Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–९ धनसिङ्हाका अभिषेक क्षेत्रीको भारतको गुजरात राज्यमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। १८ वर्षीय क्षेत्री गुजरातमा रोजगारीको सिलसिलामा बसेका थिए। केही दिन अघि भएको सवारी दुर्घटनापछि उनी अस्पतालमा उपचाररत थिए। उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ। उनको परिवार पुनर्वास–९ मा बस्दछ। उनको असामयिक निधनले परिवार, आफन्तजन तथा समुदायलाई गहिरो शोकमा डुबाएको छ।

Read More

काठमाडौं: सगरमाथाको सफल आरोहण गरी फर्किएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) दन्त बहादुर छत्याल सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन्। सशस्त्र प्रहरी बलले उनी फर्किए लगतै बढुवा गर्ने निर्णय गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। छत्यालले जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए। साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो। छत्याल सगरमाथा आरोहणका लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए। सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी…

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा निर्माणाधीन सुक्खा बन्दरगाह क्षेत्रभित्र पर्ने गौरीशंकर सामुदायिक वनबाट १०९ वटा रुख चोरी भएको खुलासा भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार, बन्दरगाह निर्माणका लागि छपान गरिएको १ हजार ७ सय २ रुखमध्ये १०९ रुख फिल्डमै भेटिएनन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त सामुदायिक वनबाट सिसौका ४० वटा ठूला रुख र ६९ वटा पोल साइजका रुख गरी १०९ रुख चोरी/तस्करी भएको पाइएको हो। रुख कटान सुरु हुनुअघि नै चोरी रुख कटान गर्नुअघि नै वन मन्त्रालयको पत्राचारमार्फत अनुमति प्रक्रिया पूरा गरिएको थियो। ०८१ असोज २ गते मन्त्रिपरिषद्ले रुख कटान गर्ने निर्णय गरेपछि…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको संख्या १२८ पुगेको छ। बुधबार २० जनाले तालिम सम्पन्न गरेसँगै सशस्त्रमा गोताखोरको संख्या १२८ पुगेको हो। गृहमन्त्री रमेश लेखकको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सि सं ६ गोताखोर तालिम बुधबार समापन भएको हो। जसमा नयाँ गोताखोरलाई गृमन्त्री लेखकले प्रमाण पत्र र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोर ट्याग प्रदान गरे। छ हप्ता अवधिको उक्त तालिममा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा अभ्यास गराइएको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका थिए। सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक…

Read More

काठमाडौं: गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा  लिएको छ। अख्तियारले केहीबेर अघि उनलाई नियन्त्रणमा लिएर टंगाल कार्यालय पुर्याएको बताइएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई हिजो मात्र सरुवा भएर गृह मन्त्रालय पुगेका थिए। भिजिट भिसामा विदेश जानेहरुसँग सेटिङ मिलाएर भट्टराईले रकम असुली गरेको र मानव तस्करीसँग साँठगाँठ गरेको उजुरीपछि गृहमन्त्री रमेश लेखकले उनलाई मन्त्रालय तानेर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई विमानस्थलको जिम्मेवारी दिएका छन्। उता अख्तियारको अर्को टोलीले विमानस्थलमा छापा हानेर कम्प्युटर र केही कागजात नियन्त्रणमा लिएको बताइएको छ। विस्तृत विवरण आउन बाँकी छ।

Read More

धनगढी: सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका नायब महानिरीक्षक (डीआईजी) प्रदीपकुमार पालले धनगढी उप–महानगरपालिका–२ स्थित नल्काघाटमा नयाँ सीमा प्रहरी चौकी (बीओपी) को उद्घाटन गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरेका छन्। गृह मन्त्रालयको मिति २०८१ चैत ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार नल्काघाटस्थित फर्वार्ड बेसलाई स्तरोन्नति गरी सशस्त्र प्रहरी बल, नेपाल बीओपीको रुपमा स्थापना गरिएको हो। यस बीओपीको स्थापनाबाट सीमामा सशस्त्र प्रहरी बलको उपस्थिति थप सशक्त हुने र सीमा सुरक्षामा एवं सीमा अपराध नियन्त्रणमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै डीआईजी पालले सीमाको सुरक्षा नेपाल राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष सम्बन्धित अति…

Read More

काठमाडौं: नेपाल प्रहरीको डिआइजीमा बढुवा सिफारिस भएका दीपक रेग्मीविरुद्ध गृह मन्त्रालयमा गम्भीर आरोपसहित उजुरी परेको छ। उजुरीमा रेग्मीले पदको दुरुपयोग गर्दै अनैतिक र अमर्यादित क्रियाकलापमा संलग्न भएको दाबी गरिएको छ। सिन्धुलीका युवराज सफलले सोमबार गृह मन्त्रालयमा दर्ता गराएको उजुरीमा रेग्मीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत रहँदा पोखरामा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको र ती महिलाको निर्दोष श्रीमानलाई झुठो वैवाहिक बलात्कारको मुद्दा हाल्न लगाएको उल्लेख गरिएको छ। “एसपीको रूपमा कार्यरत रहँदा रेग्मीले चरित्रहीन र विधि विपरीतका कार्यमा संलग्न भई पदीय मर्यादा उल्लंघन गरेका छन्,” उजुरीमा भनिएको छ। उजुरीमा ती महिलाको श्रीमान् दीपक थापामाथि झुठो मुद्दा चलाउन लगाएको र थापाकी आमासँग लाखौंको…

Read More

धनगढी: कैलालीमा सशस्त्र प्रहरीले थप एक बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। धनगढी उपमहानगरपालिका– २ स्थित नल्का घाट बेसलाई स्तरोन्नति गर्दै बीओपी स्थापना गरिएको हो। आज बुधबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उद्घाटन गरे। उद्घाटन गर्दै उनले सीमा सुरक्षासगैं चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि बीओपीले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।  यो सँगै कैलालीमा जम्मा बीओपीको सँख्या १९ पुगेको छ।

Read More

धनगढी: कैलालीको गाेदावरी नगरपालिका-१ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेकाे अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयाेग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र र रेकर्डमा जनिनेगरि पुरस्कृत गरेकाे हाे। कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन्।राणाले प्रहरी चाैकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेकाे अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए। देउवाले मंगलबार गाेदावरी नगरपालिका-१ काे बसन्तपुरमा सडकमा छटपटाइरहेकाे अवस्थामा भेटिएकी बझाङकाे थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन्। देउवाकै सहयोगमा उनलाई…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालय संकटमा परेको छ। शैक्षिक सत्र २०८२ मा विद्यालयमा जम्मा चार जना मात्र विद्यार्थी भर्ना भएका छन्। बालविकासदेखि कक्षा ३ सम्म पठनपाठन हुने यो विद्यालयमा हाल कक्षा १ मा दुई जना र कक्षा ३ मा दुई जना छात्र मात्र रहेका छन्। बाँकी कक्षामा विद्यार्थी शून्य रहेको विद्यालयका प्रधानाध्यापक रासबहादुर बुढाले जानकारी दिए। उनका अनुसार गत चैत महिनादेखि शिक्षक आन्दोलन चलिरहेकाले “अब विद्यालय नै बन्द हुने” भन्ने अफवाह गाउँमा फैलियो। यसकै कारण अभिभावकहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पठाएको बुढाको भनाइ छ। उनले भने, ‘विद्यार्थी भर्ना गर्ने बेला आन्दोलन चलिरहेको थियो, विद्यालय पनि…

Read More