कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर बजारमा बस्दैआएका भोका बाँदरको भोक जनावरप्रेमी युवाको समूह आइ केयर युले मेटाउँदै आएको छ । जङ्गल जान बिर्सेर सहरमा खानाको खोजीमा भौंतारिने बाँदरलाई सो समूहले विगत चार पाँच वर्षदेखि खाना खुवाउँदै आएको हो। आफ्नो प्राकृतिक बासस्थानमा नगइ सहरमा भौतारिने बाँदरलाई हप्ताको दुई तीन दिन केरालगायत अन्य फलफूल खुवाउने गरेको समूहमा आबद्ध विष्णुप्रसाद पनेरुले जानकारी दिए। बाँदरलाई फलफूलका लागि कहिलेकाँही केही मनकारीले सहयोग गर्ने गरेको र धेरैजसो समय आफ्नै खर्चबाट फलफूल खुवाउने गरेको उनले बताए।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट आज टीका ग्रहण गरेका छन्। दसैंको टीका लगाउने तेस्रो दिनमा प्रदेश प्रमुखले मुख्यमन्त्री शाहलाई टीका र जमरा लगाइदिएका हुन्। कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने आशीर्वाद लिने चलन छ।
धनगढी : अवैध लागुऔषधसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खैरो हेरोइनसहित तीन जना, ब्राउन सुगरसहित दुई जना र ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई विभिन्न स्थानबाट पक्राउ परेको हो। कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापा ३९० मिलिग्राम खैरो हेरोइनसहित बुधबार राति पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट ७२० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई…
रूकुम पश्चिम : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन् । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्त्रीले यस्तो दाबी गरेका हुन् । कसले त्यस्तो षडयन्त्र गरिरहेको छ भन्ने उल्लेख नगरी प्रधानमन्त्री दाहालले अनेकन षड्यन्त्र चिरेर सरकारअघि बढ्ने पनि बताए । उनले कांग्रेससँगको गठबन्धन र सरकारले पाँच वर्ष पूरा गर्ने विश्वास समेत दिलाए । बाँफिकोट ६ मा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वमा भ्रष्टाचारविरूद्धको अभियान जोडतोडका साथ अघि बढेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘अहिले अघि बढाइएको भ्रष्टाचार विरोधी अभियान कुनैपनि हालतमा रोकिन्न,’…
धनगढी : दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ। रूपन्देहीको मर्चवारमा मंगलबार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका थिए। रूपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए। राजभरको शव बिहीबार भेटिएको हो।
काठमाडौं : मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको आपतकालीन व्यवस्थापन एजेन्सीले बताएको छ । स्थानीय समयअनुसार बिहान करिब ३ः५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपतकालीन एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेका समेत एजेन्सीले उल्लेख गरेको छ । चिसो मौसम सुरु भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन ।
रुकुम : सहिद मेलालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिममा पुगेका छन्। उनी हेलिकोप्टर मार्फत उनी रुकुम पश्चिम पुगेका हुन्। रुकुम पश्चिम माओवादीको आधार इलाका मानिन्छ। रुकुम पुगे लगत्तै प्रचण्ड ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए। साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको बताइएको छ।
अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा अवस्थित ऐतिहासिक बिमकोट दरबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। एक कार्यक्रमकाबीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६ दशमलव ५ रोपनी जग्गा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदलाई हस्तान्तरण गरेका हुन्। दरबार मेल्लेख गाउँपालिका-५ बिन्धेबासीनीमा अवस्थित छ। दरबारको संरक्षण तथा प्रवद्र्धन अबदेखि गाउँपालिकाले गर्ने भएको छ। बिमकोट दरबार दुईतिरबाट बिमकोटीगाड र चोटे खोलाले घेरिएको छ। जङ्गलको बीचमा अवस्थित दरबार नजिक कुनै गाउँबस्ती छैन। दरबारको सिरानीमा षोड्षादेवीको मन्दिर रहेको छ। षोड्षादेवीलाई बिमकोटे राजा तथा उहाँका सन्तानहरूले कुलदेवीका रूपमा पूज्दै आएका छन्। किंवदन्तीअनुसार बिमा राउतको सल्लाहबमोजिम दरबार बनाएका कारण सो ठाउँको नाम बिमकोट रहन गएको हो। उक्त…
कैलाली: कैलालीमा गाडीको ठक्करबाट एक महिलाको मृत्युु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–६ को बनबेहडामा नम्बर नखुलेको गाडीले ठक्कर दिदा अन्दाजी ७० वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी महिलाको राती उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार मृतक महिलाको पहिचान खुलेको छैन भने ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन्। यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे बेङ्लोरमा शुरु हुनेछ। इङ्ल्यान्ड र श्रीलङ्काले यसअघिका चार खेलमा समान एकरएक खेल जितेका छन्। समान दुई अङ्ककासाथ श्रीलङ्का तालिकाको सातौँ र इङ्ल्यान्ड आठौँ स्थानमा छ। इङ्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्लादेशलाई हराएको थियो। त्यस्तै, तेस्रो खेलमा अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकासँग हारेको थियो। श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग, दोस्रो खेलमा पाकिस्तानसँग, तेस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो भने चौथो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो