Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । नगरका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकहरुले तालाबन्दी गरेका हुन् । निजी स्रोत शिक्षक संघर्ष समिति शुक्लाफाँटाले निजी स्रोत शिक्षकलाई स्वतः नगर शिक्षक घोषणा गर्ने लगायत ३ सुत्रीय माग गर्दै विगत ६ दिनदेखि विभिन्न आन्दोलनका कायक्रम गर्दै आएको थियो । समितिका अध्यक्ष समेत रहेका भुपेन्द्र सिंह धामीले ज्ञापन पत्र, विज्ञप्ति र धर्ना कार्यक्रम गर्दा पनि माग सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए । उनले माग पूरा नभएसम्म तालाबन्दी यथावत रहने बताए । आन्दोनलमा शुक्लाफाँटामा क्रियाशील नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९/०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् । एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड ४३ लाख, ७० हजार राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार छ सय ४६ वटा कारबाहीमा परेका छन् । मोटरसाइकलबाट रु दुई करोड ५३ लाख ३७ हजार ५०० राजस्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा २६ हजार तीन…

Read More

दार्चुलाः भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा दार्चुलाको नौगाड गाउँपालिका–२ का १७ वर्षीय विनोद ठगुन्ना मृत भेटिएका छन् । दार्चुला प्रहरीका अनुसार अतिक्रमित गुन्जी क्षेत्रमा पहिरोमा परेर उनको मुत्यु भएको हो । भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका विनोद मंगलवार साँझसम्म वासस्थानमा नफर्किएपछि अन्य भेडाबाख्रा चराउनेहरूले खोजी गरेका थिए । कालापानीमा रहेका एसएसबी र आईटीबीपीका सुरक्षाकर्मीहरूको सहयोगमा उनको खोजी गरिएको थियो । मंगलवार राति २ बजे विनोद मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले विनोदको शव आफन्तले बुझेको बताए ।

Read More

काठमाडौँ: सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सभा मंगलवार काठमाडौँको धोबिघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न भयो । विभिन्न नियुक्तिदेखि निर्णयका कारण विवादले महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दीकाबीच सम्पन्न भएको सभा पनि आफैमा विवादित बनेको छ । सभामा कर्मचारीदेखि पदाधिकारीसम्म अनावश्यक जम्बो टोली लगेर विश्वविद्यालयको आर्थिक भार बढाएको छ ।पर्यवेक्षक र सहयोगीका नाममा दुई दर्जन बढी कर्मचारीलाई काठमाडौँ लगेर अनावश्यक व्ययभार थपिएको हो । पर्यवेक्षक र कर्मचारी गरी २० जनालाई काठमाडौँ लगिएको छ । जसमा सभामा सहयोगका लागि ३र४ जनासम्म मात्रै भएपनि पुग्ने थियो । ‘सभामा जम्बो टोली लगेर अनावश्यक आर्थिक भार बढाइएको छ,’ विश्वविद्यालयका एक कर्मचारीले भने, ‘दुई÷चार जना गएपनि हुने ठाउमा २० जनासम्म अनावश्यक…

Read More

डडेल्धुरा: डडेल्धुरामा बस र जिप ठोक्किएका छन् । प्रहरीका अनुसार बिहीवार महेन्द्रनगरबाट दार्चुला गइरहेको ना ८ ख २३५७ नम्बरको बस र बैतडी खोड्पेबाट डडेल्धुरा आइरहेको म १ ज ११४ नम्बरको जिप डडेल्धुराको पोखरा बजार नजिकै एक आपसमा ठोकिएका हुन् । दुर्घटनामा मानवीय क्षति भएको छैन । बसको अगाडिको भाग कुल्चिएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्कासँग जवाफ मागिएको छ। महेन्द्रनगरपोष्टले खड्काको विषयलाई लिएर समाचार प्रकाशित गरेपछि सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले खड्कासँग जवाफ माग गरेका हुन्। सचिव ढकालले खड्कासँग जवाफ माग गरिएको जानकारी दिए। यसअघि महेन्द्रनगरपोष्टले प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रमा व्यापक मनोमानी रहेको विषयमा समाचार प्रकाशित गरेको थियो। जसमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको कुरा समावेश थियो। र, यो पनिः https://mahendranagarpost.com/?p=83077

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राय परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ बनरापुलबाट सोही ठाउँका २८ वर्षीय तेजबहादुर राना र अत्तरियाका अर्जुनबहादुर राना पक्राउ परेका हुन् । उनीहरुको साथबाट ४८ ग्राम लागुऔषधसहित एक थान मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट कलुवापुरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Read More

धनगढी: धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट ५ ग्राम लागुऔषसहित २३ वर्षीय रमेश राना पक्राउ परेका हुन् । अछामको मंगलसेन नगरपालिका-१ घर भई धनगढी बसपार्कमा कोठामा बस्दै आएका उनलाई लागुऔषध नियन्त्रण इकाइ महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले पक्राउ गरेको हो । यस्तै, धनगढी-२ मिलनचोकबाट धनगढी-४ बोराडाँडीका २५ वर्षीय विज्ञान बस्नेत ७०० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार लागुऔष नियन्त्रण इकाइ महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरको टोलीले उनलाई पक्राउ गरेको हो । दुबै जना हिजो (बुधवार) पक्राउ परेका हुन् ।

Read More

एजेन्सी: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको पुष्टि गरेका छन् । वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो । धेरै छलफलपछि एकअर्काको साथ छाड्ने निर्णय गरेको ट्रुडोलाई उद्धृत गरी बीबीसीले जनाएको छ । आफ्नो पोस्टमा उनले सम्बन्धविच्छेद भए पनि सधैँ जस्तै परिवार नै रहने उल्लेख गरेका छन् । एकअर्काको माया र सम्मानमा कमी नहुने समेत उनीहरुको भनाइ छ । प्रधानमन्त्रीको पोस्ट श्रीमती सोफीले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छन् । प्रधानमन्त्री ट्रुडोले क्यानडाका नागरिकलाई यो समयमा आफ्ना बालबालिकाको भलाइका लागि गोपनीयतालाई सम्मान…

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए। “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन”, उनले भने, “विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ ।” कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिए। उनका अनुसार भवनमा सिलिङ हालिएको छ भने…

Read More