले भने, ‘ट्रान्समिटर नै जलेको छ, अब अत्तरिया कार्यालयबाट अर्को नयाँ ट्रान्समिटर ल्याएर जडान गर्नु पर्ने भएकोले केही दिन लाग्नेछ।’

Read More