Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीसहित मन्त्रालयको टोलीले कैलालीको गोदावरी नगरपालिका–१२, स्थित रातोपानी सामुदायिक वनमा भएको वन फडानीको अनुगमन गरेको छ। वन क्षेत्रमा व्यापकरुपमा रुख कटान गरी काठ तस्करी भएको विषयमा महेन्द्रनगरपोष्टले पहिलोपटक समाचार प्रकाशन गरेको थियो। त्यसपछि मन्त्रालयका सचिव बेदकुमार ढकाललाई लिएर मन्त्री धामी अनुगमनमा गएका हुन्। मन्त्रीसहितको टोलीले वनत्रभित्र रुख कटान गरिएको क्षेत्रको निरीक्षण गरेको जनाएको छ। यस्तै सामुदायिक वनभित्र सालका २२ वटा रुख कटान भएको पाइएको छ। वनका पदाधिकारीको संलग्नतामा नै वन फडानी भएको उपभोक्ताको आरोप छ। रुख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा उक्त वन उपभोक्ता समूहको कार्यसमितिका दुई जना सदस्य यसअघि…

Read More

काठमाडौ: नेपाली नर्सले रोजगारीका लागि बेलायत जान आजदेखि अनलाइनमार्फत आवेदन दिन सक्ने भएको छ। वैदेशिक रोजगार विभागले बिहीबार लन्च गरेको सफ्टवेयरमार्फत आजदेखि अनलाइन मार्फत आवेदन दिन सक्ने भएका हुन्।  वैदेशिक रोजगार विभागका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई बेलायत पठाउन लागेको छ।  अनलाइन मार्फत आवेदन आह्वान गर्दै विभागले सबै मनिटरिङ गर्नेछ । त्यसका लागि शुक्रबारदेखि अक्टोबर १९ तारिखसम्ममा आवेदन दिनुपर्नेछ। इच्छुक नर्सहरूले तीन महिनाभित्रमा https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन पाउने वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले बताए।   नेपाल सरकार र बेलायत सरकारबिच द्विपक्षीय श्रम सम्झौता गरी नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो।

Read More

सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित सप्तकोशी नदीको किनारमा भएको लफडामा संलग्न पाँचैजना युवतिहरुलाई प्रहरीले पक्राउ गरेको छ। ब्वाइफ्रेन्डको पोल खोलिदिएको र बेइज्जत गरिदिएको आरोपमा तीन युवतिहरुमाथि निर्धात कुटपिटमा संलग्न पाँचजना युवतिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  कुटपिटमा संलग्न सुनसरीको बराहक्षेत्र नगरपालिका–१० भुजेलटोलकी १९ वर्षीया प्रिति लिम्बु, बराहक्षेत्र–८ सैनिकटोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षीया बिनिता उराँव, बराहक्षेत्र–९ की १९ वर्षीया सन्जिता राई र निहाङ राई पक्राउ परेको जनाइएको छ। उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ। उनीहरुले गत शुक्रबार बराहक्षेत्र नगरपालिका–९ राजाबास टोलस्थित सप्तकोशी नदी किनारमा अर्को समूहमा…

Read More

दाङ: तुलसीपुरको नयाँ बसपार्कमा बसभित्रौ एक वृद्धाको सामूहिक बलात्कार भएको छ। गएराति पार्किङ गरिएको ना४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए । बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ।

Read More

काठमाडाैं: मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको छ। बुधवार बसेकाे मन्त्रिपरिषद्को बैठकले १३ जना सचिवको सरुवा गरेको हो। भर्खरै सचिव भएका दुई जनाको भने पदस्थापन भएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेश अधिकारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ। शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई राष्ट्रिय वित्त आयोगमा सरुवा गरिएको छ । आयोगका सचिव भरतमणि सुवेदीलाई भने पर्यटन मन्त्रालयमा तानिएको छ । त्यस्तै युवा तथा खेलकुद मन्त्रालयलयका सचिव सुर्यप्रसाद गौतमलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । निर्वाचन आयोगमा लामो समय बसेका गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ ।…

Read More

कैलाली: संरक्षित वन्यजन्तु बाघकोजस्तो देखिने छालासहित कैलालीमा २ जना पक्राउ परेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडबाट २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३० वर्षका हर्कबहादुर बिष्ट छन्। उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला बरामद भएको छ। उनीहरुले बाघको छाला बोकेर बेच्न हिँडेको आशंका प्रहरीको छ । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

Read More

कञ्चनपुरः  कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको पुर्नवास नगरपालिका–५ सिमरी पुलबाट ३ ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–११का ३३ वर्षीय मानबहादुर राना  बिहिवार दिउँसो पक्राउ परेका हुन्। उनलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी  भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको  छ। राति देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका  एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं: १०० ग्रुपले प्ल्सटुको प्रवेश परीक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। एक सूचना जारी गर्दै १०० ग्रुपले प्ल्सटु छात्रवृत्ति प्रवेश परीक्षाको लागि आवेदन माग गरेको हो। जसमा आरओएनबी, दारी क्लब युएसए, सोअर एक्सन नेपाल र एचके लगायतको साझेदारी छ। विभिन्न अवसरहरू सिर्जना गर्ने हेतुले उक्त आवेदन माग गरिएको बताइएको छ। जसका लागि छात्रवृत्ति आवेदन फारम काठमाडौं एडभान्स एकेडेमी, कुमारीपाटी, ललितपुर (९८५११३१०७४), वीरगन्ज पब्लिक कलेज नयाँ भवन, वीरगञ्ज, पानीटंकी (९८०९२३३८७१), कोहलपुर कलेज अफ होटल म्यानेजमेन्ट प्रालि लिमिटेड, कोहलपुर-११, बाँके तोकिएका छन्। जसको परीक्षा साउन ६ गते शनिबार बिहान ९ बजे हुनेछ। आवेदन दिनका लागि निम्न लिङ्कमा क्लिक गर्नुहोस्: https://bit.ly/3NZwhp0

Read More

डडेल्धुरा: बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका- ३ तडिगाउँको भट्ट परिवारका ५ जना सदस्य बिरामी परेका हुन्। बिरामी हुनेमा वर्ष ३५ का टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन्। सबै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ। अहिले सबैको उपचार सुरु भएको छ।

Read More