Author: महेन्द्रनगर पोष्ट

टीकापुर: अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ।  चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा आज (सोमबार) बिहान ५:५० बजेको मापनअनुसार पानीको सतह ९.३३ मिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १०.८ मिटर पुगेमा खतरा तह मानिन्छ।  गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरिन्। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सोमबार थप भारी वर्षाको सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। पछिल्लो २४ घण्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिइन्। 

Read More

अछाम: अछामको पञ्चदेव विनायकका विनोद शाहीको हत्या आरोपी सर्जन बहादुर शाही धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतले अछामलाई शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अभियोग पत्र माग दाबी अनुसारको कसुरमा उनी निर्दोष हुन भन्ने आधार नभए प्रमाण नभए पनि थुनामै राखेर मुद्दा चलाउन वृद्ध र बिरामी समेत भएका कारण मनासिब नदेखिएको आदेशमा उल्लेख छ। पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा भनिएको छ। शाही काठमाडौंको धापासीबाट पक्राउ परेका थिए। शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद…

Read More

सप्तकोशी नदीमा पानीको बहाव २५ वर्षयताकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। रातिको तुलनामा पानीको बहाब अहिले अलि कम भएको छ। प्रहरीका अनुसार पानीको बहाब अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको छ। यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च भएको जानकारीमा आएको बताएको छ।

Read More

कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। पानीको बहाव बढेपछि सोमबार बिहानदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

Read More

बैतडी: लगातारको वर्षाका कारण खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत बैतडीको झौलेक र श्रीभावरमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।  पहिरो पन्छ्याउनका लागि पहिरो खसेको ठाउँमा डोजर पुगिसकेको प्रहरी निरीक्षक जोशीले बताए। पहिरो पन्छ्याउने काम भइरहेकाले सडक सुचारु हुने उनले बताए।  राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने सवारी साधन, बैतडीको पुर्चौंडी र सिगास जाने सवारी साधन र बझाङबाट अन्यत्रका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन्। 

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको छ। पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएको हो। साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ। सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन। तराई र पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा पनि समस्या भएको व्यवसायीले बताएका छन्। यातायातका साधन सञ्चालन नहुँदा डिजेल र पेट्रोलको अभाव चुलिएको छ। एकसातामा…

Read More

दार्चुला: दार्चुला प्रहरीले बलात्कार मुद्दाका १ प्रतिवादीलाई २ वर्षपछि पक्राउ गरेको छ। उच्च अदालत महेन्द्रनगरले २०७८ साल पुसमा २ वर्ष कैद तोकेका २५ वर्षीय युवकलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरेको हो । दुँहु गाउँपालिका–२ का २५ वर्षीय करन समाललाई आइतवार दिउँसो गस्ती टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। समाललाई कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरिएको छ।

Read More

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

धनगढी- कैलालीमा झण्डै साढे तीन लाख बराबरको अवैध सामानसहित तीन जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-२ र ३ बाट भारतबाट अवैध सामान ल्याइरहेको अवस्थामा उनीहररूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१२ बस्ने ४० वर्षीय आशाराम चौधरी, धनगढी उपमहानगरपालिका-२ बस्ने निशा बिष्ट र ३५ वर्षीय रत्ना नाथ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । उनकाअनुसार घोडाघोडीका चौधरीले भारतबाट ल्याएको अवैध सामान घर गोदाममा राख्दै गरेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट ७९ जोर जुत्ता, ३६ जोर जुत्ताको लेस, ४ पिस लेदर र…

Read More

धनगढीः कैलालीमा आज( आइतवार) दिउँसो अटो दुर्घटना भएको छ। दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका –६ लालपुरको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको सु.प.प्र.०२००१ ह १६५२ नम्बरको अटो दुर्घटना हूँदा ५ जना सामान्य घाईते भएका हुन। अटो चालक गोबिन्द नेपालीले पैदल यात्री १२ वर्षीय बालक अभिषेक बि.क लाई बचाउन खोज्दा अनियन्त्रीत भएर अटो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। अटो पल्टिदा पैदल यात्री बालकसहित अटोमा सवार सोही वडाकी ईन्द्रा साउँद, उनका २ वर्षिय छोरा दिपक साउँद, सोही ठाउँकी अमृता भट्ट र डोटीको दिपायल सिलगढी नगरपालिका– ४ का साईले साउँद सामान्य घाईते भएका प्रहरीले…

Read More