Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: रसुवागढी नाकाबाट अवैध एक किलो सुनसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। केरुङ नाका हुँदा नेपाल भित्र्याइएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेमु तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। सीमा नाकाको मितेरी पुलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र रसुवा भन्सार कार्यालयको टोलीले चेकजाँच गर्दा चार वटा टुक्रा पारेर ल्याएको एक किलो सुन बरामद भएको हो।

Read More

टीकापुर: कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ । गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी छर्न थालेका छन् ।  लाखौँ खर्चिएर खेती गरेका उनलाई बाली जोगाउन निकै चिन्ता परेको छ । “धान रोप्दा र सिँचाइमा धेरै  खर्च भइसकेको छ । अझ विषादी पनि खर्चिलो छ”, उनले भने, “एक बिघा जमिनमा मात्रै छ हजार बढीको विषादी छर्नुपर्छ । चार बिघामा विषादी छर्न धेरै खर्च लाग्छ । नछरे बाली जोगाउन मुस्किल छ ।” त्यस्तै अर्का किसान प्रेम विकको खेतमा पनि धानमा गबारो कीराको…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । उनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाबीच २०७४ फागुनमा विवाह भएको थियो ।

Read More

सिन्धुपाल्चोक: दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको स्कारपिया लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ । रासस

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित चार युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको भीमदत्त नगरपालिका४ बाट शून्य दशमलव ०१५ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका हुन् । डोटीको पूर्वीचौकी गाउँपालिका-५ का २७ वर्षीय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका-७ का २८ वर्षीय बलबहादुर बुढा क्षेत्री, कञ्चनपुरको वेदकोट नगरपालिका-९ का २६ वर्षीय नवीन भट्ट र सोही ठाउँका ३० वर्षीय सिद्धराज पनेरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

रसुवा: अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Read More

बाजुरा: बाजुराको धार्मिकस्थल बडीमालिका मन्दिर परिसरमा नेपाली सेनाले सरसफाइ गरेको छ । ४ हजार २१२ मिटरको उचाइमा रहेको बडीमालिका मन्दिरमा सेनाको बाजुरास्थित दुर्गाभन्जन गुल्मले सरसफाइ गरेको हो । बडीमालिकामा जनैपूर्णिमाको अवसरमा लागेको मेलाका क्रममा भएको फोहोर सेनाले व्यवस्थापन गरेको छ । दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकबाट गएको टोलीले बडीमालिका मन्दिर परिसर त्रिवेणी पाटन क्षेत्रबाट २२ बोरा फोहोर संकलन गरी व्यवस्थापन गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती धमेन्द्र बहादुर सिहंले बताए । मन्दिरको सौन्दर्य तथा प्राकृतिक सौन्दर्यलाई मध्यनजर गर्दै दुर्गाभन्जन गुल्मबाट खटिएको एलआरपी टोलीले संकलन गरेको २२ बोरा फोहोर उचित स्थानमा डिस्पोजल गरेको गुल्मपती सिंहले बताए । नेपाली सेनाले बडीमालिका मन्दिरमा लाग्ने मेलामा मेला…

Read More

धनगढीः नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन गरिएको छ । चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरी, पन्छी संरक्षण नेपालका फिल्ड मेनेजर हिरुलाल डंगौरा र संरक्षणकर्मी राजीव चौधरीले संयुक्त रूपमा “घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू” नामक पुस्तक प्रकाशन गरेका हुन् । डिभिजन वन कार्यालय पहलमानपुर, चरा संरक्षण नेटवर्क र पन्क्षी संरक्षण नेपालको सहयोगमा पुस्तक प्रकाशन गरिएको हो । घोडाघोडी सिमसार क्षेत्रमा हालसम्म पाइएका ३९० प्रजातिका चराको बारेमा पुस्तकमा उल्लेख गरिएको पुस्तकका लेखक तथा चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले बताए । १५औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कैलालीको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले…

Read More

बैतडी: बैतडीमा पनि नेकपा माओवादी केन्द्रको ‘विशेष रुपान्तरण अभियान’ सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुल माध्यमबाट देशका ७५३ ओटै स्थानीय तहमा अभियानको उद्घाटन गरेसँगै बैतडीमा पनि हिजो (शनिवार)बाट अभियान सुरु भएको हो । वडा तहदेखि संगठन सुदृढीकरण र विस्तारका लागि अभियान थालिएको बताइएकोे छ । बैतडीका ८४ ओटै वडामा अभियान सुरु भएको छ । अभियानका लागि बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटिएका छन् । तीन महिनासम्म सञ्चालन हुने अभियानमा पत्रकार, बुद्धिजीवि, सामाजिक अभियन्ताहरुसँग अन्तरक्रिया गर्ने, संघीय सरकारले सुशासनका पक्षमा गरिरहेका कामलाई सफल बनाउनका लागि छलफल गर्ने लगायतका कार्य गरिने माओवादी केन्द्रले जनाएको छ ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन् चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा लगायत बाँकी…

Read More