Author: महेन्द्रनगर पोष्ट

ताप्लेजुङ: गएरातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ । बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिए । उनका अनुसार डम्बर धितालसहितका चार घर जोखिममा परेका छन् । बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएको हो । यस्तै बाढीले दोभान र चाँगे जोड्ने खोलाको वारिपारि दुवैतर्फको सडक बगाएको उनले बताए । खोला किनारमा पर्ने दुवै तर्फको सडक बगाएपछि चाँगे दोभान सडक खण्डमा यातायात ठप्प बनेको छ । असार पहिलो साता मौवाखोलामा बाढी आउँदा खोला माथिको पुल जोखिममा परेको थियो भने सडक बगाएको थियो ।…

Read More

काठमाडौँ: अब फुटबलमा जस्तै क्रिकेटमा पनि ‘रेड कार्ड’को प्रयोग हुने भएको छ । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२३ मा रेड कार्डको नयाँ नियम आउने भएको हो । सीपीएलको पुरुष तथा महिला दुवै प्रतियोगितामा ‘रेड कार्ड’ को प्रयोग गरिने समाचारमा जनाइएको छ । यदि कुनै टिमले तोकिएको समयभित्र आफ्नो कोटाको २० ओभर पूरा नगरेमा ‘स्लो ओभर रेट’ अन्तर्गत यो नियम लागू हुने भएको छ । आउँदो बिहीवारदेखि शुरु हुने प्रतियोगितामा यो नियम पहिलो पटक प्रयोग हुन लागेको हो । सीपीएलका प्रतियोगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न ‘रेड कार्ड’ को नियम…

Read More

दाङ: दाङमा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विक पत्रे खोलाले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घरमा शौचालय नहुँदा शौच गर्न सधैँ खोलामा जाने गरेका उनलाई सोही क्रममा घर नजिकै रहेको पत्रेखोलाले आज बिहान बगाएको हो । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

जाजरकोट: भेरी नगरपालिका-७ पुन्माका अन्दाजी ४७ वर्षीय नरु चन्द भेरी नदीमा खसेर बेपत्ता भएका छन् । शिवालय गाउँपालिका छेडाचौर बजारबाट घर फर्कँदै गर्दा छेडागाड नगरपालिका-१३ गारातारामा रहेको सुर्खेत-छिन्चु-जाजरकोट सडक खण्डबाट खसेर उनी बेपत्ता भएका हुन् । नदीको बहाव धेरै भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

Read More

मनहरि: हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी–सिस्नेरी–काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी–९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ । अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले…

Read More

काठमाडौँ: गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए । विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म…

Read More

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका-५ सिमरी र रातो ताल वस्तीका बाढी प्रभावित ३६ घरधुरीलाई मानवीय सहायता सामग्री वितरण गरिएको छ । मर्सिकोर नेपालसँगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित आर्थिक विकासमार्फत् विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले प्रभावित ३६ घरधुरीलाई तत्कालका लागि अति आवश्यक मानवीय सहायता सामग्री वितरण गरेको हो । गत श्रावण २२ र २३ गते राति चुरे क्षेत्रमा परेको अविरल वर्षाका कारण सिमरीमा ३१ र रातो तालमा ५ घर गरी ३६ घरधुरी डुबानमा परेका थिए । डुबानले गर्दा उनीहरू आफन्त र छिमेकीको घरमा बस्न बाध्य छन् । परियोजनाले बाढी प्रभावित घरधुरीलाई सामान्य अवस्थामा फर्कन सहजताका लागि पुनर्वास…

Read More

गलेश्वर: शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ । म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका तातोपानीका व्यवसायी हितबहादुर पुनले बताए । अठार वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा…

Read More

डोटी: डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समिक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो। स्थानीय गणेशराज जोशीका अनुसार केदारेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत उनी शनिवार बाख्रा चराउन  गएकी थिइन्। बाख्रा चराउन गएकी उनको भिरबाट लडेर मुत्यु भएको हो।

Read More

कैलाली: तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग गरेको भन्दै ५ हजार २ सय ६७ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७७/०७८ मा प्रदेशबाट १ हजार ५ सय ७६ वटा उजुरी परेका थिए। आर्थिक वर्ष ०७८/०७९ मा उक्त संख्या बढेर १ हजार ७ सय ३९ पुगेको थियो। गत आर्थिक वर्ष (०७९/०८०) १ हजार ९ सय ५२ पुगेको कार्यालयले जनाएको छ। तीन वर्षको अवधिमा परेका उजुरीमध्ये ४ हजार ५ सय १७ उजुरी फर्छ्यौट भइसकेका र बाँकी ७ सय २० हाल अनुसन्धानमा रहेका छन्। तीन वर्षको अवधिमा सबैभन्दा बढी उजुरी कैलालीबाट परेका छन् । यस…

Read More