Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–५ महावीर खल्लामा से १ त ३३७९ नम्बरको ट्याक्टर पल्टिँदा सोहि ठाउँका विमल रानाको मृत्यु भएको छ। राना उक्त ट्याक्टरका चालक हुन्। ट्याक्टर पल्टिदा रानाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टरमा सवार रहेका तारासिँ भने सकुशल रहेका छन्। ट्याक्टर दुर्घटनाको कारण भने खुलेको छैन।

Read More

दिल्ली: भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन्।  प्रधानमन्त्री नरेन्द्र मोदीको एकताका सुरक्षा गार्ड (एनएसजी) रहिसकेका लक्की बिष्टले नेपालमा सरकार ढल्न लागेकाे ठोकुवा गरेका हुन्। अन्तर्राष्ट्रिय एजेन्सीको लागि काम गर्दा ‘सूचना’ सबैभन्दा महङ्गो हुने जनाउँदै उनले नेपालको सरकार छिट्टै ढल्न लागेको सूचना आफूसँग रहेको जिकिर गरे।  ‘आज डिसेम्बर १२ तारिख हो,हाम्रो लागि महत्वपूर्ण विषय भनेको गुप्त सूचना हुन्छ’, नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सनसनीपूर्ण खुलासा गर्दै बिष्टले भनेका छन्, तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर म एउटा खुलासा गर्दिन्छु कि नेपालको सरकार ढल्नेवाला छ।’ उनले आफ्नो दावीलाई नोट गरेर राख्न पटक…

Read More

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ। टियु क्रिकेट मैदानमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफ स्थान सुरक्षित गरेको हो। सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा समेटियो। सुदूरपश्चिमका लागि स्कट केग्गेलिनले सर्वाधिक ५ विकेट लिए। हर्मप्रित सिंहले ३ विकेट लिँदा सैफ जैबले १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो। अन्तिम खेलअघि सुदूरपश्चिम १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। १० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। ८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले…

Read More

धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी, बझाङको अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले दिलबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन गरेको छ।  पार्टीभित्रको आन्तरिक विवादका कारण नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा सहमति नजुटेपछि २०७८ सालदेखि एमालेको अधिवेशनको मिति तोक्ने र अधिवेशन स्थगित गर्ने लामो शृंखला नै चलेको थियो। २०८० माघ र फागुनमा मात्रै दुई पटक मिति तोकेर अधिवेशन स्थगित गरिएको थियो । यसअघि २०७८ र २०७९ सालमा पनि अघिवेशनको मिति तोकेर बीचमै स्थगित भएको थियो। यसपटक मंसिर २४ गतेबाट सुरु भएको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि नेताहरूले निर्वाचनको प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने सहमति गरेका थिए। मंसिर २८ गते विभिन्न…

Read More

काठमाडौं: नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार हुने दोस्रो खेलमा पोखराले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुदूरपश्चिम पहिले ब्याटिङमा आएको हो।  पोखराको यो अन्तिम खेल हो। यसअघि नै पोखरा प्लेअफमा नपुग्ने निश्चिन भइसकेको छ। तर सदूरपश्चिम भने अझै पनि प्लेअफबाट बाहिरिने गणितइि सम्भावना बाँकी नै छ। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ। दुवै खेल फराकिलो अन्तरमा पराजित भए बाहिरिने छ। तर आजको खेल जितेमा सुदूरपश्चिम सिधै क्वालिफायरमा पुग्ने छ। अन्तिम खेलमा सोमबार कर्णाली र सुदूरपश्चिम भिड्दैछन्। उक्त खेलमा सुदूरपश्चिमसँग फराकिलो अन्तरमा पराजित भएमा प्लेअफबाट कर्णाली बाहिरिने सम्भावना पनि बाँकी नै…

Read More

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ। आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो। पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही एक हजार प्रदान गरिएको हो। त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ। भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ। गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो।

Read More

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ। विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमान्डुले १८ ओभर १ बलमा ९ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको हो। प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले खेल जित्यो। लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ। अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ। काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ।

Read More

कैलाली: नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन्। मीन बमलाई २४५ मतान्तरले पराजित गर्दै अध्यक्षमा शाह निर्वाचित भएका हुन्। उपाध्यक्षसहितका अन्य पदमा पनि शाहकै प्यानलका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा डडेल्धुराका राम धामीलाई पराजित गर्दै डडेल्धुराकै मानबहादुर साउद निर्वाचित हुँदा महिला उपाध्यक्षमा कैलालीकी कालीमैंया चौधरीलाई पराजित गर्दै कञ्चनपुरकी हेमन्ती डगौरा चौधरी निर्वाचित भए। धामीले २८० मत पाउँदा साउदले ३३३ मत पाएका थिए। महिला उपाध्यक्षमा कालीमैंयाले २६१ मत पाउँदा हेमन्तीले ३३६ मत पाइन्। महासचिवमा कैलालीका हरि जोशीलाई पराजित गर्दै कैलालीकै शिवराज भट्ट निर्वाचित भए। जोशीले २६८ मत पाउँदा भट्टले ३४८ मत ल्याए। सचिवमा अछामका धनराज साउदले डडेल्धुराका…

Read More

काठमाडौं: पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनको मतगणनामा धाँधली भएको आरोप लागेको छ। अछाममा गडबड भएको भन्दै केही उम्मेदवारहरुले पुनः मतगणनाको माग राखेका छन्।  पत्रकार महासंघ अछाम शाखाको मतगणनामा धाँधली भएको भन्दै सो माग राखिएको हो। प्रेस युनियनका बागी उम्मेदवार प्रदेश समितिको अध्यक्ष, खुला उपाध्यक्ष, समावेशी उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष र केन्द्रीय समिति सदस्यका उम्मेदवारहरुले संयुक्त वक्तव्य जारी गरेर पुनः मतगणनाको माग गरेका हुन्।  मतगणना स्थलमा आफ्ना प्रतिनिधिहरुलाई सहभागी नगराएको र मतगणनामा धाँधली भएको भन्दै फेरि सुरुबाटै मतनगणना गरिनुपर्ने भनेका छन्। यद्यपि निर्वाचन समितिले भने धाँधली नभएको दाबी गरेको छ। सो विषयमा छलफल भैरहेको जनाइएको छ।

Read More

धनगढी: कञ्चनपुरमा लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारको सब्जी मन्डी जाने रोडमा युपी ०६ बिडी ८८०२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्दा भारत उत्तराखण्ड जिल्ला उधमसिंहनगर खटिमा बस्ने २७ वर्षीय सलमान शाह र २४ वर्षीय प्रभजोत सिंह खिंडा पक्राउ परेका हुन्।  ११ दश्मलव ८३ ग्राम खैरो हेरोइनसहित उनीहरुले प्रयोग गरेको मोटरसाइकल र दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो कञ्चनपुर शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूले मोटरसाइकलको ब्याट्रीमा लुकाएर हेरोइन ल्याएका थिए।

Read More