Author: महेन्द्रनगर पोष्ट

कैलाली: कैलालीको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी वर्षा भइरहँदा नजिकैको मोहना नदीले निम्त्याउन सक्ने डुबान र कटानको जोखिमको त्रासमा रातभर जाग्राम बस्छन् । उनले भने, “वर्षा मौसममा मोहनामा बाढी उर्लिएर आउँदा निम्तिन सक्ने जोखिम न्यूनीकरणका लागि गाउँवासीलाई निरन्तर सूचना दिनुपर्छ, राति आफू नसुतेरै नदीको बहाव मापन गर्दै रात काटियो ।” उनी मोहना नदीको बहाव मापन गर्ने जिम्मेवारी (गेज रिडर)का रूपमा काम गर्दै आएका छन् । चेतावनी तहमा पुगेको मोहनाको बाढीको बहाव घट्दै गएको उनले बताए । सोही गाउँका सुरेश चौधरीले वर्षा नभए किसानलाई खेती गर्न समस्या, बढी वर्षा भए डुबान कटानको समस्याले नदी तटीय क्षेत्रका बासिन्दाले हैरानी खेप्नुपरेको बताए…

Read More

बैतडी: बैतडीमा एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको तल्लोस्वराडमा पर्ने पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो। वडा नम्बर ४ का अध्यक्ष जनकबहादुर चन्दका अनुसार रातिको समयमा सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको हो। किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन्।

Read More

काठमाडौं: सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट तीन जिल्लामा चार जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन्। सर्लाही, धनुषा र मकवानपुरमा गरी चार जनाको ज्यान गएको हो। सर्लाहीस्थित बागमती र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको र धनुषास्थित बसही खोलामा डुबेर एकको मृत्यु भएको हो। कमला नदीमा आएको बाढीमा दाउरा टिप्न गएका श्रीमान्–श्रीमती अझै बेपत्ता छन्। बागमती नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ। मंगलबार बिहान खेतमा काम सकेर फर्किरहेका रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको सर्लाही–रौतहट सीमा भएर बग्ने बागमती नदीको समनपुर घाटमा पुग्दा बगेर मृत्यु भएको छ। यस्तै, सर्लाही–महोत्तरी सीमाको बाँके खोलाले…

Read More

काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ। आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम परिवर्तन भइरहने हुँदा उडानमा कडाइ गरिएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हिमाली तथा पहाडी जिल्लाका विमानस्थलमा साउन १४ देखि असोज दोस्रो सातासम्म दिउँसो १२ बजेपछिका उडानमा कडाइ गरेको हो। आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उडानमा कडाइ गरिएको उनले बताए। प्राधिकरणले उडानमा कडाइ…

Read More

धनगढी: कैलालीमा अविरल वर्षासँगै आएको पहिराेले अवरुद्ध भएकाे भीमदत्त राजमार्ग अझै सुचारू हुन सकेकाे छैन्। गाेदावरी नगरपालिका-४ काे बुढिताेलामा साेमबार राति आएकाे पहिराेसँगै करीब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएकाे राजमार्ग सञ्चालन हुन नसकेकाे हाे। डिभिजन सडक कार्यालयले पहिराे पन्छ्याउने काम जारी रहेपनि पहिराे आउने क्रम नराेकिएपछि समस्या भएकाे जनाएको छ। मंगलबार राति साेही ठाउँमा फेरि पहिराे गएकाे छ। सडक डिभिजन कार्यालयका प्रमुख हरी सुवेदीले चार वटा डाेजरकाे प्रयाेग गरेर दुवैतर्फबाट पहिराे पन्छ्याउने काम भइरहेको बताए। उनलेे बुधबार साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए। तर वर्षा र पहिराे खस्ने क्रम नराेकिएमा भने केही समस्या हुने बताइएको छ।…

Read More

कञ्चनपुर: कञ्चनपुरमा दोदा र मोहना नदी गाउँ पस्दा एक सयभन्दा धेरै घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार दोदा नदीको बाढी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँका ५० र मोहना नदीको बाढी कृष्णपुर नगरपालिका– ७ शान्तिगाउँका ६० घरमा पसेको हो। बछेला खोलाको तटबन्ध भत्किँदा शान्तिटोलमा बाढी पसेको हो। महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा कटान सुरु भएको छ।

Read More

काठमाडौँ:  नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ। बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ। टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ।  

Read More

दार्चुला: पहिरोले महाकाली राजमार्गको गोकुलेश्वर–दार्चुला खण्डको आवागमन अवरुद्ध भएको छ। अबिरल बर्षाका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा सडक माथीबाट ढुंगा, माटो लेदो मंगलबार साँझदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन प्रहरीले पहल गरिरहेको बताइएको छ।

Read More

धनगढी: कैलालीको धनगढीका २ ठाउँबाट प्रहरीले २ ग्रामभन्दा धेरै ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको हो। प्रहरीले धनगढी उपमहानगरपालिका–४ सत्कार चोकको एउटा घरमै छापा मारेर तथा त्रिनगर भन्सार गेट नजिक शङ्काको आधारमा चकजाँच गर्दा ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा सत्कार चोकको एउटा घरमा छापा मारेर १ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–१ का ३२ वर्षीय रोशन सिंहसमेत ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले घरको एउटा कोठामा खानतलास गर्दा उक्त पदार्थ फेला पारी तीनैजनालाई पक्राउ गरेको बताइएको छ। त्यस्तै, धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट ६ सय ५० मिलिग्राम ब्रोनसुगरसहित…

Read More

काठमाडौं: नेपाली सेनाका केही जर्नेलको पुनः सरुवा भएको छ। जसअन्तर्गत सुदूरपश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी राखेर राष्ट्रिय प्रतिरक्षा महाविद्यालयतर्फ काजमा खटिएका सहायक रथी टंकप्रसाद भट्टलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा खटाइएको छ। तर उनले सोही महाविद्यालयमा काजमा रहेर काम गर्नेछन्। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका तर १७ नम्बर बाहिनी अड्डामा काजमा खटिएका सोही दर्जाका भोलानाथ थापालाई उक्त बाहिनी अड्डाको बाहिनीपति बनाइएको छ। नम्बर १८ बाहिनी अड्डामा रहेर उत्तर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका सहायक रथी सन्तोषराज पाण्डेलाई चिफ अफ स्टाफ, उत्तर पश्चिम पृतना हेडक्वार्टरमा लगिएको प्राप्त विवरणमा उल्लेख छ । लक्ष्मण थापालाई नम्बर १७ बाहिनी अड्डामा रहेर पश्चिम पृतना हेडक्वार्टरमा…

Read More