Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले रिजाललाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरूसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले सबै आरोपमा रिजाललाई दोषी ठहर गरेको हो । उनलाई एक वर्ष कैद, ४ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने आदेश भएको छ । अख्तियारले रिजालमाथि घुस लिएर भ्रष्टाचार गरेको आरोपमा…

Read More

काठमाडौं : गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ । त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ । उता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिकामा घाँस काट्ने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ‌। सिगास गाउँपालिका वडा नं. ३ बिरा बस्ने गौमती देवि धामीको घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको हो । आज सोमबार घाँस काट्ने क्रममा भिरबाट लडेर उहाँको मृत्यु भएको जनाइएको छ ।

Read More

काठमाडौं : कक्षा १२ को नतिजा प्रकाशित भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर बाट २०८० सालमा सञ्चालित कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक भएको हो । परिक्षार्थीले अब आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइड www.neb.gov.np र www.neb.ntc.net.np नेपाल टेलिकमको वेबसाइडमा गएर नतिजा हेर्न सक्नेछन् । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५…

Read More

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल सुरु भएको छ । अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।  पार्टीको दशौँ महाधिवेशनपछि असन्तुष्ट रहेका रावल लामो समयदेखि पार्टी कार्यालय गएका थिएनन् । यसअघि, उनलाई पार्टीमा जिम्मेवारी दिन कार्यदल समेत गठन भएको थियो । उनलाई पार्टीको जिम्मेवारी दिन अध्यक्ष ओलीले छलफल गर्ने गरी पहिलो चरणको वार्ता भएको थियो ।

Read More

कञ्चनपुर: एमाले जिल्ला पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरिएको छ । पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटामाथि मरणासन्न हुने गरी कुटपिट हुँदा पनि कुनै कारबाही नभएको भन्दै स्थानीय एमाले कार्यकर्ताले पार्टी कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । यसैबीच घटनामा संलग्न रहेका भन्दै पार्टीको जिल्ला कमिटि सचिवालय बैठकले ७ जना सदस्यलाई निष्कासन गरेको छ भने पार्टीको केन्द्रीय सचिवालयले छानबिन समिति समेत गठन गरेको छ । गत शनिबार एमालेनिकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १०औँ जिल्ला अधिवेशनमा पार्टी जिल्ला सदस्य तथा भीनपा–१८ का वडाध्यक्षसमेत रहेका देवकोटामाथि कुटपिट भएको थियो । देवकोटाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, मायामेट्रो अस्पताल धनगढीमा उपचार हुन नसकेपछि…

Read More

कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरले ७ जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ । हिजो बसेको जिल्ला कमिटि सचिवालय बैठकले जिल्ला कमिटि सदस्य रविन्द्र देवकोटामाथि भएको सांघातिक हमलामा संलग्न रहेका भन्दै ७ जनालाई पार्टीबाट निष्कासन गरेको हो । जिल्ला कमिटि सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी, केशव चन्द, प्रविन बोगटी, रोहित कुँवर र नवीन बोगटीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरिएको प्रेस वक्तव्यमार्फत जनाइएको छ ।

Read More

काठमाडौँ: नेपालका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका यात्रुसँग आँखा जाँचको प्रमाणपत्र अनिवार्य गरेको छ । निगमले सूचना प्रकाशित गर्दै हवाई उडानपूर्व आँखा पाक्ने रोगको लक्षण देखापरेमा यात्रुहरुलाई आँखा जाँचको प्रमाणपत्र अनिवार्य पेश गर्न अनुरोध गरेको हो । निगमले विगत केही हप्तादेखि मुलुकका विभिन्न भागमा ‘आँखा रातो हुने’ रोग तीव्रतम रुपमा फैलिरहेको उल्लेख गर्दै यात्रुहरुको स्वास्थ्यको निम्ति यस्तो व्यवस्था गरिएको जनाएको छ ।

Read More

धनगढी: गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष निकालेका थिए । सो निष्कर्ष गत पुस २५ मै स्वीकृति भएको थियो । यसैबीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ति जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन…

Read More

कञ्चनपुर: लालझाडी गाउँपालिका–३ मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ । नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताए । “विसं २०६५ अघि बग्दै आएको ठाउँमा नदी बग्न थालेको छ”, उनले भने, “नदीमा पानीको बहाव उच्च हुँदा जग्गा कटान तीव्र बनाएको छ ।” उनका अनुसार हालसम्म सार्वजनिक र निजी गरी ३० बिघा जग्गा नदीले कटान गरेर बगाएको छ । नदी रोकथामका लागि स्थानीय बासिन्दाले विगतमा दातृ निकायको सहकार्यमा जैविक तटबन्ध निर्माण गरी घाँस रोपेका थिए ।…

Read More