Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो । महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन्। उनले पटक पटकको संवाद र छलफल पछि पनि सरकारले यो विधेयक मार्फत शिक्षक(कर्मचारीलाई धोका दिएको बताइन्। उनका अनुसार उक्त विधेयकले एकातिर स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत…

Read More

कैलाली: कैलालीको एक विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको चुरे-५ खानिडाडास्थित शुक्र माध्यमिक विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा ४३२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको बताइएको छ । विद्यालयमा बाल गीत प्रतियोगिता पनि आयोजना गरिएको थियो । ्

Read More

काठमाडौँ : न्याय परिषद्ले उच्च अदालतका ३४ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा गरेको हो । Naya_parishadDownload

Read More

वेदकोट: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो । चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै थिए । जाजकोटबाट पहिराले लखेटिएका बुढाको परिवारलाई प्राकृतिक विपत्तिले यहाँ पनि दुःख दिइरहेको छ । विसं २०४० मा महाकालीमा आएको भीषण बाढीले बुढाको घरखेत, अन्नपात सबै बगायो । “सात दिनरात ठूलो बाढी आएको थियो, अन्नपात जमिन सबै लग्यो, धौधौ ज्यान जोगायौँ”, ४० वर्षअघिको बाढी सम्झदै बुढाले भने, “त्यति बेलादेखिको कटान, बाढीको समस्या अझै समाधान भएको छैन ।” वर्षौंदेखि बाढीको समस्या झेल्दै आएका बुढालाई कुतियाकबरबाट…

Read More

डडेल्धुराः डडेल्धुरा जिल्ला अदालतका न्यायाधीश वालकृष्ण वाग्लेको सरुवा भएको छ। वाग्लेको बाँके जिल्ला अदालत सरुवा भएको हो। उनको स्थानमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाल आउने भएका छन्। शुक्रबार बसेको न्यायपरिषद् बैठकले ६० जना न्यायाधीशको सरुवा गरेको थियो। न्यायपरिषद्को निर्णयअनुसार वाग्लेको सरुवा भएको हो।

Read More

काठमाडौँ: नेकपा (एमाले)ले संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्नेछन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेश, उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुदूरपश्चिम प्रदेश, उपाध्यक्ष रामबहादुर थापा कोशी, उपाध्यक्ष युवराज ज्ञवाली लुम्बिनी, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य गण्डकी र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने बताइएको छ…

Read More

काठमाडौँ: न्याय परिषद् बैठकले उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ जना न्यायाधीश सिफारिस गरेको छ । शुक्रबारको परिषद् बैठकले २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

Read More

काठमाडौँ: आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भगवत् र एक गीता तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र एक भगवत् र एक गीतामा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् । “एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, उनले…

Read More

धनगढी: नेपाल-भारतमैत्री बस खोलामा फसेको छ। आज (शुक्रवार) हरिद्वार-बिजनौर सीमाको एक खोलामा बस फसेको हो। सो क्षेत्रमा लगातारको अविरल वर्षाका कारण बस खोलामा फसेको बताइएको छ। बस फसेको जानकारी पाएलगत्तै प्रहरी र एसडीआरएफ टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। प्रहरीका अनुसार सबै यात्रुको उद्धार गरिएको छ। बसमा ५३ जना यात्रु सवार थिए। हरिद्वार–बिजनौर सीमामा रहेको कोतवाली नदीको पुलमा क्षति पुगेको बताइएको छ। राप्ताबाट शुक्रबार बिहान भारत-नेपाल मैत्री बस छुटेको थियो। त्यसपछि खोलाको पानी बढ्यो र बस नदीमा फसेको थियो। हालै सोही खोलामा अर्को बस फसेको थियो। त्यसमा पनि नेपालका यात्रु थिए।

Read More

काठमाडौँ: राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत सङ्कलन थालेको छ । आयोगले विभिन्न जिल्लाका २४ वटा पालिकामा लगत सङ्कलन थालेको हो । आयोगले सूचना निकालेर सम्बन्धित पालिकाका वडामा तोकिएका ठाउँमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन आह्वान गरेको छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा बझाङको तलकोट गाउँपालिकाबाट निवेदन दिन सकिनेछ । यसैगरी कोशी, मधेस, बाग्मती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पालिका तोकी निवेदन दिन आयोगले आग्रह गरेको छ । सूचनाअनुसार आजदेखि ३५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । यस्तै, यसअघि लगत सङ्कलनमा छुटेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पनि ३५ दिनभित्र निवेदन दिन सक्ने आयोगले…

Read More