Author: महेन्द्रनगर पोष्ट

कैलाली : नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले भारत नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा लागेको बताएका छन् । प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी आइपुगेका उनले नेपालभित्र मात्र नभई विदेशीहरू र विशेष गरी भारतको नीतिका कारण गणतन्त्र गम्भीर संकटमा परेको बताएका हुन् । उनले गणतन्त्र र संघीयता गुम्न सक्ने सम्भावना रहेको समेत दाबी गरे । ‘भारतका सत्ताधारी पार्टीहरू खुला रूपमा नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा संलग्न देखिएका छन् ’ उनले भने ‘राजावादी, प्रतिगामी र विदेशी धेरै शक्तिहरूले गणतन्त्र र संघीयतामाथि हमला गरिरहेका छन् ।’ मुलुकका राजावादी शक्तिहरू विगतभन्दा निकै बलिया भएको बताउँदै भारतमा आगामी निर्वाचनमा पुनः कट्टरपन्थी हिन्दुवादीले जिते…

Read More

काठमाडौं : अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ । अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको पत्रकार प्रदिप कार्कीले जानकारी दिए । ७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए । शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका थिए । उनको निधनसँगै पुत्र बियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए । उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ ।

Read More

धनगढी: अछाममा ‘मदिरालयहरु’ (मदिरा व्यापारी) बाट राजस्वका नाममा अन्धाधुन्ध रकम असुली गरेको आरोप लागेका एक प्रहरी इन्चार्ज जिल्ला तानिएका छन्। जिल्लाको चौरपाटी गाउँपालिकामा असुली धन्दा चकाएको आरोप लागेका प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्ट जिल्ला तानिएका हुन्। महेन्द्रनगरपोष्टले सो विषयमा भदौ ८ गते समाचार प्रकाशित गरेपछि आज (शनिबार) बिष्टलाई जिल्ला तानिएको हो। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डिएसपी सन्तोष पाठकले बिष्टलाई जिल्ला तानिएको जानकारी दिए। उनका अनुसार सो विषयमा अनुसन्धान एवं छानबिन गर्नका लागि छानबिन समितिसमेत बनाइएको छ। इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) खगेन्द्र साउदको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन…

Read More

दार्चुलाः दार्चुलाका एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको महाकाली नगरपालिका वडा ९ चुच्चैका ४० वर्षीय भीमसिंह चैसिर एक सातादेखि बेपत्ता भएका हुन्। मानसिक सन्तुलन ठिक नभएका चैसिर भाद्र १ गतेदेखि सम्पर्कविहीन भएको उनका बुवा दानसिंह चैसिरले बताए। परिवारका अन्य सदस्य घरमै भएका बेला उनी घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजी गर्दा पनि अहिलेसम्म फेला पार्न नसकिएको बुवा दानसिहले जानकारी दिए। परिवारले उनलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा वा परिवारको मोबाइल नम्बरमा ९८४८४०५१७४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

Read More

धनगढीः भन्सार छलिका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–२ बाणिबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएका एक लाख चौरासी हजार नौ सय रुपैयाँ बराबरका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो। शुक्रबार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीबाट खटिई गएको संयुक्त प्रहरी गस्ती टिलीले चिनी, सलाई, छोहरालगायतका सामान र ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको थियो। यसैगरी, बेलौरी नगरपालिका–६ बैसाखा र भीमदत्त नगरपालिका–४ भासीबाट ६५ हजार बराबरको माछा, खेलौना, युरिया, चिनी, दाल, सुर्ती, चप्पललगायतका सामान बरामद गरिएको छ। बरामद गरिएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: भारतको लखिमपुरी खिरीस्थित पलियामा एक पत्रकारविरुद्ध मुद्दा दायर गरिएको छ। भिडियो छायांकन गरिएको र संस्थाको छवि बिगार्न खोजेको भन्दै पत्रकार शिशिर शुक्लाविरुद्ध मुद्दा  दायर भएको हो। उनले अस्ति ३ दिन अघिमात्रै त्यहाँको सरकारी किताबखानाबाट किताबहरु कवाडखानामा बिक्री भैरहेको समाचार संकलन गरी भिडियो बनाएका थिए। त्यसपछि उनले त्यहाँका शिक्षा अधिकारीलाई सो विषयमा बुझेका थिए। त्यस लगत्तै ती अधिकारीले पत्रकार शुक्लाविरुद्ध प्रहरीमा मुद्वा दायर गरेका थिए। अहिले पत्रकारविरुद्ध मुद्दा दर्ता गरेको भन्दै भारतका विभिन्न स्थानमा आन्दोलन तथा प्रदर्शन भैरहेका छन्। पत्रकारिता पेशाको वाक स्वतन्त्रता, पेशागत सुरक्षाको धज्जी उडाउदै भारतजस्तो लोकतान्त्रिक मुलुकमा पनि पत्रकारलाई कानुन लगाएर डरत्रास देखाउनुले भारतको मिडियालाई त्यहाँको सरकारले हेर्ने…

Read More

एजेन्सीः भारतको उत्तर प्रदेशमा श्रीमतीले रक्सी खान निषेध गर्दा एक पुरुषले आक्रोशित हुँदै झुण्डिएर आत्महत्या गरेका छन्। रक्सी पिएर श्रीमान र श्रीमतीको सधैं झगडा हुने गरेको बताइएको छ। शुक्रबार उनले श्रीमानलाई राति अबेरसम्म रक्सी खान मनाही गरेपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। मृत्युको जानकारी पाएर प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर थप कानुनी कारबाही अघि बढाएको छ। श्रीमतीले रक्सी नखान बारम्बार आग्रह गर्दा झगडा हुने गरेको परिवारले जनाएको छ। मृतकका आफन्तले उनले एक्कासि यति ठूलो कदम चाल्छन् भन्ने पत्तो नै नरहेको बताएका छन्। घटनापछि परिवारका सदस्यहरूबीच हंगामा मच्चिएको छ। प्रहरी थप अनुसन्धानमा जुटेको छ। मृतकले मजदुरी गरेर परिवार…

Read More

धनगढीः धनगढीमा यातायात आवतजावतमा असहजता भएको छ। धनगढी आसपासका मुख्य सडकमा छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गरेपछि सास्ती खेप्नुपरेको हो। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी र स्थायी राजधानी गोदावरी (अत्तरिया) जोड्ने छ लेन सडकमा गाईबस्तुको हुल हुने गरेको छ। १४ किलोमिटर लामो सो सडकको चटकपुर बोराडाँडी खण्डमा गाईबस्तु सडकमै आउँदा सवारी चालकहरूलाई सवारी साधन चलाउन कठिनाइ हुने गरेको छ। स्थानीयवासीले दुध दिन छोडेपछि घर निकाला गरेका गाईबस्तु सडकमा भेटिने गरेका हुन्। सडकमा छाडिने गरिएका चौपायालाई नियामक निकायले नियन्त्रणमा नराख्ने र सडकमा छाड्नेहरूलाई पहिचान गरी कारबाही गर्न जोडदार माग गर्दै आएका छन्।

Read More

-राधाकृष्ण देउजा अकारण असामयिक र अन्यायपूर्ण रुपमा भएको प्रहरी उच्च अधिकृतहरुको सरुवा पश्चात सरुवा हुने एआइजीहरुलाइ धन्यवाद र शुभकामनाको सुरुवात गर्दै गर्दा नै लेखेको छु कि त्यस रुपमा  भएको उच्च प्रहरी अधिकृतहरुको सरुवा उनीहरुको लागि चाही रहरको सम्बोधन भन्दा पनि नियतिको ग्रहण नै हो। त्यसैले उनीहरु जहाँ थिए, त्यहाँ गरेको कामको लागि उनीहरुलाइ धन्यवाद दिंदै जहाँ गए त्यहाँ राम्रो काम गर्न सकुन् भन्ने शुभकामना दिनु नै अहिलेलाइ बान्छनीय छ। त्यसैले त्यसैको निरन्तरता स्वरूप धन्यवाद र शुभकामना दिउँ नेपाल प्रहरीमा रहेर गरेको कामले आम छोरीहरुकै शिर ठाडो पार्न सक्ने बहादुर मिरा चौधरीलाई। मिरा चौधरी साहसि र बहादुर महिला हुन् भन्ने जान्नलाइ…

Read More

बैतडीः बैतडीका हरिश चन्दको करेन्ट लागेर बुटवलमा मृत्यु भएके छ। बैतडीको सुर्नया गाउँपालिका २ कट्नोलीका ४३ वर्षीय चन्दको करेन्ट लागेर बुटवलमा मृत्यु भएको हो। निर्माण कम्पनीमा विद्युतको काम गर्दै आएका चन्दको विद्युतकै काम गरिरहेका बेलामा करेन्ट लागेर बिहीवार मृत्यु भएको बताइएको छ। गौरा पर्वको समयमा चन्दको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ। मृतकको दाहसंस्कार गरिसकिएको छ। 

Read More