Author: महेन्द्रनगर पोष्ट

एजेन्सी: वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ। मस्कोको उत्तर पश्चिम भागमा भएको विमान दुर्घटनामा उनीलगायत सबै यात्रुको निधन भएको बताइएको छ। विमानमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि रहेको जानकारी दिइएको छ। दुर्घटनाको पुष्टि गरेपनि क्रेम्लिनका अधिकारीहरूले ती दुईको मृत्युबारे केही बताएका छैनन्। यता वाग्नर समूहले आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा उनीहरु मारिएको उल्लेख गरेको छ। रुसी सेनाले विमान खसालेको आरोपसमेत लगाइएको छ।

Read More

धनगढी: नेपाली सेनाले आर्थिक वर्ष २०७९–८० मा ५३८ सैनिकलाई दण्डसजाय दिएको छ। पहिलाभन्दा अहिले कारबाहीमा पर्ने तल्लो दर्जाका सैनिकको संख्या घट्दा सेनानी, सहसेनानीलगायतको संख्यामा भने बृद्धि भएको पाइएको छ। स्रोतकाअनुसार यसक्रममा एक जना महासेनानीले समेत कारबाही भोगेका छन्। त्यसैगरी, कारबाहीमा पर्ने प्रमुख सेनानीको संख्या दुई पुगेको छ। स्टाफ कलेज गर्न नसक्ने तर दण्ड पाउने मेजरको संख्या भने ८ रहेको छ। यस्तै एक उपसेनानीले पनि कारबाही भोगेका छन्।सो अवधिमा एक जना प्रमुख सुबेदार पनि कारबाहीमा परेका छन्। दण्डित हुने सुबेदारको संख्या ७ पुगेको छ। कारबाहीमा पर्ने जमदारको संख्या १२ रहेको छ। सजायँ पाउने अमल्दारको संख्या ९७ पुगेको छ। यस्तै कारबाही भोग्ने…

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पुर्पक्षको निम्ति सुन्धारा कारागारमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणका तत्कालीन अंगरक्षक बेलायतमा रहेको पाइएको छ। नेपाल प्रहरीका असई तेजबहादुर सिलवाल बेलायतको राजधानी लण्डन पुगेका हुन्।  खाण पक्राउ परेपछि सिलवालले सामाजिक सञ्जालमा कुनै पनि सामाग्री पोष्ट गरेका थिएनन्। अहिले उनै सिलवाल बालकृष्ण नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि बेलायत पुगेका हुन् । उनको पछिल्लो स्थितिबारे थोरैलाई मात्र जानकारी हुने गरेको थियो। सिलवाल बालकृष्ण नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि बेलायत पुगेका हुन्।

Read More

काठमाडौं: लगातारको वर्षापछि आएको पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ। नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेपछि सडक आज बिहानदेखि अवरुद्ध भएको हो।   सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर शाहका अनुसार पहिरो सडकमा थुपरिएको छ। अहिले पहिरो हटाउने काम भइरहेको पनि उनले बताए। पहिरो गएपछि सवारी साधनहरू बीचमै रोकिएका छन्।   

Read More

कञ्चनपुर: महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेल्धुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ। महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ। अहिले पानीको बहाव स्थिर छ। दिउँसो र राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Read More

बारा: बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको सनाखत हुन सकेको छैन।  काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो। बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए। आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको…

Read More

डडेल्धुरा: सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ। काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि गौरा पर्व मनाउँदैछन्। काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन गाउँमा फर्किएका छन्। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा…

Read More

कञ्चनपुरः  भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा पोष्ट खडा गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले अस्थायी पोष्ट निर्माण गरेको हो। भुडाबाट भारतीय सिमा बजार कम्बोजनगर जाने बाटोस्थित नेपाली भूमिमा एसएसबीले ब्यारेल राखेको स्थानीय बाशुदेव जोशीले बताए। उनका अनुसार कोराना महामारीका बेला एसएसबी क्याम्प कम्बोजनगरले अस्थायी रुपमा त्यहाँ क्याम्प राखेको थियो। जोशीका अनुसार स्थानीयको बिरोधका बाबजुद एसएसबीले क्याम्प राखी नेपाली भूमि कब्जा गरेको छ। नेपाली भू–भागमा एसएसबीले क्याम्प राखेकोबारे नेपालको प्रशासन भने अनजान छ। एसएसबीले नेपाली जमिनमा क्याम्प राखेकोबारे आफूलाई जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ पिपरैयाका युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्। अस्थाई प्रहरी पोष्ट पुष्पलाल चोकको टोलीले बुधबार दिउँसो शङ्का लागेर चेकजाँच गर्दा ०.७० ग्राम ब्राउनसुगरसहित २७ वर्षीय संजय साउँदलाई पक्राउ गरेको जनाइएको छ। उनी सवार रहेको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

Read More

कैलाली: आज(बिहिवार)बाट सुदूरपश्चिममा लगातार ३ दिन बिदा परेको छ। आज र भोलि गौरा पर्वको अवसरमा सुदूरपश्चिममा सार्वजनिक विदा दिइएको छ। आज संघीय सरकार र भोलि प्रदेश सरकारले बिदा दिएका हुन्। भने, पर्सी भने शनिबार हो।

Read More