Author: महेन्द्रनगर पोष्ट

विन्दु चन्द, बैतडी: मंगलबार साँझ सर्पको टोकाइबाट बैतडीको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी ५५ वर्षीया पार्वती घटालको मृत्यु भयो । साँझ ७ बजेको समयमा उनलाई आफ्नै घरमा सर्पले टोकेको थियो । उनको राति एक बजेको समयमा मृत्यु भएको हो । सर्पले टोकेपछि धामीझाँक्री बोलाएर उनलाई झरफुक गरिएको थियो । केही आराम जस्तो भए पनि राति उनको मृत्यु भयो । अस्पताल टाढाबैतडी जिल्ला अस्पतालमा सर्पदंश उपचार केन्द्र छ । तर उपचारकेन्द्र नपुग्दै सर्पले टोकेका बिरामीको मृत्यु हुने गरेको छ ।मृतक घटालको घरबाट सदरमुकामस्थित गोठालापानीमा रहेको सर्पदंश उपचार केन्द्र जान एक दिन नै लाग्छ । सडकमा पुग्न ३/४ घण्टा पैदल हिँड्नु पर्छ । सडक…

Read More

काठमाडौँ: चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर शाहको भनाइ छ । चीनको निमन्त्रणामा बिहीवारबाट हुने भनिएको आफ्नो ५ दिने भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको बालेनले सामाजिक सञ्जालमार्फत बताएका छन् । नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा निकालेको…

Read More

डडेल्धुरा: डडेल्धुरामा एक महिला मृत फेला परेकी छिन् । प्रहरीका अनुसार आलिताल गाउँपालिका-३ भुङडाका गणेश महराकी १७ वर्षीया श्रीमती पार्वती विष्ट महरा(प्रिया) मृत फेला परेकी हुन् । एक वर्ष पहिले भागेर विवाह गरेकी प्रिया आज बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी जोगबुडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगन सिंह भाटले बताए । घटनाबारे थप अनुसन्धान भइहेको प्रहरीले बताएको छ ।

Read More

काठमाडौँ: सुनको मूल्य आज पनि तीन सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको एक लाख १२ हजार आठ सय रुपैयाँ पुगेको छ । हिजो तोलामा ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

बाजुराः बाजुराको बडीमालिकामा जनैपूर्णिमाको अवसरमा मेला लागेको छ । भाद्र ११ गतेदेखि १४ गतेसम्म जनै पूर्णिमाको अवसरमा मेला लागेको हो । बडिमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोलसमेत पुगेका थिए। सरकारी टोलीको पुजा चढाईपछि सर्वसाधारणले परम्परा अनुसार पूजाअर्चना गरेका छन्। बडीमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वास छ ।

Read More

काठमाडौँ: विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो । चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए। सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताए । “नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पुर्याएर यस क्षेत्रबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ”, उनले…

Read More

धनगढी: धनगढीमा दुर्घटनामा परेर घाइते भएका एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बझाङको केदारस्यू गाउँपालिका-५ का ३५ वर्षीय चक्रबहादुर बोहराको मृत्यु भएको हो । उनी मंगलवार राति धनगढी उपमहानगरपालिका-७ मनेहरा गौडीमा मोटरसाइकल दुर्घटनामा परेका थिए । उनी सवार सुपप्र ०१००८ प ५७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको र उनको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले बताएको छ ।

Read More

काठमाडौँ: प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’…

Read More

धनगढी: कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन्। हिजो (बुधबार) राति साढे ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्। स्रोतका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तिबोझा बस्ने २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन्। बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई मिति साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए। उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्यान्टीलेसनको ग्रिल तोडेर भागेको बताइएको छ। उक्त भ्यान्टीलेसनबाट बाहिर निस्केर भागेका उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको थियो। सो टोलीले भासीबाट अहिले उनलाई नियन्त्रणमा लिएको…

Read More

धनगढी: कैलालीमा ४ जना हातहतियार र गोलीगट्ठासहित समातिएका छन्। हिजो (बुधबार) राति जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाबाट उनीहरु समातिएका हुन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुन बिक., रामचन्द्र चौधरी ,नरेश डगौरा र सचिन चौधरी रहेका छन्। लम्की प्रहरीको गस्तीमा खटि गएको टोलीले गस्ती गर्दै जाने क्रममा कुन्तीखेत जाने बाटोको छेउमा बसेको अवस्थामाउनीहरुलाई खानतलासी गर्दा निजहरुबाट प्वाइन्ट २२ हर्नेट(बन्दुक) नाल १ ,सोको म्यागजिन थान१, सोको गोलि १५ राउण्ड, बारुद ५ ग्राम फेला पारेको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Read More