Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ। श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले बताए। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव  कृष्णप्रसाद काफलेले जानकारी दिए।

Read More

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन्। नेम्बाङलाई राति १ बजे हृदयघात भएको थियो। उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका छन्। उनको मृत्युको खबरपछि खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन्।

Read More

काठमाडौँ: नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए। राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो। नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए। विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए। प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए।…

Read More

काठमाडौं : सेनाले ‘मानार्थ बढुवा र विशेष बढुवा सिफारिस निर्देशिका, २०७६’ लागु गर्ने भएको छ । बाझिएका केही व्यवस्था संशोधनपश्चात् निर्देशिका कार्यान्वयनमा गएको छ । भदौ १३ गते प्रभुराम शर्माको अध्यक्षतामा बसेको बैठकले संशोधित निर्देशिकालाई स्वीकृति दिएको सेनाले जनाएको छ । ‘सैनिक सेवा नियमावली, २०६९ तथा मानार्थ बढुवा र विशेष बढुवा सिफारिस निर्देशिका, २०७६ मा बाझिएका केही व्यवस्था’ छलफलका लागि नीति तथा योजना निर्देशनालयले बैठकमा पेश गरेको थियो । उक्त निर्देशिकामा भएको ‘शर्तबमोजिमको तालिम पूरा गरेको’ प्रावधानलाई यथावत् राखिएको छ भने ‘तर, सकलदर्जाले सम्पादन गरेका कार्यले राष्ट्र र सैनिक संस्थाको हितमा पुर्‍याएको विशेष योगदानको मूल्यांकन गरी बढुवा समितिले विशेष बढुवाको…

Read More

काठमाडौं : नेपाल प्रहरीका आइजी वसन्त कुँवरसहितको एक टोली कोरिया प्रस्थान गरेको छ । कोरियन एयरको केइ ६९६ को उडानमा आज साँझ सवा ७ बजे गृह मन्त्रालयका सहप्रवक्तासहित प्रहरीको उच्च नेतृत्व सिओलतर्फ लागेको हो । टोलीमा आइजी कुँवर, एआइजीद्वय टेकप्रसाद राई, मिरा चौधरी, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलगायत ९ जना छन् । उनीहरु सिओलमा आयोजना हुने साइवर सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन त्यता गएको बताइएको छ ।

Read More

काठमाडौँ: कालीगण्डकी गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ । रिक्त नै नभएको अवस्थामा आफूसँग समन्वयसमेत नगरी पठाएको भन्दै पालिकाले शाखा अधिकृत राजीव रिमाललाई मन्त्रालयमा नै काज फिर्ता गरेको हो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले संघीय मामिला तथा प्रशासन मन्त्रालयमा नै काज फिर्ता गरिएको पत्रमार्फत जनाएका छन् । ‘तीन तहको सरकारमध्ये सबैभन्दा बढी प्रत्यक्ष रूपमा जनतासँग जोडिएको सरकारसँग सल्लाह नै नगरी कामकाजमा खटाइएको विषयमा हाम्रो गम्भीर आपत्ति रहेकोले मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमाललाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकाले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको ब्यहोरा जानकारी गराइन्छ’ पत्रमा भनिएको छ…

Read More

धनगढी: कैलालीको चौराहा स्थित स्वागत होटेलमा खुल्लेआम यौन धन्दा सञ्चालन भइरहेको पाइएको छ । सोमवार बेलुकी सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटीको टोली र वडा प्रहरी कार्यालयको टोलीले संयुक्त रूपमा छापा हान्दा सञ्चालक सहित यौन कार्यमा संलग्न एक युवती र एक युवक पक्राउ परेका छन् । थप अनुसन्धानका लागी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको वडा प्रहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए । उनका अनुसार यौन धन्दामा संलग्न २८ वर्षीय युवती र ग्राहक बनेर गएका २५ वर्षीय युवकलाई रंगेहात पक्राउ परेका हुन् । यौन धन्दा चलाइरहेका होटेल सञ्चालक डेजी प्रसाद जोशीलाई पनि नियन्त्रणमा लिइएको छ । आज मात्रै प्रहरीको…

Read More

धनगढी : कैलालीको धनगढी स्थित चटकपुरमा यौन धन्दा सञ्चालन गरिरहेको पहाडगंज होटेलका सञ्चालक सहित एक जोडी पक्राउ परेका छन् । सोमवार बेलुकी सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटीको टोली र वडा प्रहरी कार्यालयको टोलीले छापा हान्दा सञ्चालक सहित यौन कार्यमा संलग्न एक युवती र एक युवकलाई प्रहरीले पक्राउ गरेका हुन् । यौन धन्दा सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा छापा हान्दा २४ वर्षीय युवती र २१ वर्षीय युवक रंगेहात पक्राउ परेको वडा प्रहरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए । पक्राउ परेका युवायुवती सँगै होटेल सञ्चालक लक्ष्मण खड्कालाई नियन्त्रणका लिई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ । प्रहरी…

Read More

काठमाडौंः कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिलेको राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरू भोक हडतालमा उत्रिएका छन् । उनीहरूले सोमबारबाट काठमाडौंको माइतीघर मण्डलामा भोक हडताल सुरु गरेका हुन् । उनीहरूले आरक्षबाट विस्थापित भएको २२ वर्ष बितिसक्दा पनि पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा राज्यले सयौँ परिवार विस्थापित गरे पनि अझै उनीहरूको पुनर्स्थापना हुन सकेको छैन । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टसहित पीडितहरू पुनर्स्थापनाका लागि पाँच बुँदे मागसहित भोक हडतालमा बसेका छन् । पीडितहरूले प्रतिपरिवार १० कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको…

Read More

कैलाली : कैलालीमा स्कुल बस दुर्घटना हुँदा १५ विद्यार्थी घाइते भएका छन्। जिल्लाको टीकापुर नगरपालिका-१ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन्। विद्यार्थी पुगाउन गएको ना५ ख ४५६४ नम्बरको स्कुल बस जानकी गाउँपालिका- ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको थियो। घाइते १५ जना विद्यार्थीको टीकापुर अस्पताल उपचार भएकाे इलाका प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ।

Read More