Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीको एक घरमा दिउँसै चोरी भएको छ । आइतवार दिउँसो धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि रहेको सुरेन्द्र भट्टको घरमा चोरी भएको हो । घरमा कोही नभएको मौका छोपी दिउँसो करीब ११ बजेदेखि दुई बजेको बिचमा उनको घरबाट साढे चार लाख रुपैयाँ र २ तोला ६ ग्राम सुन चोरी भएको प्रहरीले बताएको छ । उनीहरु घरको मुल ढोकामा रहेको ताला फोडेर घरभित्र पसेका थिए । उनीहरुले दराज र ताला फोड्न प्रयोग गरेको पेचकस र फलामको रड कोठाभित्रै छोडेर गएका पाइएको प्रहरीले जनाएको छ ।

Read More

तनहुँ: भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई जनही रु १० हजारका दरले अनुदान वितरण गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, “पाडापाडी हुर्काउने कार्यक्रमअन्तर्गत किसानसँग आवेदन माग गरेको केही दिनमै अत्यधिक आवेदन आएको थियो, सबैलाई दिन सकेनौँ । केहीलाई मात्रै दिएका छौँ, बाँकी आवेदकलाई चालु आवमा दिन्छौँ ।” गत वर्षको मागका आधारमा चालु आवमा पाँच सय पाडापाडी…

Read More

कञ्चनपुर: कञ्चनपुरमा प्रहरी हौँ भन्दै लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका-५ का बाशा भनिने रवि साउँद, सुरेन्द्र विष्ट (ल्याङ) र भुवन ऐर पक्राउ परेका हुन् । उनीहरुले भारतको पिलिभित ग्राम हरीकृष्णपुर उत्तर प्रदेशका २४ वर्षीय मोहित कुमार र उद्यमसिंहनगर ग्राम मसिद उत्तराखण्डका अशरफ अहमदलाई लुटपाट गरेको प्रहरीले बताएको छ । हाल महेन्द्रनगर बजारस्थित १ नम्बर गल्लीमा काम गर्ने उनीहरुलाई बाशासहितका तीनै जनाले हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै डराई धम्काई रातिको समयमा अपहरण गरी कलुवापुरको कालिका सामुदायिक जङ्गलभित्र लगेका थिए । उनीहरुले पीडित अशरफको मोटरसाइकल, कम्पनीको स्क्रिन टच मोबाइल १ थान, १६…

Read More

धनगढीः नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका बिरामीहरुलाई खिर खुवाएको छ । नेविसंघले साउन पन्ध्र अर्थात् खिर खाने दिनको अवसरमा अस्पतालका बिरामी र नर्सिङ स्टाफलाई खिर खुवाएको हो । नेविसंघ धनगढी नगर कार्यसमितिका सभापति दिपेश बोहराका अनुसार अस्पतालका दुई सय जना बिरामीलाई खिर खुवाइएको छ ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले हिजो यस्तो आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ । नाट्टा उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै गएको साउन ११ गते सर्वोच्च अदालत पुगेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका थिए । पर्यटन व्यवसायीले भने हवाई टिकटमा लगाइएको भ्याट…

Read More

मकवानपुर: चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनले उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Read More

काठमाडौं: भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ। जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। गोली चलाउनुको कारण खुलेको छैन। उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउने भएको छ । महानगरले उक्त कार्यालय एक त नक्सा पास नगरिकनै बनाएको र अर्को विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले शुक्रवार माइकिङ गरी कार्यालय खाली गर्न तीन दिनको समय दिएको थियो । उक्त समय आज पूरा हुँदैछ । यसअघि गत वर्ष असोज १३ गते पनि कामपाले कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो । त्यसबेला कार्यालय हटाउन सफल नभएपछि शुक्रवारबाट पुनः प्रक्रिया अघि बढाइएको जानकारी दिँदै कामपा प्रहरीबल प्रमुख राजुनाथ पाण्डेले भने– ‘आज सोमबारसम्म हेर्छौं, त्यसबेलासम्म पनि राप्रपाले कार्यालय हटाउने विषयमा चासो नदेखाए हामी आफैं हटाउने छौं ।’ …

Read More

दाङ: दाङमा चित्तलको १७ केजी मासुसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमही-६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा-६ का ३० वर्षीय मनोज थापा मगर, गढवा-६ कै ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनले आइतबार बेलुकी साढे पाँच बजे घोराही-३ कुइरेपानीमा चेकजाँच गर्नेक्रममा जेब्रा झोलामा लुकाएको अवस्थामा चित्तलको मासु फेला परेको बताए। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि  डिभिजन वन कार्यालय घोराही, दाङलाई बुझाइएको प्रहरीले बताएको छ।

Read More

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सोमबार दिउँसो १ बजेदेखि सुरु हुने बैठकका सम्भावित ५ वटा कार्यसूची छन्।  सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची छ। नेकपा एमालेका नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोग लागेर मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। 

Read More