प्रिय जीन्दगी,
आफैले आफैलाई चिन्न नसकेको हो कि ?
नजिरले यस्तो बनाएको ?
हिंड्दै जाँदा पैतालाका चालहरुले
छ्ल गर्दा, म डगमगाइन,
यहाँ जीन्दगीले तछाड मछाड गर्दा पनि
मेरो यो अन्तर मनमा आरिष छैन
दुनियाले मेरै कुरा काटोस
मेरै खुट्टा तानोस,
मै माथि खनियोस
दुनियाँ मेरै सिरमाथि कफ्फन बाँधेर
बस्दासम्म म नथाक्ने बनेको छु ।
हिंड्दै गर्दा कति ठेस लागे, लाग्छन्
ती ठक्करहरुलाई नकुल्चिन,
नखोजेको पनि त होइन
जीन्दगीलाई सफल बनाउन,
भनि हिंडेको एक पात्र हुँ म
सिकारुको मन्त्र बोक्दै अगाडि
लम्किने एक जुझारुको महिमा खोज्दै
लक्ष्यको बाटोतर्फ लम्किन खोज्ने
एक पथयात्री हुँ म
गन्तव्यको अनुभूति के हो ?
अझै बुझेको छैन
लक्ष्य ध्येय के हो अझै स्विकार्न सकिएन
यो बोझ भएको भारीलाई
अन्तरमले पन्छ्याउन नखोजेको
न रोजेको पनि होइन,
मेरा क्षितीजका पाटा कति होलान्
मैले खन्दै गरेका ती घोरेटा बाटा कति होलान्
बिर्सिएको पनि कहाँ छु र ?
मेरो गन्तव्य
आज असफल छु
भोलिको ध्येय छैन
तर म एक
सफल पथयात्री बन्नेछु ।
लेखक : खडगबहादुर धामी (कोसिस)
दार्चुला, मार्मा गाउँपालिका-६
हाल युरोप, पोल्यान्ड