Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. शेरबहादुर कमरलाई नियुक्त गरिएको छ। आज (सोमबार) सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कमरलाई सो जिम्मेवारी प्रदान गरेको हो। डा. हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई आज मन्त्रालयले सो जिम्मेवारी दिएको जनाएको छ। उनी सेती प्रादेशिक अस्पतालका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्। सुदूरपश्चिम प्रदेश सरकारको ६ भदौंमा बसेको मन्त्रिपरिषद् बैठकले डा. पाण्डेको सरुवा गरेको थियो। डा पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्टमा सरुवा गरिएको हो। डा. पाण्डे ११ औं तहका चिकित्सक हुन्। विसं २०७५ साउनमा डा. पाण्डेलाई स्वास्थ्य निर्देशनालयले मेसुको जिम्मेवारी दिएको थियो।

Read More

न्युयोर्क : परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् । उनले राहदानी, भिसालगायतका सुविधा प्रदान गर्न बाह्य स्रोत (आउट सोर्सिङ) समेत गरिने जानकारी दिए । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री साउदले नेपालले हासिल गरेको शान्ति प्रक्रियाको तार्किक निष्कर्षको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए । जनसम्पर्क समिति अमेरिकाको आयोजनामा भएको कार्यक्रममा उनले विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्किने वातावरणका लागि वर्तमान सरकारले काम गरिरहेको बताए। उनले भने, ‘तपाईंहरूको ज्ञान सीप र पूँजी मात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार…

Read More

गलेश्वर : हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैँचा स्याउले राताम्य भएका छन् । पाँच गाउँपालिका रहेको मुस्ताङका विभिन्न ठाउँमा लगाइएका स्याउ पाकेपछि किसानहरूले टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन् । मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय सुशिलबाबु थकालीले जानकारी दिए । विगतका वर्षहरूमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकामा गुणस्तर कम भएको गुनासो आएपछि यस वर्ष बोटमा नै राम्रोसँग पकाएर असोज लागेपछि मात्र टिप्न सुरु…

Read More

काठमाडौँ : नेकपा माओवादी केन्द्र अन्य कम्युनिस्ट घटकसँग पार्टी एकताका लागि नाम परिवर्तन गर्न तयार देखिएको छ । पार्टीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफलमा रहेका अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र) को बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिन सकिने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको उक्त सर्कुलरको २ नम्बर बुँदामा माओवादी केन्द्रले यस विषयमा स्पष्ट उल्लेख गरेको छ । ‘नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको…

Read More

काठमाडौंः नेपाल ओलम्पियन्स संघले नेपालका विभिन्न ठाउँमा सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई तेस्रो वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले प्रशंसा गरेका छन्। नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वर्ल्ड ओलम्पियन्स फोरममा सहभागिता जनाएका थिए। जसमा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको अध्यक्ष दीपक विष्टले बताएका छन्। फोरममा अन्य देशका सहभागिले पनि आ आफ्नो गतिविधिका बारेमा फोरममा जानकारी गराएका थिए। विष्टले देश भित्रका खेलकुद निकायसँग सहकार्य गर्दै समाजको सेवा गनुपर्नेमा फोरममा जोड दिएको बताए। साथै नेपाल…

Read More

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन्। सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सत्ता गठबन्धन आफूहरूकै पहलमा बनाएको दाबी गरे। ‘आज गठबन्धनलाई धारे हात लगाएर कमजोर पार्न र यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नको लागि जुनसुकै किसिमको षड्यन्त्र भइरहेको छ। त्यसबाट होसियार हुनुपर्छ। गठबन्धनलाई बलियो बनाउनुपर्छ। यो बनाउन हामीले नै भूमिका खेलेका हौं , उनले भने।

Read More

डडेल्धुराः डडेल्धुराको तुफानडाँडा–टुडिखेल सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ। तुफानडाँडाबाट जिल्ला प्रशासन हुदै टुडिखेल तर्फको सडकमा सवारी चालकहरुले तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको हो। यहीँ सडक खण्डमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत प्राधिकरण, राष्ट्रिय परिक्षा बोर्डलगाएतका सेवाग्राहीको चाप हुने कार्यालयहरू रहेका छन्। विद्यालयहरू समेत रहेकाले यो सडक खण्डमा विद्यार्थीहरूको समेत विद्यालय खुल्ने र बन्द हुने समयमा चाप बढ्छ। तर, अत्यधिक गतिमा मोटर साइकल र अन्य सवारी हुइकिँदा विद्यार्थी दुर्घटनाको जोखिमा रहेको महेन्द्र मावि खलंगाका प्रधानाध्यापक सुरेन्द्र ऐरले बताए। उनले विद्यालय क्षेत्रमा सीमित गतिमा सवारी चलाउनु पर्ने भए पनि त्यसो नपाइएकाले विद्यालय क्षेत्र रहेकोे सडकमा…

Read More

धनगढीः कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको तस्वीर सार्वजनिक गरेकी छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डसँग खिचेको तस्वीर दन्ताले सोमबार फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्। दन्ता तिनै हुन जो अमेरिकामा लुकेर बेसेकी थिइन्। उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा विजयी भएकी थिइन्। २०७६ कात्तिकमा अमेरिका पुगेकी उनी त्यस यता सम्पर्कमा थिइनन्। उपमेयर अमेरिका पुगेर लुकेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनले समाजिक सञ्जालमार्फत विरामी भएर नेपाल आउन नसकेको भन्दै स्पष्टीकरणसमेत दिएकी थिइन्। दन्ताले सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डसँगको तस्वीर सेयर गर्दै लेखेकी छन्–‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक…

Read More

धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चि प्रदेशको राजधानी बारे मुख खोलेका छन्। अत्तरियास्थित निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रदेशको राजधानी सार्ने कुरा जनता विरोधी भएकाले स्वीकार्य नहुने बताएका हुन्। डडेल्धुरा पुगेर प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजधानी सार्न सकिने अभिव्यक्ति दिएपछि भट्टले मुख्यमन्त्रीको अभिव्यक्ति अचम्म र गैरजिम्मेवारपूूर्ण रहेको टिप्पणी समेत गरे। ‘मुख्यमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले दुई तिहाइ बहुमतले पारित गरेको गोदावरीमा प्रदेशको राजधानी बनाउने कुराको विकल्प खोज्ने कसरी भन्नुभयो ? यो अचम्मको र गैरजिम्मेवार पनि छ,’ भट्टले भने।

Read More

काठमाडौंः सोमबार सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको छ । आइतबार एक लाख १२ जहार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Read More