Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेशियाका गैर आवासीय राजदूत हेरी हरुन्थो सुवोलोबीच भेटवार्ता भएको छ । आज जङ्गी अड्डामा उनीहरुबीच शिष्टाचार भेटघाट भएको हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Read More

दार्चुलाः नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई कारागार चलान गरिएको छ । करागार चलान हुनेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी रहेका जिल्ला अदालत दार्चुलाका सूचना अधिकारी गणेश विष्टले बताए । जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । विभिन्न व्यक्तिहरूबाट रकम संकलन गरी नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जनालाई कारागार चलान गरिएको हो । अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको…

Read More

कैलाली: नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले दुई नेतालाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि अहिले यहाँका कांग्रेसीजनमा विवाद सृजना भएको छ । सभापति भट्टविरुद्ध केही नेताले नाराबाजीसमेत गरेका छन् । सोमबार जिल्ला सभापति भट्टले गोदावरी नगरपालिका- १ का क्षेत्रीय प्रतिनिधि लोकराज पाण्डे आगो र चुरे गाउँपालिका-६ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई अनुशासनको कारबाही भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका थिए । दुवैजना माथि पार्टी जिल्ला सभापतिले पार्टीको महत्त्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप हुने गरी र पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता र कार्यकर्ताको मानहानि हुने गरी सार्वजनिक रूपमा अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति…

Read More

काठमाडौँ: वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुनःसञ्चालनमा आएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा आजदेखि सञ्चालनमा आएकाले श्रम स्वीकृतिका लागि अब सहज भएको छ । अवरुद्ध भएको ‘एफइआइएमएस’ प्रणाली पुनःसञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले सूचनामार्फत सेवाग्राहीलाई पनि जानकारी दिएको छ । प्रणालीमा आएको समस्याका कारण श्रम स्वीकृतिका फाइल थुप्रिएका र अब छिट्टै काम हुने भएकाले श्रम स्वीकृति लिएर मात्र टिकट काट्न विभागले अनुरोध गरेको सूचना अधिकारी…

Read More

पाकिस्तान: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पूर्वअन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई राजधानी इस्लामाबादबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित एटक सहरको औपनिवेशिक युगको जेलमा राखिएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले हिजो पुनरावेदन दायर गरेका थिए । गत शनिबार पक्राउ परेका उनलाई उक्त कारागारमा सोही दिन राखिएको हो । उनलाई पाँच वर्षको अवधिका लागि राजनीतिक गतिविधिमा भाग लिनबाट पनि प्रतिबन्ध लगाइएको छ । गत वर्षको अप्रिलमा सदनमा…

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्ने तयारी भइरहेको छ । सत्ता गठबन्धनबीच काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई दुई समिति सभापति दिने सहमति भएसँगै प्रदेशमा समितिको संख्या बढाइने भएको हो । यसअघि रहेका चार वटा समिति रहेकामा अब ६ समिति बनाउने तयारी भइरहेको बताइएको छ । समितिको संख्या बढाउनुअघि कार्यदल बनाइने र सो विषयमा छलफल भइरहेको प्रदेश सभामुख भीम भण्डारीले बताए । समितिको क्षेत्राधिकार र नामका विषयमा टुङ्गो लगाउन कार्यदल बनाइने बताइएको छ ।

Read More

कैलालीः कैलालीको गोदावरी धाममा नेपाली सेनाले सरसफाइ गरेको छ । दुई दिन लगातार परेको अविरल वर्षापछि आएको बाढीले गोदावरी नगरपालिका-४ स्थित गोदावरी धाम क्षेत्रमा क्षति पुगाएको थियो । गुरुबक्स गुल्मका निमिक्त गुल्मपति सह सेनानी सरोज कोइरालाको कमाण्डमा सुदूरपश्चिम पृतना हेडक्वार्टर र सर्वेश्वर गणबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले मन्दिरभित्र जम्मा भएको बालुवा तथा माटो हटाएको हो । बाढीले गोदावरी धाम क्षेत्रमा रहेका मन्दिरमा ढुङ्गा, माटो, बालुवा, काठका मुढा, झारपात थुपारिदिएपछि दर्शनार्थीले मन्दिरको दर्शन गर्न पाएका थिएनन् । प्राकृतिक विपत्तिबाट धनजनको क्षति नहोस् भनेर नेपाली सेनाको विपद् उद्धार टोली कैलालीमा सक्रियता पूर्वक खटिएको बताइएको छ ।

Read More

कैलाली: कैलालीको गोदावरी नदीमा रहेको पुलमा टिकटक बनाउन र फोटो खिच्न प्रतिबन्ध लगाइएको छ । बाढीले जग रहेको क्षेत्र कटान गरेपछि पुल जोखिम अवस्थामा पुगेकोले प्रतिबन्ध लगाइएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए । गत मंगलवार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेका थिए । तर, त्यसपछि पनि पुलमा सयौँ युवायुवतीहरूको घुइँचो लाग्यो । पुल जति बेला पनि भत्किन सक्ने अवस्थामा पुगेको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने काठे पुल जीर्ण भएपछि नयाँ मोटरेवल पुल निर्माण…

Read More

धनगढीः कैलालीका पहिरो पीडितले मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका छन् । चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका पहिरो पीडितहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएका हुन् । मुख्यमन्त्री कमलबहादुर शाहसँग दुबै पालिकाका १६९ घरपरिवारले दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् । २०७७ सालको पहिरोबाट विस्थापित भएर चुरे -४ पनेरुगडामा बसिरहेका उनीहरूलाई जेठ ६ गते त्यहाँबाट हटाइएको थियो । त्यसपछि आफन्तको घरमा बसिरहेका उनीहरुले चुरे र गोदावरीका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्ने भन्दै आफूहरूलाई हटाइएको तर, अहिले कुनै चासो नदेखाएको बताएका छन् ।

Read More

महेन्द्रनगर: सुदूरपश्चिम प्रदेशमा भइरहेको वर्षापछि आएको बाढी र डुबानमा जनधनको क्षति न्यूनीकरणका लागि नेपाली सेनाले सक्रियता बढाएको छ । सुदूरपश्चिम पृतनाअन्तर्गत तैनाथ गण तथा गुल्मले कैलाली र कञ्चनपुरलगायतका जिल्लामा डुबान क्षेत्रबाट यहाँका नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि वर्षाका कारण भत्किएका सडक र पूर्वाधार निर्माण एवं मर्मतमा गति दिएको सेनाले जनाएको छ । सेनाले दिएको जानकारीअनुसार पृतना कमाण्डबाट खटिएको सैनिक अधिकृतको टोलीले कैलालीको मोहना, कान्द्रा काँडा र पथरिया नदीमा आएको बाढीले यहाँको भजनी नगरपालिका–८ सुनफाँटा गाउँमा भएको डुबानबाट बुधबार ३५ जनालाई सुरक्षित स्थानमा सारेको छ । सो क्षेत्रमा नागरिकको सुरक्षित स्थानमा सार्नका लागि कैलालीको बढैपुरस्थित कालीरक्षा गण ९ई० बाट सेनानीले वीरेन्द्र रावतको…

Read More