Author: महेन्द्रनगर पोष्ट

बाजुरा : कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए। सुदूरपश्चिम र कर्णालीका पहाडी र हिमाली जिल्लामा वर्षायामको समयमा जोखिम उडान हुने भएको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले गत साउन १४ गतेदेखि सुदूर र कर्णलीका पहाडी र हिमाली जिल्लामा हवाई उडानमा रोक लगाएको थियो। चौतर्फी आलोचना तथा जनगुनासोपछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णलीका विमानस्थलमा १२:३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण…

Read More

कञ्चनपुरः महेन्द्रनगरस्थित पुरानो बसपार्कमा ग्यास लिक हुँदा एक घरमा आगलागी भएको छ। आज (शनिबार) बिहान मःम का लागि अचार बनाउने क्रममा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको हो। घरभित्र रहेका सामान जलेर नष्ट भएपनि मानवीय क्षति हुनबाट जोगिएको छ। सोही घरमा जोशी मःम सेन्टरका सञ्चालक बझाङ घर भएका गणेशराज जोशीसहित उनकी श्रीमती, दुई छोराछोरी, भाइ, भाइबुहारी र उनीहरूको बच्चा गरी सात जना डेरा गरी बस्दै आएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए।

Read More

धनगढीः वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ४४ वर्षीय सुमन थपलियाको शनिबार निधन भएको छ । वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजेतिर उनको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए। उनको हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको अस्पतालले जनाएको छ। बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए। लगत्तै उनलाई उपचारका लागि बयोधा मेडिसिटी अस्पतालमा लगिएको थियो।

Read More

धनगढी: कैलालीमा प्रहरीले लापसे (लागु पदार्थ सेवन) चेक गर्न थालेको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले काठमाडौंबाट प्रविधियुक्त लापसे चेकिङ यन्त्र (लागुऔषध परीक्षण कीट) मगाएर चेकिङ थालिएको जानकारी दिए। उनकाअनुसार कैलालीमा ट्राफिक प्रहरीलाई उक्त कीट दिएर चेकिङ गर्न लगाइएको छ। जसमा अहिलेसम्म शुक्रवार र शनिबार चेकिङ गरिएकोमा ७ जना समातिएका छन्। कैलाली ट्राफिकका अनुसार शुक्रवार डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ बस्ने ३३ वर्षीय भीमराज अवस्थीलाई नियन्त्रणमा लिएको थियो। प्र.०३ ०१-००३ क ४८१२ नम्बरको टिप्पर चालकसमेत रहेका उनलाई धनगढीको ६ लेन सडकमा चेक गर्दा पोजेटिभ देखाएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको…

Read More

धनगढीः सुदूरपश्चिममा प्रहरीले लागुऔषधविरुद्ध महाअभियान थालेको छ। प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले लागुऔषधविरुद्ध युवा लक्षित महाअभियान थालिएको जानकारी दिए। उनका अनुसार लागुऔषध दुर्व्यसनमा संलग्न युवाहरूको संख्या बढ्न थालेपछि प्रहरीले महाअभियान थालेको हो। सो अभियानमा लाग्न प्रेरित गर्न प्रहरीले आफैं कलेजहरूमा गएर कक्षा लिन थालेको छ। कलेजबाट सुरु भएको सो महाअभियान वडा हुँदै घरसम्म पुगाइने बोहराले बताए। लागुऔषधका जालो भत्काउन यस्तो अभियान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। लागुऔषध मुद्दामा आर्थिक वर्ष २०७६\७७ मा २७० जना पक्राउ परेका छन्। यस्तै, आर्थिक वर्ष २०७७\७८ पक्राउ पर्नेको संख्या बढेर ३९४ पुगेको छ। आर्थिक वर्ष…

Read More

काठमाडौंः नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैंठकले पाँचजना एआईजीको सरुवा गरेको हो। जसअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यायलको कार्य विभागमा सरुवा गरिएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख एआईजी दिपक थापालाई जिम्मा दिइएको छ। प्रशासन विभागमा एआईजी मिरा चौधरी आएकी छन्। यसअघि, उनी कार्य विभागमा थिइन्। त्यस्तै, मानवस्रोत विभागका प्रमुख एआईजी सन्दीप भण्डारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महराजगञ्ज र त्यहाँ कार्यरत एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रिपरिषद्ले सरुवा गरेको हो। प्रहरीमा आठजना अतिरिक्त महानिरीक्षक छन्। प्रहरीको केन्द्रीय…

Read More

धनगढीः नेकपा एमालेले प्रदेश अधिवेशनको मिति टुंग्याएको छ। सचिवालय बैठकले अधिवेशनको मिति टुंगो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते अधिवेशन हुने छ। एमाले सचिव योगेश भट्टराईकाअनुसार भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको हो। एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरको वनबासा पुल नजिकको जंगलमा दुई जना बेहोस अवस्थामा फेला परेका छन्। शनिवार वनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष बेहोस अवस्थामा फेला परेका हुन्। उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने बताइएको छ। बेहोसमध्ये एकको अछाम घर भएका राम बुढा र अर्को परिचय खुलेको छैन्। उनीहरु भारतीय प्रहरीको जिम्मामा रहेका छन्।

Read More

धनगढीः कैलाली, कञ्चनपुरका राना थारु समुदायले आज तिज पर्व मनाइरहेका छन् । आज महिलाहरू दिनभरी पानीसमेत नखाएर निराहार व्रत बसेर तिज मनाउने राना थारु समुदायका बुद्धिजीवी डा.जीवन रानाले बताइन् । राना थारु समुदायले अरू भन्दा फरक तरिकाले तिज मनाउने गर्दछन् । महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् । बेलुकातिर नदीमा गएर पूजा गर्ने र त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसैगरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन्।…

Read More

मध्यविन्दु: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदैछ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए । “शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुने छ”, उनले भने, “हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।” तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताए । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ । शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला…

Read More