Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालको नम्बर ७, हेडक्वार्टर सिरहाले पछिल्लो एक वर्षमा साढे चार करोड रुपैयाँ बढीको चोरीपैठारीका सामान बरामद गरेको छ । गत आर्थिक वर्षमा भन्सार छलेर भारतबाट नेपाल ल्याउन खोजिएका सामानमध्ये सशस्त्रले ४ करोड ५५ लाख २८ हजार ३३६ रुपैयाँ बराबरको सामान पक्रेर भन्सार कार्यालयलाई बुझाएको विवरण सार्वजनिक भएको छ । सशस्त्रले सबैभन्दा बढी अवैध कपडा पक्राउ गरेको जनाएको छ । जसअनुसार गत आर्थिक वर्षमा एक करोड ५९ लाख १० हजार ९६४ रुपैयाँको अवैध कपडा पक्राउ गरिएको हो । त्यस्तै ८९ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको सवारी साधन नियन्त्रणमा लिएको थियो भने ८९ लाख ६९…

Read More

महेन्द्रनगर : दार्चुलामा नेपाली सेनामा जागिर लगादिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजलासले मङ्गलवार महाकाली नगरपालिका-३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर र मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । त्यस्तै, अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । धरौटीमा रिहा हुनेमध्ये महाकाली नगरपालिका-३ का २१ वर्षीय ईश्वरसिंह महरबाट एक लाख रुपैयाँ, सोही ठाउँका ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर…

Read More

बैतडीः बैतडीमा दुई दशक यता अधिकारका क्षेत्रमा कार्यरत महिला अधिकारकर्मी सरस्वती नेपालीलाई जातीवाद विरुद्धको विश्व च्याम्पीयन अवार्ड पाइने भएको छ। आज बिहान अमेरीकामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। आजै अमेरीकामा आयोजीत अवार्ड वितरण कार्यक्रममा अधिकारकर्मी नेपालीलाई अवार्ड वितरण गरिने जनाइएको छ। उक्त अवार्ड नेपाली समय अनुसार राती ११ बजे वितरण गरिने छ। उक्त अवार्ड विश्वका ६ जना महिलालाई प्रदान गरिने छ। अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिलकी कारी गुजारारा, ओस्वाल्डो बलिबाओ लोबाटोन पेरु, रानी यान बंगलादेश, सादिया मोस्बाह ट्युनिसिया, भिक्टोरिना लुका मोल्डोभा रहेकी छन्। अधिकारकर्मी नेपालीले यसअघि ५ लाख राशीको अन्तराष्ट्रि दर्नाल अवार्ड समेत प्राप्त गरिसकेकी छन्।

Read More

धनगढी: गत सोमवार देखीको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको पाँच जिल्लाका जनजीवन प्रभावित वनको छ । प्रदेशका ९ जिल्लामध्ये हाल सम्म ५ जिल्लामा बाढी–पहिरोका घटना बढी भइरहेका छन् । कैलाली–कञ्चनपुरका केही स्थानमा बाढी र बाजुरा,बझाङ र डडेल्धुराका केही स्थानमा पहिरो गएको सुदूरपश्चिम प्रदेशको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्क अनुसार श्रावण २२ यता मात्रै पहिरोबाट बझाङको साइपाल गाउँपालिका वडा नम्बर ४ को एक परिवार बाजुराको खप्तडछेडेदह गाउँपालिका २ का १ परिवार विस्थापित भएका छन भने डडेल्धुराको पशुराम गाउँपालिका ५को १ परिवार प्रभावित भएका छन् । हाल सम्म सबै भन्दा बढी क्षति भने बाढीबाट भएको छ ।…

Read More

धनगढी: नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पहिरो पीडितलाई सहयोग गरेका छन्। आज (बुधबार) अनेरास्ववियुको कैलाली जिल्ला कमिटी र राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर कमिटीले संयुक्त रुपमा सहयोग गरेका हुन्। अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले गोदावरी नगरपालिकास्थित वडा नम्बर ४ बुढीतोलाका ६ परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए। उनका अनुसार खाद्यान्न अभाव भएको जानकारी पाएपछि अनेरास्ववियुले सहयोग प्रदान गरेको हो। धनगढीबाट अनेरास्ववियुका केन्द्रिय सदस्य तथा कंचनपुर इन्चार्ज किशोर शाह, अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटी, राष्ट्रिय युवा संघ नेपालका धनगढी नगर कमिटी अध्यक्ष अभिषेक लोक नाथ, नगर सह-सचिव आयुश ओली, ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति…

Read More

धनगढी: नेपाल प्रहरीका डिआइजी भरत बोहराले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ४ महिना पुगेको छ । डिआइजी बोहराले यस ४ महिनाको अवधीमा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ३ सय ६५ जना विरुद्ध मुद्दा चलाएका छन् । लागुऔषध सम्बन्धी २ सय १६ मुद्दा दर्ता भएकोमा सो संख्यामा मुद्दा चलाएका हुन् ।यही अवधिमा २ करोड ३४ लाख ३२ हजार ९८ बराबरको राजश्व छली बरामद गरी चोरी तस्करी नियन्त्रण सँगै १ सय २५ जना फरार प्रतिवादी पक्राउ गरीएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डिआइजी बोहराले गुण्डागर्दी, चोरी तस्करी र लागुऔषध कारोबार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेका छन् । जनताको जिउधन सुरक्षा र…

Read More

काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौं भन्ने नभइ जनताका सेवक हौं भन्ने भावले काम गर्नु पर्ने बताए।  रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाइ तत्काल अन्त्य गर्न निर्देशन दिए। उपप्रधानमन्त्री खड्काले भने, ‘समय तालिका बनाउनुस्, कुन कामलाइ कति समय लाग्ने हो, जनताले देख्ने गरि सार्वजनिक जानकारी दिनुस् । सरकारी निकायमा काम गर्ने कार्यलय सहयोगि देखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु…

Read More

काठमाडौँ : वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ। यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।

Read More

काठमाडौं : बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो। ब्युरोले ललिता निवासको जग्गा अनियमितता आशंकमा हालसम्म २० जनालाई पक्राउ गरेर संगठित किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिई घरमा बसेर उपचार गर्न आग्रह गरे। उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए। हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भिडभाडमा हुने ठाउँ/सार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए ।

Read More