Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकोसमेत देखिएको छ । कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिए । पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको छ । महिलाका नाममा प्राइभेट फार्म दर्तामा छूटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो । रू एक करोड सम्मको…

Read More

काठमाडौं : पोखरास्थित एक क्लबभित्र घुसेपछि विवादमा आएका डिएसपी हेडक्वाटर तानिएका छन्। बर्दि लगाएर मदिराले लठ्ठिएर ब्रेथलाइजर र ट्राफिक प्रहरीसहित क्लबभित्रै छिरेका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्र कुमार श्रेष्ठ हेडक्वाटर तानिएका हुन्। विवादमा आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो। स्रोतका अनुसार उनीविरुद्ध प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयमा समेत उजुरी पुगेको थियो। अहिले उनको ठाउँमा डिएसपी सन्तोष निरौलालाई खटाइएको छ।

Read More

धनगढी : मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का वासिन्दाहरु नदि पार गरी घाँस काट्न गएकोमा सो नदिमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरुको सशस्त्रको बिओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

Read More

काठमाडौं : नेपाल प्रहरीको प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दार असई बढुवाका लागि सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस हुनेमा संजिव श्रेष्ठ,गौतमराज गुरुङ,पदम बहादुर पुन, श्यामसुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाई रहेका छन् ।

Read More

धनगढी : दार्चुलामा घाँस काट्दै गर्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका(१ काँटैकी सरिता साउँदको मृत्यु भएको हो। साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त दीपकबाबु साउँदले बताए। यस्तै कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन्। अहिले प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको एआईजी पदमा नेपाल प्रहरीका डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। तत्कालीन एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो। उसो त यस अगाडि पोषराज पोखरेलको पनि बढुवा सिफारिस भएको थियो। तर सोही समयमा सरकारमा उथलपुथल भएपछि उनी बढुवा नभई अवकाशप्राप्त बनेका थिए। सुदूरपश्चिम घर भएका जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाकिमको रुपमा कार्यरत छन्। तर उनको दरबन्दी भने दरबन्दी प्रहरी प्रधान कार्यालयमा छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको मंगलबारका लागि आह्वान गरिएको विशेष अधिवेशनको विषय नै अस्पष्ट देखिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अधिवेशनको विषयवस्तु नै अस्पष्ट देखिएको ठहर गरेको हो । सभामुख भीमबहादुर भण्डारीका अनुसार विशेष अधिवेशनको विषय अस्पष्ट देखिएपछि विषयवस्तु निक्र्यौल गरी दिन माग गर्दै प्रदेश प्रमुखको कार्यालयलाई पत्राचार गरेको छ । सभामुख भण्डारीले भने, ‘अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखबाट आएको पत्र नै अस्पष्ट छ । अधिवेशन आह्वान गर्नको लागि कुनै कारण नखुलेकोले स्पष्ट गरी दिनको लागि पत्राचार गर्ने निर्णय गरियो ।’ प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू कांग्रेस र एमालेसहित विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख कहाँ…

Read More

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालमा नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने बताए। उनले नेपालको पूर्वधार विकासलगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए। गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने बताए। राजदूत सोङले नेपाली…

Read More

काठमाडौं : सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अदालत परिसरभित्रै प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक कानुन व्यवसायी (वकिल)लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरी रहेकी छन् । उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेकी थिइन् ।…

Read More

काठमाडौं : नेपाल प्रहरीको कल्याणकारी कोषमा चार अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा भएको छ । प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०/८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो । आर्थिक वर्ष २०७९/८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रहरी र आश्रित परिवारका लागि लक्षित गरेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले २०५२ सालमा कल्याणकारी कोष स्थापना भएको थियो । नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि यस्तै किमिसको कल्याणकारी…

Read More