Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: हाल  मनसुनको  न्यून  चापीय  रेखा    सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ।  जसको प्रभावले  देशका  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा  चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर  आंशिक देखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरूमा चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। राति  देशको  पहाडी  भूभागको  थोरै  स्थानहरूमा  र  बाँकी  भूभागको  एक–दुई  स्थानमा चट्याङ्ग सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको छ।

Read More

न्यूयोर्क: संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तराष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिएका छन्। प्रधानमन्त्री प्रचण्डले कोभिड १९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसवाट उम्कन उद्दार योजना जरुरी रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ,…

Read More

काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेको छ।  मन्त्रालयका सहसचिव भगवान् अर्यालले आज साेमवार विज्ञप्ति निकालेर भाेलि मङ्गलवार दिउँसाे ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेका हुन्। विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएकाे र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीकाे पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएकाे विज्ञप्तिमा उल्लेख छ। सोही विधेयकलाई लिएर महासङ्घले पर्सि बुधवारदेखि विद्यालय बन्द र आन्दाेलनका कार्यक्रम घाेषणा गरेकाे छ। विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो।

Read More

डडेल्धुराः ज्ञानोदय विद्या निकेतन मावि तुफानडाँडाले अमरगढी नगरस्तरीय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि जितेको छ। राष्ट्रिय शिक्षा दिवसको अवसरमा अमरगढी नगरपालिका–७ पोखराको उग्रतारा माविमा सञ्चालित प्रतियोगिताको उपाधि ज्ञानोदयले हात परेको हो। सोमबार भएको फाइनलमा आयोजक उग्रतारा माविलाई ३–२ को सेटमा हराउँदै ज्ञानोदयले उपाधि हात पार्न सफल भएको हो। उपाधिसँगै ज्ञानोदय माविले नगद १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमणपत्र पाएको छ। पुरस्कार वितरण भने मंगलबार गरिने आयोजक उग्रतारा माविका निमित्त प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिए। उग्रतारा माविले द्वतियमै चित्त बुझाएको छ। प्रतियोगितामा नुवाकोट माविलाई पराजित गर्दै महेन्द्र मावि तृतीय भएको छ। द्वतियलाई १० हजार र तृतीय हुने टिमलाई पाँच हजार…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेशका २ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुव गरेको हो। टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाही मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सुदूरपश्चिममा सरुवा भएका छन्। भने, परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ। तर, उनीहरुको ठाउँमा कसैलाई पनि पठाइएको छैन।

Read More

काठमाडौं: सुदूरपश्चिमका २ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कैलालीको जानकी गाउँपालिका र कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो। कैलालीको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टलाई टीकापुर नगरपालिकामा सरुवा गरिएको छ। उनको ठाउँमा कसैलाई पनि पठाइएको छैन। उता कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी जिल्ला समन्वय समिति कञ्चनपुरमा सरुवा भएका छन्। उनको ठाउँमा जिल्ला समन्वय समिति कञ्चनपुरमा कार्यरत कृष्णानन्द जोशी जाने भएका छन्।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदुरपश्चिम शारीरिक (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबको आयोजनामा आउँदो असोज १२ र १३ गते धनगढीमा सुदुरपश्चिम श्री प्रतियोगिताको ट्रफी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । दुई विधाका प्रथम द्धितीय र तृतीय हुने खेलाडीलाई दिईने ट्रफी सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह र फारवेष्ट फिटनेस एण्ड स्पोट्र्स क्लबका अध्यक्ष मोहन तामाङले सार्वजनिक गरे । खुल्ला पुरुष शारिरिक र शारिरिक सुगठन खुल्ला गरि दुई विद्यामा खेलाईने प्रतियोगिताका दुबै विधाका विजेतालाई जनही नगद २५ हजार पुरस्कार दिईनेछ । यस्तै दुबै विधामा दोस्रो हुनेलाई…

Read More

कैलाली: कैलाली प्रहरीले चेक अनादर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कैलाली जिल्ला अदालतको मिति २०७४ साल पुस १२ गतेको फैसलामा ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरिएका टीकापुर नगरपालिका–२ अस्नेरीका ४४ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शाहीले ३२ लाख ५० हजार रकमको चेकको अनादर गरेका थिए। शाहीलाई आइतबार राति उनकै घरबाट पक्राउ गरेर सोमबार अदालतमा उपस्थित गराइएको छ।

Read More

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कञ्चनपुरको दोधाराचाँदनी पुगेका छन् । राजदूत श्रीवास्तव प्रस्तावित सुख्खा बन्दरगाहस्थलको अवलोकनको निम्ति त्यहाँ गएको बताइएको छ । राजदूतसँगै प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रमेश लेखक पनि प्रस्तावित बन्दरगाहको अवलोकनमा सहभागी भएका हुन् । महाकाली नदी पारिको दोधाराचाँदनीमा बन्न लागेको बन्दरगाह भारत सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो । २०६४ मा प्रस्ताव गरिएको उक्त बन्दरगाह निर्माणबारे चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखिएको छ । स्थानीय मायापुरी र गौरीशंकर मध्यवर्ती सामुदायिक वन क्षेत्रको दुई सय ८० बिगाहामा बन्दरगाह निर्माण हुने जनाइएको छ ।

Read More

काठमाडौँ : आज व्रत बसेर तीज पर्व मनाइरहेकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिना दिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उनले हाँस्दै सुनाइन्, “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।” भदौ लागेदेखि नै प्रत्येक शनिबार र बिदाको दिन दरखाने कार्यक्रम हुँदै आए पनि आफू भने ती कार्यक्रममा सहभागी नभएको कौशलटारकी दुर्गा सत्यालले बताइन् । तीज आउनु एक महिना अघिदेखि नै यस्ता दरखाने…

Read More