Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङको आज बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा उनका जेठो छोरा मेङ्सो र कान्छो छोरा सुहाङले दागबत्ती दिएका थिए भने त्यसअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका थिए । शवयात्रामा नेपाली सेनाले सलामीसहित शोक धुन बजाएको थियो । गएको मङ्गलवार बिहान हृदयाघातबाट नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको थियो ।

Read More

बिन्दु चन्द, बैतडी: बुबा भन्ने शब्दै क्या छ । बुवा भनेपछि त…? के भनु ? म महसुस गर्न सक्छु तर वर्णन गर्न भने मसँग कुनै शब्द नै छैन । मसँंग मात्रै होइन बुबाको वर्णन गर्न कसैसँग पनि कुनै शब्द नै नहोलान् । जो युवा तथा बढ्दो उमेरमा पनि बुबासँग हुनुहुन्छ । उहाँभन्दा बुबाको अभाव खड्केकाहरुलाई बुबाको महत्व बढी थाहा हुन्छ होला । मैले पनि बुबाको अभाव झेलेकी छुँ । बुबाले छोडेर जाँदा म ४ कक्षामा पढ्थे । चाँडबाँड, मेला महोत्सव आउँदा बुबाको हात समाउँदै घुम्न जाने अनि आवश्यक्ताका मालसामान किन्न बुबासँग भन्नु पर्ने । नभन्दै पूरा पनि हुने । आहा!…

Read More

काठमाडौं: भारतमा एक नेपाली युवतीको हत्या गरिएको छ। गत शनिबार भारतको उत्तराखण्डस्थित देहरादुनमा नेपाली युवतीको हत्या गरिएको हो। हत्या भएको २४ घण्टामै त्यहाँको भारतीय प्रहरीले सो केस सल्भ गरेको जानकारी दिएको छ। प्रहरीका अनुसार भारतीय सेनाका एक अधिकारी नेपाली महिलाको हत्या आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेफ्टिनेन्ट कर्णेल ४२ वर्षीय रमेन्दु उपाध्याय रहेका छन्। उत्तराखण्डको देहरादुनमा पोस्टिङ रहेका उपाध्याय र नेपाली महिला श्रेया शर्माका नामले चिनिने तनहुँको भानु नगरपालिका-६ चोकचिसापानी घर भएकी सुमित्रा घर्ती (खास नाम) बीच पश्चिम बंगालको सिलिगुरीमा एक डान्सबारमा भेट भएको थियो। ३० वर्षीया शर्मा सिलिगुरीमा नै बस्दै आएकी थिइन्। उनी त्यहाँ डान्सबारमा नाच्ने डान्सर थिइन्।…

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई वटा बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो । एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो । मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो । अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उनले जानकारी दिए । यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो । राख्ने…

Read More

काठमाडौँ: तिलक सिंह पेलाले लोकगीत ‘देउसरा आइगै’ ल्याउँदैछन् । उनले मानसखण्डीय भाषा, सँस्कृति एवम् सभ्यतामा आधारित कवि हेमन्त विवशद्वारा रचित लोकगीत ‘देउसरा आईगै’को म्युजिक भिडियो सार्वजनिक हुन गइरहेको बताएका हुन् । उनले आफ्नै युट्युब च्यानल तिलक सिंह पेलामार्फत सो गीत छिट्टै सार्वजनिक हुने बताएका छन् । बैतडी घर भएका पेला शास्त्रीय संगितमा लोकप्रिय छन् ।

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-६ थालिगडास्थित कालिका माविमा अज्ञात समूहले आगजनी गरेको छ ।विद्यालयका प्रधानाध्यापक पदमराज लेखकका अनुसार अफिस कोठाको ढोका फुटालेर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ । आगजनीबाट सर्टिफिकेट, मार्कसिट, बैंकमा दाखिला गरेका भौचर, हाजिरी रजिष्टर, दर्ता चलानी लगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका बताइएको छ । आगजनी कसले गरे भन्ने खुलेको छैन । मंगलवार राति आगजानी भएकोमा बुधवार बिहानमात्रै जानकारी पाएको प्रधानाध्यापक लेखकले बताए । यस्तै, विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलबाट पनि ९ हजार ३ सय मूल्य बराबरको धनमाल चोरी भएको छ । आगजनी र चोरीको विषयमा निवेदन आएको र आगजनी र चोरी गर्ने समूहको खोजी…

Read More

बैतडी: बैतडीको पुर्चौँडी नगरपालिका१ हडफोड भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । बिहीवार बिहान ११ बजेतिर ग१ज ६६११ नम्बरको जिप हाट–भटना कच्ची सडकमा पल्टिएको पुरघाट प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार मान्छे पुर्याएर हाटतिर फर्किरहेको अवस्थामा जिप पल्टिएकाले मानवीय क्षति भएको छैन ।

Read More

धनगढीः थारू समुदायको अट्वारी पर्व यस वर्ष भदौ ३१ गते परेको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतवार तथा कुशेऔँसी पछिको पहिलो आइतवारका दिन अट्वारी पर्व मनाइन्छ। यसैबीच, थारु बाहुल क्षेत्र रहेको कैलारी गाउँपालिकाले अट्वारी पर्वमा भदौ ३१ र असोज १ गते दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।

Read More

काठमाडौँ: तेक्वान्दोका ओमम्पियन समेत रहेका खेलाडी दिपक विष्टलाई सम्मान गरिएको छ। अमेरिकाको एक राज्यले विष्टलाई सम्मान गरेको हो। अमेरिकाको कनेक्टिकट राज्यबाट विष्टले प्रमाणपत्रसहित सम्मान प्राप्त गरेका हुन्। विष्टले सो सम्मान पाएपछि गर्व महसुस भएको बताए। खेल क्षेत्रमा योगदान गरेको भन्दै उनलाई सम्मानित गरिएको हो। विष्ट सुदूरपश्चिमको (कंचनपुर) घर भएका खेलाडी हुन्।

Read More

बाजुरा: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणका लागि राखिएको चामल सकिएको उनले बताए । विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ । मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल…

Read More