Author: महेन्द्रनगर पोष्ट

बझाङ: बझाङको बुङ्गल नगरपालिकाका कार्यालय सहयोगीको शव डोटीस्थित दिपायलको सेती नदीमा भेटिएको छ। नगरपालिकाका कार्यालय सहयोगी धनबहादुर बोहरा बिहीबार साँझदेखि बेपत्ता थिए। बुङ्गल-३ विर्पैयाँका करिब ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ।

Read More

बैतडी: बैतडीको एक विद्यालयमा हावाहुरीले उडाएको छानो मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ। जिल्लाको सिगास गाउँपालिका-७ स्थित शिवलिंग आधारभूत विद्यालय भवनको छानो मर्मत नहुँदा र भवन अभावले पठनपाठनमा समस्या भएको हो। विद्यालय भवनको छानो उडाएको ३ वर्ष भइसक्दा समेत मर्मत हुन सकेको छैन। कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा अहिले ४ कोठाको एकमात्रै भवन रहेको स्थानीय सूर्यबहादुर बोहराले बताए। ‘जीर्ण भवनबाट विद्यालयले सेवा दिइरहेको छ तर विद्यार्थीको ज्यान जोखिममा छ’ उनले भने। ४ कोठाको भवनमध्ये एकमा विद्यालयको कार्यालय, एक कोठामा स्टोर र दुईकोठामा मात्रै विद्यार्थीहरुले बस्न पाएका छन्। विद्यालय भवन मर्मत नहुँदा २ सय बालबालिकालाई पठनपाठनका लागि निकै समस्या भएको…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१४ फूलवारीको खुटिया घाटबाट प्रहरीले चरेससहित दुई जनालाई बुधवार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले भारततर्फ लैजादै गरेको ४ किलो ३० ग्राम चरेससहित प्युठानको लुङ गाउँपालिका–७ का ४२ वर्षीया मिना बुढाथोकी र रुकुम पश्चिम बासिकोट गाउँपालिका–७ का ३९ वर्षीय भिमसेन खत्रीलाइ चरेससहित नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानको लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएको प्रवक्ता कुलदिप चन्दले जानकारी दिए।

Read More

काठमाडौं: भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ। कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ। भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको छ। किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ। गृहका केन्द्रीय समितिका संयोजक भट्टराईका अनुसार ती किशोरी २०७९ मङ्सिरमा घरबाट हराएकी थिइन्। गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएको शान्ति पुनःस्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिइन्। उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापना गृहमा सुरक्षित रूपमा राखिएको कृष्णनगरकी संयोजक वसन्ती जिसीले बताइन्। रोजगारीको…

Read More

काठमाडौं: केन्द्रीय सदस्यहरूको मनोनयनमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास घेराउ गर्ने जनाएकाे छ। नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तुष्ट समूहले पार्टी सभापतिको निवास घेर्न लागेको हो।  यो समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेको थियो। 

Read More

कैलाली: बैंकिङ कसुरमा कैलालीको गोदावरी नगरपालिका- १२ बाट ४५ वर्षीय नन्द कामी पक्राउ परेका छन्। खातामा रकम नभएको बैंकको चेक दिएका कामीलाई प्रहरीले पक्राउ गरेको हो। चुरे गाउँपालिका– ३ स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका– ४ बस्ने बिमलबहादुर साउँदले चेक बाउन्स गराई कारबाही गरिपाउ भनि दिएको उजुरीको आधारमा कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कामीले जमिन खरिद गरी खातामा रकम नभएको ५० लाखको चेक दिएका थिए। जिल्ला अदालतको आदेशमा कामीलाई पक्राउ गरिएको र म्याद थप गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। कामी नेकपा एमालेका वडाकमिटी अध्यक्ष हुन्। उनी गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका…

Read More

कैलाली: कैलालीको गोदावरी नगरपालिका- ४ बुढीतोलाबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोसाकको प्रहरी टोलिले शंका लागि डोटीको जोरायल गाउँपालिका – २ बस्ने २८ बर्षीय मिनबहादुर मालीको खल्ती चेकजाँच गर्दा खैरो हिरोइन(ब्राउन सुगर) फेला पारेको हो। उक्त खैरो हिरोइनको तौल १३ ग्राम रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। युवकको साथबाट ५३ हजार रुपैयाँ र एक थान मोबाईल पनि बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कैलाली: भारतको जोगवनी आउँदै गरेको रेल (ट्रेन)भित्र एक जना नेपाली बालक बेवारिसे अवस्थामा भेटिएका छन्।  कैलालीको गोदावरी नगरपालिका–२ मालिका टोल घर बताउने १३ वर्षीय विशाल विक रेलभित्र अलपत्र अवस्थामा भेटिएका हुन्। उनलाई विराटनगर ल्याइएको छ। मोरङको ग्रामथान गाउँपालिका–५ का काजी विकले ती बालकलाई सोमबार बिहान विराटनगर ल्याएर रानीस्थित आफन्त नेपाल नामक संस्थाको जिम्मा लगाएका हुन्।  भारतको पञ्जावबाट जोगवनी आउँदै गर्दा नेपाली बालकलाई रेलभित्र बेवारिसे अवस्थामा देखेपछि आफूले ल्याएर संस्थाको जिम्मा लगाएको काजीले बताए।  ‘दोहोरो कुराकानीका क्रममा बालकले बुवा–आमासँग केही दिनअघि पञ्जाव घुम्न गएको बताए। सँगै घर फर्किदै गर्दा पानी लिन ओर्लिएका बेला ट्रेनले छाड्यो भनेका छन्,’ उनी भन्छन्, ‘बालकको अवस्था…

Read More

काठमाडौं: सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वमा नवलपरासीदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा गएराति भारी वर्षा भएको हो। सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुराको भारतीय सीमा आसपास भारी वर्षा भएको विभागले जनाएको छ। कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षासमेत भएको छ। बेलौरीमा १२६.४ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै कञ्चनपुरको सुन्दरपुरमा १०९.२ र कैलालीको धनगढी एयरपोर्टमा ५४.६ मिलिमिटर वर्षा मापन भएको छ। ती जिल्लाहरुका होचा स्थानमा डुबान हुन सक्ने देखिएकाले आज बिहानसम्मै उच्च सतर्कता अपनाइराख्न जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भनेको छ।

Read More

धनगढीः कैलालीका एक युवकमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ। बुधवार साँझ साढे ५ बजे काठमाडौं महानगरपालिका–४ चण्डोल चोकमा कैलालीको टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुई पक्षबीच झगडा हुँदा शाहमाथि खुकुरी प्रहार भएको बताइएको छ। टाउको र खुट्टामा चोट लागेकाले उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए। सो प्रकरणमा संलग्न रहेको भन्दै धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगन्जले घटनाको थप अनुसन्धान गरिरहेको छ। 

Read More