काठमाडौं – आज बुधबार नेपाली बजार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै ९७ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार…
Author: महेन्द्रनगर पोष्ट
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो । बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।
काठमाडौं – नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि बिहीबार मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । आयेगले सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ ।
काठमाडौं – जेठ १० गतेदेखि अपर हेवाखोला हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो । स्थानीय लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम म्याद जेठ २४ सम्म रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार…
दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवारका लागि आज मनोनयन दर्ता गरिँदैछ । एमालेका यसअघिका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि आज अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको हो । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए । बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।…
हुम्ला – सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले हुम्ला जिल्ला अदानचुली गाउँपालिका मा खटिएका निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोप लगाउँदै उनलाई कारबाही गर्न माग गरेको छ । कारबाही नगरिए चुनावसमेत रोक्ने उनीहरुले चेतावनी दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा निर्वाचन अधिकृतले निर्वाचन आचार संहिता विपरीत सर्वदलीय सहमति बिना एकलौटी रूपमा काम गरेको आरोप लगाइएको छ । गाउँपालिमा करार कर्मचारी रूपमा काम गर्ने र उम्मेदवारका घरभित्रकै मान्छेलाई निर्वाचनलाई प्रभावित पार्ने गरी आचारसंहिता विपरीत निर्वाचन कर्मचारीको रूपमा नियुक्ति गरेको उनीहरूको आरोप छ । निर्वाचन हुनु अगाडी नै कानुन विपरीत सक्कल मतपत्र एउटा…
काठमाडौं – काठमाडौँको कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं- निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ । सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमूना मतपत्रमा मतदान गर्न सिकाउने छन् । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यस पटक अघि नै गरिने भएको हो । शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौन अवधि लागू भइसकेको छ ।
कैलाली- कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम अन्तर्गत बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको हो । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकाको पोषणमा ध्यान दिन कैलाली जिल्लाभरि यस वर्ष बालभिटा खुवाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । गत असोजदेखि कैलालीको टीकापुर नगरपालिकाले छ महिना पुगिसकेका बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालेको हो । टीकापुरकी पुष्पा देवकोटाले पनि आफ्नो बच्चालाई नियमित बालभिटा खुवाइरहेको बताइन् । “पहिलो बच्चा हुँदा बालभिटा खुवाउन पाइएन, अहिले दोस्रो बच्चाको पालामा स्वयंसेविकाले बालभिटा दिनुभयो, मैले खुवाइरहेकी…
दार्चुला- दार्चुलामा सत्तागठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ। जिल्लाका दुहु गाउँपालिका–५ चल्लेगडामा मंगलबार बेलुका भएको झडपमा एमालेका अध्यक्षका उम्मेदवार ४८ वर्षीय मानसिंह बडाल घाइते भएको प्रहरीले जनाएको छ । ‘झडपको कारण खुल्न सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले भने, ‘घटनामा संलग्न फरार रहेका छन्, खोजी कार्य भइरहेको छ।’ प्रचारबाट फर्किने क्रममा बडाललाई सत्तारुढ गठबन्धनका मानबहादुर कुँवरलगायतको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते अध्यक्षका उम्मेदवार बडालको अनुहारमा चोट लागेको छ । प्रहरीका अनुसार घाइते बडालको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।