Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन्। मुख्यमन्त्रीको सपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए। आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी छ। कार्की एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए।

Read More

कैलाली : इजरायलमा हमास समूहले गरेको आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारजना विद्यार्थीहरूलाई नगरप्रमुख हेमराज ओझाले घरसम्म पुर्‍याएका छन्। बिहीबार नेपाल एयरलाइन्समार्फत काठमाडौँ पुगेका विद्यार्थीहरूसँगै आएका उनीहरू शनिवार घर पुगेका हुन्। कृष्णपुर नगरपालिका–२ का नरेश सिंह भण्डारी, प्रकाश भारती र वडा नम्बर ४ का रमेश कार्की र पदम धामीलाई नगरप्रमुख ओझाले आफूसँगै श्री एयरलाइन्सको विमानमार्फत धनगढी ल्याएका थिए। धनगढीबाट नगर प्रमुख ओझाले उनीहरुलाई नगरको गाडीमा घर–घरसम्म लगेका हुन्। नगरप्रमुख ओझाले इजरायलबाट सकुशल फर्केका आएका आफ्ना नागरिकलाई नगरपालिकाले के गर्न सक्छ भन्नेबारे विज्ञसँग छलफल गर्ने र उनीहरूको आत्मबल बढाउन केही गर्ने बताएका छन्।

Read More

काठमाडौँ: हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ । घटस्थापनामा घडाको पूजा गरी जौ, मकै, गहुँलगायतको बिउ छरेर जमरा राखिन्छ । यस पटक घटस्थापनाको शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नौ दिनसम्म देवीलाई विभिन्न रूपमा पूजा गरेर दशमीको दिनमा विसर्जन गरी घडाको जलले अभिशेष गरी मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा रहेको छ । नौ दिनसम्म हरेक दिन दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिने भएकाले ती दिनलाई नवरात्रिका…

Read More

बैतडी: बैतडीमा जीप दुर्घटना भएको छ। जिल्लाको पाटन नगरपालिका–६ हिरापूर मोडमा आइतबार बिहान जीप दुर्घटना भएको हो। धनगढीबाट दार्चुलाको मकरीगाड जाँदै गरेको म १ ज २६० नम्बरको जीप दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । जीप दुर्घटना हुँदा सवार ४ जना घाइते भएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिका दार्चुलाका पूर्व उपाध्यक्ष उर्मिला बोहरा, उनका श्रीमान करबिरसिंह बोहरा अन्य २ यात्रुहरु सामान्य घाइते भएका हुन्। यसैगरी शिक्षक ज्ञानेन्द्रसिंह कार्की र उनकै श्रीमतीलाई टाउकोमा चोट लागेको बताइएको छ। जीपमा ७ जना यात्रु सवार थिए । शनिवार साँझ धनगढीबाट हिँँडेको जीपको ब्रेक फेल भएर सडकपेटीमा ठोकिएको प्रहरीले…

Read More

काठमाडौँ : हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

Read More

धनगढीः वनगाउँमा सामान किन्न गएकी वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाईकल चालक फरार भएका छन्। दैनिक उपभोग्य सामग्री किन्न भारतको वनगाउँ गएकी धनगढी–३ बोराडाँडीकी ६८ बर्षिया देवकी धानुकलाई त्यहाँको बजार नजकै ठक्कर दिएर चालक मोटरसाईकल सहित फरार भएका हुन्। वनगाउँबाट गौरिफण्टा नाकासम्म यात्रु ओसार्ने काम गर्दै आएका मोटरसाईकल चालकले हिड्दैगरेको अवस्थामा ठक्कर दिएर फरार भएको घाइते महिलाका छोरा प्रकाश धानुकले बताए। दुर्घटनामा परी धानुकको हात र खुट्टा भाँचिएको छ। हाल धनगढी स्थित मायामेट्रो अस्पतालमा आमाको उपचार भइरहेको छोरा प्रकाशले बताएका छन्। आमाको उपचार गर्न आफुलाई आर्थिक अभाव रहेको उनले बताए। चालकको भारतीय प्रहरीले खोजीकार्य गरिरहेको कैलाली प्रहरीले जनाएको…

Read More

धनगढीः प्रदेश स्तरीय स्वास्थ्यका कार्यक्रम मूल्याङ्कनमा स्वास्थ्य कार्यालय कैलाली प्रथम भएको छ। प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालय कैलालीलाई प्रमाणपत्र प्रदान गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीलाई सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। यस्तै, स्वास्थ्यका कार्यक्रम कार्यान्वयन गरेको भन्दै स्वास्थ्य कार्यालय अछाम दोस्रो तथा स्वास्थ्य कार्यालय बैतडी र दार्चुलाले तेस्रो स्थान हासिल गरेका छन्। स्वास्थ्य कार्यालय कैलालीले ८८ दशमलव ७५ अङ्क हासिल गरेर प्रथम भएको हो भने स्वास्थ्य कार्यालय अछामको ८२ दशमलव ५ र बैतडी तथा दार्चुला स्वास्थ्य कार्यालयलाई समान ८२ अङ्क मिलेको थियो। स्वास्थ्य कार्यालय अछाम,…

Read More

बझाङः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) बैतडी पुगेका छन्। भूकम्प पीडितहरुको अवस्था बुझ्नका लागि बझाङ जाने क्रममा शनिवार विप्लवले बैतडीको खोड्पेमा पार्टीका नेता कार्यकर्ताहरुसंग छलफल गरेको नेपाल कम्युनिष्ट पार्टीका बैतडीका सेक्रेटरी श्याम भट्टले बताए। यही असोज २९ गते समाजवादी मोर्चाको धनगढीमा हुने सभामा सहभागीका लागि समेत विप्लव सुदूरपश्चिम आएको बुझिएको छ। उनी बझाङपछि सिधै धनगढी जाने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी बैतडीले जनाएको छ।

Read More

धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख रामबहादुर लिम्बू कुरुम्बाङ फेसबुक अकाउन्ट ह्याक भएको छ। आज (शनिबार) उनले आफ्नो अकाउन्ट ह्याक भएको जानकारी दिए। यस्तै आफ्नो अकाउन्टबाट ह्याकरले अवाञ्छित सन्देशहरु पठाइएकोमा उनले क्षमा मागेका छन्। सूचना हत्याउन ह्याकिङ भएको हुनसक्ने अनुमान गरिएको छ।

Read More

काठमाडौँ : मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंको ह्याम्स अस्पतालमा उपचार जारी छ। शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई थप उपचारका लागि आजै भारतको नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ। अस्पतालका अनुसार साँझ साढे सात बजे उनलाई विमानमार्फत् थप उपचारका लागि भारत लैजाने तयारी भएको हो। उनको उपचार इमर्जेन्सी कक्षमा सुरू गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डाक्टर सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत…

Read More