नयाँ दिल्ली: भारतको ओडिसामा चट्याङले लागेर १० जनाको मृत्यु भएको छ।
समाचार संस्था पीटीआईका अनुसार शनिबार ओडिसा राज्यको कयौँ स्थानमा भिषण वर्षासँगै परेको चट्याङले विभिन्न ६ जिल्लाका १० जनाको मृत्यु भएको हो।
खबरअनुसार खोरधा जिल्लामा चार र बलांगिर जिल्लामा दुई जनाको मृत्यु भयो। यस्तै अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा एक-एक जनाको मृत्यु भएको छ।
Facebook Comments Box