Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको टिप्पणी गरेका छन् । झापाको बिर्तामोडमा आज शुक्रवार आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको बताएका हुन् । सभापति लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउँदै राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध गर्न नहुने उल्लेख गरे । ‘नागरिकका धेरै कुरा उठाउनु छ’, उनले भने, चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको…

Read More

काठमाडौँ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृतसहित ३ जना भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार परियोजना कार्यान्वयन इकाई चितवनमा कार्यरत वरिष्ठ कृषि विकास अधिकृत गोपीनाथ भुसाल, बालिका कुमारी गिरी र सोमनाथ घिमिरेलाई दोषी ठहर गरेको हो । खुसीप्रसाद थारु र शालिग्राम कोइरालाको इजलासले उक्त फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप-पत्र दायर गरेको थियो ।

Read More

एजेन्सी: भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रवार बन्दुकधारीहरूले कुकी समुदायका तीन जना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट झन्डै ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो तीन जना पुरुषलाई गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले । घटनामा गाउँका तीन जनाको ज्यान गएको छ’, उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ । बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा अहिलेसम्म राज्यमा…

Read More

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेका १६ वर्षीय चन्द्र सिंह बोहरा करेन्ट लागेर गम्भीर घाइते भएका छन् । उनलाई सुर्नया–८को आलुगैरा भन्ने स्थानमा खोडपे–ढोल्यामोड–पुर्चाैडीका लागि तानिएको थ्रीफेस विद्युत लाइनको लत्रिएको तारबाट करेन्ट लागेको आफन्त भानबहादुर बोहराले बताए । गोठाला गएका बेला उनलाई करेन्ट लागेको बताइएको छ । बोहराको ढोल्यामोडको जनप्रिय आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

Read More

काठमाडौँ: नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, उपविजेताले रु ३० लाख र दोस्रोले रु २० लाखसँगै अरु विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । शनिबार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा हुने अन्तिम पाँचमा रहेका ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’को नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । नृत्यअन्तर्गत सामूहिक नृत्य पनि छ र त्यसमा प्रथम हुनेले…

Read More

धनगढी: कैलाली जिल्ला अदालतमा एकै वर्षमा तीन सयभन्दा बढी जबरजस्ती करणीका मुद्दा दायर भएका छन् । जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, हाडनाता करणी र बाल यौन दुराचार गरी आर्थिक वर्ष ०७९/०८० मा मात्र कैलाली जिल्ला अदालतमा ३०३ उजुरी दर्ता भएका हुन् । अदालतको प्रतिवेदनअनुसार सबैभन्दा बढी जबरजस्ती करणीका १ सय ९७ उजुरी दर्ता भएका छन् । जसमध्ये १ सय ६ वटा उजुरीमा कारबाही भएको छ । जबरजस्ती करणी उद्योगमा ७९ वटा मुद्दा दर्ता भएकामा ३० उजुरीमा कारबाही भएको छ । बाल यौन दुराचारका २१ उजुरीमध्ये ९ वटाको मात्र अदालतबाट टुंगो लागेको छ । हाडनाता करणी सम्बन्धी ६ वटा उजुरीमध्ये २…

Read More

धनगढी: कैलालीको जानकी गाउँपालिका–९ मा रहेको अरुणोदय माध्यमिक विद्यालयमा साढे ७ लाखको लागतमा पुुस्तकालय स्थापना गर्ने घोषणा गरिएको छ । जानकी गाउँपालिका–९ घर भएर हाल नाइजेरिया बस्दै आएका हिक्मत थापाले विद्यालयमा पुस्तकालय विस्तार तथा आधुनिकीकरण परियोजना अन्तरगत पुस्तकालय स्थापना गरिन लागेको बताएका छन् । नाइजेरियाबाट परियोजनाको संयोजन गरिरहेका थापाले शुभचिन्तकहरुबाट रकम संकलन गरेर विद्यार्थीका लागि पुस्तकालय निर्माणको तयारी भएरहेको बताए । उनकाअनुसार नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोग रहने पुस्तकालय निर्माण स्थलको अवलोकन निरीक्षण समेत भइसकेको छ । थापाकै पहलमा विद्यालयमा परियोजना लागुु भएर पुस्तकालय स्थापना गरिने लागेको हो । थापाले आफ्ना स्व. बुबा स्व.गगनसिंह थापाको भदौँ ५ गते परेको जन्म…

Read More

काठमाडौँ: सशस्त्र प्रहरी बलमा एक डिआइजीको पद रिक्त भएको छ। लुम्बिनी प्रदेशमा कार्यरत सशस्त्र प्रहरीका डिआइजी बिदुर खड्का ३० वर्षे सेवा अवधिको कारण आजबाट अवकाश भएका छन् । अब सशस्त्र प्रहरीमा रिक्त एक डिआइजीका लागि दिपक अधिकारी, मनिष थापा र कृष्णप्रसाद ढकालबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

Read More

धनगढीः कैलालीमा पेट्रोल भनेर पठाएको ट्यांकरमा डिजेल फेला परेको छ । बिहीवार नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले पहलमानपुरको मित्र ट्रेडर्समा पेट्रोल भनेर पठाएको ना ५ ख ७७३ नम्बरको ट्यांकरमा डिजेल फेला परेको हो । ट्यांकरमा रहेको पेट्रोल मापन गर्दा मात्रा कम फेला परेको र च्याम्बरबाट पेट्रोल बाल्टीमा निकालेर परीक्षण गर्दा डिजेल मिसावट गरिएको थाहा भएको मित्र ट्रेडर्सका सञ्चालक अजय बमले बताए । पेट्रोलमा डिजेल मिसावट गरेको पाइएपछि इलाका प्रहरी कार्यालय सुख्खडले ट्यांकर नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरेन्द्र विश्वकर्माले ट्यांकरको एक च्याम्बरको पाइप खोलेर पेट्रोल बाल्टीमा भर्दा ३०/३५ लिटर डिजेल मिसावट भएको देखिएको बताए…

Read More

धनगढीः घुस प्रकरणमा मुछिएका कृष्णदत्त भट्टलाई पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ। वन मन्त्रालयको असहमतिकैबीच मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भट्टलाई प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरेको हो। सुदूरपश्चिम प्रदेश वन निर्देशनालय अन्तर्गत मातहतका कार्यालयहरूबाट घुसवाफत रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा मुछिएका थिए। भट्टको नियुक्तिले वन क्षेत्रका अधिकृतहरू भने रुष्ट भएका छन्। वन मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माल र मन्त्रालयका सचिव वेदकुमार ढकालले समेत भट्टलाई निर्देशक नियुक्त गरिएकोमा असन्तुष्टि जनाएका छन्। वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई सुन्नै नसकिने शब्दमा आमाचकारी गालीगलोच गरेको…

Read More