कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा सडक नबनेपछि वडाध्यक्षको फोटो टाँसेर बाटो बन्द गरिएको छ । व्यापारीहरुले सडकमा डोरीको अवरोध लगाएर त्यसमा भीमदत्त नगरपालिका-४ का वडाध्यक्ष सुशील भट्टको फोटो टाँसेका छन् । उनीहरुले महेन्द्रनगरको केन्द्र मदनचोकबाट राजमार्गतर्फ जाने बाटो बन्द गरेका हुन् । महेन्द्रनगर बजारको मुख्य चोकको सडक निर्माण अलपत्र पारिँदा पानी जम्ने, ढुंगा उछिट्टिएर सटरहरुमा लाग्ने भएपछि बाटो बन्द गर्नुपरेको व्यापारीहरुले बताएका छन् । सडकका ढुंगा हटाउन गरिएको अनुरोधको वडाध्यक्ष भट्टले वास्ता नै नगरेको उनीहरुले बताए । एसियाली विकास बैंक (एडिबी) सहयोगको सडक निर्माण आयोजनाले नगरका अन्य सडकको निर्माण लगभग गरिसके पनि मदनचोकलाई भने छोडेको छ । सडक निर्माणमा अवरोध बनेका भीमदत्त…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । गएराति मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महिलालाई दुई राउन्ड गोली हानेका उनीहरु भारततर्फ नै भागेका बताइएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले बताए । घटनाको अनुसन्धान र हत्यामा संलग्नको खोजीमा…
काठमाडौँ: सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मुगु: मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत् सेवा ठप्प भएको हो । अहिले जिल्ला सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा छन् । विसं २०६८ मा स्थापना भएकोे सो आयोजनामा पटक–पटक समस्या आउने गरेको छ । यसका कारण मुगुका तीन हजार एक सय घरधुरी प्रत्यक्ष मारमा परेका छन् । विद्युत् नहुँदा सरकारी कामकाजका साथै बैंक…
बैतडी: बैतडीमा अझै पनि ९५ प्रतिशत घरधुरी दाउरामा निर्भर रहेको पाइएको छ। जिल्लाको १० स्थानीय तहका ८४ वडामा रहेका ४५ हजार १९१ घर धुरीमध्ये ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको हो। नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको छ। तर, यो बैतडीमा पूर्णतया लागू भएको छैन। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विपत् पूर्वतयारीसम्बन्धी तथ्याङ्क पुस्तिका अनुसार ९५ प्रतिशत घरधुरी खाना पकाउन दाउरामा निर्भर रहेका छन्। ८० प्रतिशत घरहरू ढुङ्गा र गारोले बनेका कच्ची…
दार्चुला: दार्चुलाको दुहुँ गाउँपालिका– ४ दौला (तत्कालीन धारी गाविस)का अमरबहादुर बम र धनिशा बमको २० वर्षअघि बिहे भयो। विवाह गर्दा धनिशा १४ वर्षको मात्रै थिइन्। अमर बिहे गरेको १५ दिनमै रोजगारीका लागि भारतको दिल्ली गए। एक वर्षमा घर फर्किने र सबै ऋण तिरेर नयाँ जीवन सुरुवात गर्ने बाचा गरेका अमर सन् २००३ परिवारसँग सम्पर्कविहीन बने। पछि सिधै सन् २००७ मा उनी युएईको जेलमा रहेको जानकारी पाइयो। त्यहाँको न्यायालयले उनलाई मृत्युदण्डको सजाय तोकेको थियो। अहिले धनिशा श्रीमानको बाटो कुरेर बसिरहेकी छिन्।विवाहको १५ दिनमै छाडेर गएका उनी बाँकी जीवन सँगै बिताउने कल्पना गर्छिन्। ‘श्रीमानको याद आउँदा फोटो हेर्छु। जहिले पनि श्रीमानको न्यायका…
धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुदूरपश्चिम प्रदेशका सहसंयोजक एवं पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो विवाहलाई गुपचुप राखेको खुलेको छ। पार्टीको प्रमुख सचेतक एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका शाहीले आफ्नो विवाहित जीवनबारे गुपचुप राखेका छन्। स्रोतका अनुसार शाहीले केही वर्षअघि नै अन्तरजातीय विवाह गरेका थिए। शाहीले श्रीमतीको रुपमा इन्दु सुनारलाई भित्र्याएका थिए। शाही जुम्लाका हुन् भने इन्दुको स्थायी घर तनहुँको भीमाद नगरपालिकामा रहेको बताइन्छ। हाल शाही र सुनार काठमाडौंमै बस्ने गरेका छन्। तर उनीहरु छुट्टै बस्ने गरेको स्रोतको दाबी छ। स्रोत भन्छ-‘ शाहीले अन्तरजातीय विवाह भएकै कारण करिब ५ वर्षदेखि आफ्नो सम्बन्ध लुकाइरहेका छन्। धेरै ठाउँमा उनले आफू अविवाहित…
कञ्चनपुर: कञ्चनपुरमा महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। शुक्लाफाँटा नगरपालिका वडा नम्बर-६ बस्ने करिब २८ वर्षीय जनक भट्टले गएराति महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट हाम फालेका थिए। के कारण उनले नदीमा हाम फाले भन्ने अहिलेसम्म खुलेको छैन। भट्टको खोजी कार्यका लागि सुरक्षाकर्मी, रेडक्रसकर्मीलगायतको उद्धार टोली परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
धनगढीः कैलालीको रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक वनमा भएको वन फँडानीबारे छानबिन गर्न समिति गठन गरेको हो । उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताइएको छ। सामुदायिक वनका उपभोक्ताको लिखित उजुरी आएपछि मन्त्रालय आफैँले छानबिन थालेको हो। उपभोक्ताको गुनासोपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सचिव ढकालको टोलीले यसअघि रातोपानी सामुदायिक वनमा रूख कटान भएको क्षेत्रको निरीक्षणसमेत गरेको थियो। निरीक्षणका क्रममा मन्त्री धामीले छानबिन गरेर वन फँडानीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए।
जनकपुरधाम: धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको छ। बिहीबार राति १० बजे महोत्तरीको जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनका अनुसार डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ। घाइते डिएसपीको उपचार काठमाडौंस्थित प्रहरी अस्पतालमा भइरहेको छ। घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ। घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ। टोलीले शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको छ।