Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब ७५ हजार ९५० मूल्य बराबरका चिनी, लेडिज सुट, धागो, ईलाष्टिक, कपास, कोरा कपडा लगायतका सामानहरु प्रहरी गस्ती टोलीले सोमबार दिउँसो बेवारिसे अबस्थामा बरामद गरेको हो। त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय अगाडीबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ। करिब २८ हजार दुई सय मुल्य बराबरका काजु, बदाम, जिरा, चना लगायतका सामानहरु सोमबार दिउँसो बरामद गरिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगबाट भएको जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश कायमै राखेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले सोमबार उक्त आदेश गरेको हो । यसअघि भएको प्रारम्भिक सुनुवाइमा निर्वाचन आयोगविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । आजको इजलासले साउन १५ गते भएको उक्त आदेशलाई निरन्तरता दिएको हो । सांसद सोविता गौतमसहितले निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए । सोविता आफैँ बहसमा उत्रिएकी थिइन् । आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारले खर्च विवरण सार्वजनिक गरेर आफूलाई जानकारी नगराएको भन्दै त्यसो जनही १५…

Read More

धनगढी: बैतडीमा आफ्नै नातीको हत्या गरेको अभियोगमा हजुरबुवा पूर्पक्षका लागि कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत बैतडीले नातीको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदलाई कारागार चलान गर्न आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जाशीले साउँदले गत असार २८ गते काठको चिर्पटले हिर्काएर आफ्नै २ वर्षीय नाती रेसम साउदको हत्या गरेको अभियोगमा कारागार चलान गरेको बताए। उनका अनुसार अर्का ८ वर्षीय नाती रिजन साउँदलाई पनि उनले घाइते बनाएका थिए। रिजन अहिले उपचाररत छन्। आमा र हजुरआमा घाँस काट्न गएका बेला मानसिक सन्तुलन ठिक नभएका साउँदले रेसमलाई हानेर घाइते बनाएका थिए। उनको उपचारका…

Read More

धनगढी : अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायप्रति लक्षित गरी दिएको अभिव्यक्तिविरुद्ध आज (सोमबार) धनगढीमा पनि विरोध प्रदर्शन भएको छ। नेपाल मगर संघ जिल्ला समन्वय समिति कैलाली र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कैलालीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्। एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा हुने गरेको विवाहको सँस्कृतिप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिविरुद्ध तामाङ र मगर समुदाय देशैभर आन्दोलित बनेका छन्। सिंगो मगर र तामाङलगायत आदिवासी जनजाति समुदायको पुस्तौँदेखिको अभ्यास र चालचलनमाथि गलत ढंगले व्याख्या गर्नुका साथै भ्रामक र तथ्यहिन अभिव्यक्ति दिएको भन्दै पाण्डेलाई तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलित बनेका…

Read More

काठमाडौँ : पछिल्लो पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या करिब दश लाखले बढ्दा सोही अवधिमा सरकारले सामाजिक सुरक्षातर्फ व्यहोर्नुपर्ने दायित्वको अंश करिब चारगुणाले बढेको देखिएको छ । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्री डा. प्रकाशशरण महतले तलबभत्ता, प्रशासनिक खर्च, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीका लागि मात्रै सरकारले १२ खर्ब ८० अर्ब बराबर विनियोजन गर्नुपरेको उल्लेख गरेका थिए । यी शीर्षकको खर्च सरकारको अनिवार्य दायित्व हो । चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको सरकारले सामाजिक सुरक्षातर्फ खर्च गर्नका लागि मात्रै कुल वार्षिक विनियोजनको नौ प्रतिशत अर्थात् एक खर्ब ५७ अर्ब…

Read More

धनगढी : कैलालीमा ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । धगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र जोशीपुर गाउँपालिकामा ७ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीकाअनुसार सबै संक्रमित भारतबाट आएका रहेका छन् । यस्तै कञ्चनपुरको पुनर्वासका २ जना र दार्चुलाका एक जना डेंगु संक्रमित पनि धनगढीमा उपचार गरेर फर्किएका प्रमुख धामीले बताए । स्वास्थ्य कार्यालय कैलालीले डेंगुको संक्रमण थप फैलिन नदिन ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाइरहेको छ । प्रमुख धामीले जिल्लाका १३ वटै स्थानीय तहमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानमार्फत सचेतनामुलक सन्देश प्रवाह गर्ने काम गदै लार्भा नष्ट गरिरहेको…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगु नियन्त्रणका लागि तीनवटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेंगु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’मा सचिव पोखरेलले डेंगु नियन्त्रणका लागि ‘डेंगु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताए । तथ्याङ्कअनुसार सन् २०२३ को जुलाई ६ सम्म नेपालमा डेंगु संक्रमितको सङ्ख्या सात हजार सात सय ३३ पुगेको छ । जसमा डेंगु सङ्क्रमण ७१ वटै जिल्लामा फैलिएको र हालसम्म यसको सङ्क्रमणबाट सात जनाको मृत्यु भएको जानकारी दिए । उनले डेंगु सङ्क्रमितको उपचार निःशुल्क भइरहेको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक…

Read More

स्याङ्जा: स्याङ्जामा औषधीको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका कार्यालयका प्रमुख बसुन्धारा शर्माले जानकारी दिइन् । उनका अनुसार वालिङ नगरपालिकामा जिल्लामै सबैभन्दा बढी तीन सय ८७ जनाले सुरक्षित गर्भपतन गराएका छन् । त्यसमध्ये तीन सय १५ ले औषधि सेवन गरेका थिए भने ५४ जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएका प्रमुख शर्माले बताइन् । उनका अनुसार २० वर्ष…

Read More

एजेन्सी: भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा पुनर्बहाल गरेको छ । आपराधिक मानहानी मुद्दामा दोषी ठहर गर्ने सुरतको अदालतको फैसला भारतीय सर्वोच्च अदालतले बदर गरिदिएपछि भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई सांसद पदमा पुनर्बहाली गर्ने बाटो खुलेको हो । सुरत अदालतको आदेशले गान्धीलाई सांसदबाट हटाएको भारतको लोकसभाले आज सोमवार बिहान उनको सांसद पद कायम रहेको सूचना निकालेको हो । लोकसभाले पद बहाल रहेको सूचना निकालेपछि गान्धी लोकसभा बैठकमा पुग्दा कांग्रेसहित विपक्षी सांसदहरूले उनको स्वागत गरेका बीबीसी हिन्दीले जनाएको छ । केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य रहनुभएका गान्धीले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर भारतीय जनता पार्टी (बीजेपी)का सांसद पुर्णेश…

Read More

काठमाडौँ: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो । दक्षिण पूर्वी एशिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन् । उक्त पदमा नेपालबाट आचार्यसँगै बङ्गलादेशबाट पनि उम्मेदवारी परेको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँदिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ । दक्षिण पूर्वी एशियामा नेपाल र बङ्गलादेशसँगै भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का,…

Read More