Author: महेन्द्रनगर पोष्ट

कैलालीः कैलालीमा भन्सार छलीका कपडा बरामद गरिएको छ। जिल्लाको धनगढी उप–महानगरपालिका–.३ बाट भन्सार छलीका अन्दाजी एक लाख ३४ हजार बराबरको लेडिज सुट, मोटरसाईकलका विभिन्न पार्टपुर्जाहरुसहित मोटरसाईकल एक थान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। यसैगरि, धनगढी उप–महानगरपापिलका–९ बङ्ग्राकटानबाट पनि भन्सार छलीका अन्दाजी २५ हजार मुल्य बराबरका लेडिज कुर्ती, लगेज लगायतका सामान प्रहरीले बिहीबार बिहान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। बराममद गरेको सामान कारबाहीकालागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : सहकारी पीडितसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ । बिहीबार सिंहदरवारमा भएको छलफलमा ७ बुँदे सहमति गर्दै माइतीघरमा २ महिनादेखि आन्दोलनमा रहेको सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन् । बिहीबार सिंहदरवारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गाकर्णमणी दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरे समेतको उपस्थितिमा मन्त्रालयमा छलफल भएको थियो । सहकारी पीडित र सरकारबीच सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । त्यस्तै सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई छिटोछरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र…

Read More

कैलालीः कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकि १६ वर्षीया छोरी सर्मिला तारामी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो। घरदेखि केहि टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो। उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहिवार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले साउन १८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । उनले राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा हेतु विद्यमान समयमा राष्ट्रिय सुरक्षाका सम्बन्धमा समयमै सम्बोधन गर्दै लगिनुपर्ने विभिन्न विषयहरू रहेको हुँदा सम्पूर्ण सुरक्षा निकाय लगायत सरोकारवाला निकायहरुबीच एकीकृत आपसी समन्वयका साथ सहकार्य गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने र राष्ट्रिय सूचना प्रणालीको सुरक्षातर्फ पनि सचेत हुन जरुरी रहेको बताए। सशस्त्र प्रहरी बल नेपालले देशको सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको बताउँदै सीमा सुरक्षा तथा व्यवस्थापनमा अझबढी प्रविधि तथा डिजिटल बोर्डरको अवधारणालाई समेट्दै अघि बढ्नुपर्ने…

Read More

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । नगरका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकहरुले तालाबन्दी गरेका हुन् । निजी स्रोत शिक्षक संघर्ष समिति शुक्लाफाँटाले निजी स्रोत शिक्षकलाई स्वतः नगर शिक्षक घोषणा गर्ने लगायत ३ सुत्रीय माग गर्दै विगत ६ दिनदेखि विभिन्न आन्दोलनका कायक्रम गर्दै आएको थियो । समितिका अध्यक्ष समेत रहेका भुपेन्द्र सिंह धामीले ज्ञापन पत्र, विज्ञप्ति र धर्ना कार्यक्रम गर्दा पनि माग सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए । उनले माग पूरा नभएसम्म तालाबन्दी यथावत रहने बताए । आन्दोनलमा शुक्लाफाँटामा क्रियाशील नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९/०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् । एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड ४३ लाख, ७० हजार राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार छ सय ४६ वटा कारबाहीमा परेका छन् । मोटरसाइकलबाट रु दुई करोड ५३ लाख ३७ हजार ५०० राजस्व सङ्कलन भएको छ । एक वर्षको अवधिमा २६ हजार तीन…

Read More

दार्चुलाः भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा दार्चुलाको नौगाड गाउँपालिका–२ का १७ वर्षीय विनोद ठगुन्ना मृत भेटिएका छन् । दार्चुला प्रहरीका अनुसार अतिक्रमित गुन्जी क्षेत्रमा पहिरोमा परेर उनको मुत्यु भएको हो । भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका विनोद मंगलवार साँझसम्म वासस्थानमा नफर्किएपछि अन्य भेडाबाख्रा चराउनेहरूले खोजी गरेका थिए । कालापानीमा रहेका एसएसबी र आईटीबीपीका सुरक्षाकर्मीहरूको सहयोगमा उनको खोजी गरिएको थियो । मंगलवार राति २ बजे विनोद मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले विनोदको शव आफन्तले बुझेको बताए ।

Read More

काठमाडौँ: सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सभा मंगलवार काठमाडौँको धोबिघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न भयो । विभिन्न नियुक्तिदेखि निर्णयका कारण विवादले महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दीकाबीच सम्पन्न भएको सभा पनि आफैमा विवादित बनेको छ । सभामा कर्मचारीदेखि पदाधिकारीसम्म अनावश्यक जम्बो टोली लगेर विश्वविद्यालयको आर्थिक भार बढाएको छ ।पर्यवेक्षक र सहयोगीका नाममा दुई दर्जन बढी कर्मचारीलाई काठमाडौँ लगेर अनावश्यक व्ययभार थपिएको हो । पर्यवेक्षक र कर्मचारी गरी २० जनालाई काठमाडौँ लगिएको छ । जसमा सभामा सहयोगका लागि ३र४ जनासम्म मात्रै भएपनि पुग्ने थियो । ‘सभामा जम्बो टोली लगेर अनावश्यक आर्थिक भार बढाइएको छ,’ विश्वविद्यालयका एक कर्मचारीले भने, ‘दुई÷चार जना गएपनि हुने ठाउमा २० जनासम्म अनावश्यक…

Read More

डडेल्धुरा: डडेल्धुरामा बस र जिप ठोक्किएका छन् । प्रहरीका अनुसार बिहीवार महेन्द्रनगरबाट दार्चुला गइरहेको ना ८ ख २३५७ नम्बरको बस र बैतडी खोड्पेबाट डडेल्धुरा आइरहेको म १ ज ११४ नम्बरको जिप डडेल्धुराको पोखरा बजार नजिकै एक आपसमा ठोकिएका हुन् । दुर्घटनामा मानवीय क्षति भएको छैन । बसको अगाडिको भाग कुल्चिएको छ ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्कासँग जवाफ मागिएको छ। महेन्द्रनगरपोष्टले खड्काको विषयलाई लिएर समाचार प्रकाशित गरेपछि सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले खड्कासँग जवाफ माग गरेका हुन्। सचिव ढकालले खड्कासँग जवाफ माग गरिएको जानकारी दिए। यसअघि महेन्द्रनगरपोष्टले प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रमा व्यापक मनोमानी रहेको विषयमा समाचार प्रकाशित गरेको थियो। जसमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको कुरा समावेश थियो। र, यो पनिः https://mahendranagarpost.com/?p=83077

Read More