काठमाडौँ: गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रालयले सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो। मन्त्रालयले सीमा नाकामा गस्ती निगरानी बढाउन, सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, बधशाला, ह्याचरी र कोल्ड स्टोरलाई हटाउन र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय गर्न निर्देशन दिएको हो। कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहँदा…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: नेपालमा पहिलो पटक केरामा ‘पानामा’ रोग (टिआर–४) फेला परेको हो। केराका लागि यो रोगलाई निकै खतरनाक मानिन्छ। यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जानकारी गराएको छ। नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले पत्रकार सम्मेलन गरी रोगबारे जानकारी गराएको हो। कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीका अनुसार ‘पानामा’ (टिआर–४) केरामा लाग्ने एक प्रकारको रोग हो र नेपालमा यो पहिलो पटक फेला परेको हो। टीकापुरका नौजना कृषकको केराखेतीमध्ये चारवटा खेतीमा चारदेखि ५० प्रतिशतसम्म बोटमा पानामा संक्रमण देखिएको केन्द्रले जनाएको छ। खासगरी…
काठमाडौँ: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ। मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो। पिताको निधनको जानकारी दिँदै मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भएको उल्लेख गरेका छन्।
कैलाली: सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई सवारीसाधन लगायत सुविधा बढाउन नियमावली संशोधन गर्ने तयारी भएको छ। प्रदेश सभा नियमावली २०७४ संशोधन गर्न लागिएको हो। नियमावली संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सोमबार बसेको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको छ। मस्यौदा समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू विक्रमसिंह धामी, मानबहादुर धामी, सुरेन्द्रबहादुर पाल, खुसीराम डङ्गौरा थारू, प्रकाश रावल, खेमादेवी विष्ट र डा. ताराप्रसाद जोशी रहेका छन्।
काठमाडौं: कालीमाटी तरकारी बजारमा भारतको प्याज आउन छोडेको छ । भारतले निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै कालीमाटीमा भारतको प्याज आउन छोडेको हो । आइतवार रातिदेखि नै कालीमाटीमा भारतीय प्याज भित्रिएको छैन । सामान्य अवस्थामा भारतबाट दैनिक एक सय टन प्याज भित्रिँदै आएको थियो । भारबाट भित्रिन छाडेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै हटाएको छ । भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुुल लगाएको थियो । उक्त महसुुल २१ डिसेम्बर २०२३ सम्म लागु हुने भनिएको छ । भारत सरकारले आफ्ना नागरिकलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय…
काठमाडौं: नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ। मंगलबार धनगढीमा सम्पन्न बैठकले पार्टीको तीन महिने अभियानका लागि नेताको कार्यविभाजन गर्नुको साथै जिल्ला इन्चार्जसमेत तोकेको छ। जसमा अछाममा ओमप्रकाशन पुन, बाजुरामा देवकी मल्ल, बझाङमा लालबहादुर सोडारी, डोटीमा लक्षिराम आचार्य, डडेल्धुरामा हरि ज्ञावाली, बैतडीमा रामप्रसाद तिमिल्सिना, दार्चुलामा नरेन्द्रर कुँवर, कञ्चनपुरमा वीरमान चौधरी र कैलालीमा टेकेन्द्र भट्ट रहेका छन्।
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,…
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई स्थानीय तहमा कामकाज गर्नेगरी खटाएको छ । मन्त्रालयले भर्खरै पास आउट भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ब्याट ३६ का सबै शाखा अधिकृतहरू (८० जना) लाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको हो । नवनियुक्त शाखा अधिकृतहरूको लोकसेवा आयोगको योग्यता क्रमलाई ६० प्रतिशत र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको तालिमको योग्यता क्रमलाई ४० प्रतिशत मानी योग्यता क्रम निर्धारण गरी योग्यता क्रमका आधारमा रिक्त स्थानीय तह छनौट गर्न अवसर दिई सोही आधारमा पदस्थापन गरेको जनाएको छ ।
काठमाडौँ : नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका ४ जिल्लामा संयोजक फेरेको छ । पुराना संयोजकहरू केन्द्रीय कमिटीमा भएकाले उनीहरूलाई हटाइ नयाँ जिम्मेवारी तोकिएको हो । लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार रुकुम जिल्ला संयोजकमा रामसुर बुढामगर, गुल्मी संयोजकमा युवराज केसी वसन्त, रोल्पा संयोजकमा पूर्ण केसी र प्युठान संयोजकमा नवराज अधिकारी रोशनलाई तोकिएको छ । प्रदेश कमिटी बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ । ‘अहिले पार्टीमा एक व्यक्ति एक पदको जिम्मेवारी दिने निर्णय भएको छ । सोहीअनुसार ४ जिल्लाको नेतृत्वमा रहेका साथीहरू अन्य जिम्मेवारीमा रहेकाले नयाँ जिम्मेवारी तोकिएको हो । अहिले माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि…
काठमाडौँ : नेपाली काँग्रेसले पार्टीको नाम, झण्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । साथै प्रत्येक केन्द्रीय कार्यालयसँग एकरूपता हुने गरी सबै तहका कार्यसमितिलाई एक-एकवटा आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्न पनि काँग्रेसको निर्देशन छ । मीन विश्वकर्मा नेतृत्वको सूचना, सञ्चार तथा प्रचार विभागले मङ्गलवार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको जनाएको हो । ‘क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने तथा पार्टीको प्रचार प्रसार प्रणालीलाई थप प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँग एकरूपता हुने गरी सबै तहका कार्यसमितिले एक एक आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज…