Author: महेन्द्रनगर पोष्ट

म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोका २१ वर्षपछि एसईई परीक्षा पास भएका छन् । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका उनी २.६५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । विसं २०५८ मा एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि उनले पढाइ छाडेका थिए । त्यसपछि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र अफगानिस्तान गएका उनले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षा उत्तीर्ण गरेका हुन् । २०६९ सालमा घर फर्किएका उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पढाइको आवश्यकताको…

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई युवक समातिएका छन् । जिल्लाको वेदकोट नगरपालिका–१० नयाँगाउँका २७ वर्षीय हरेन्द्र धामी र वेदकोट–७ सुडाका २१ वर्षीय नवीन डगौरा पक्राउ परेका हुन् । उनीहरुलाई बिहीवार साँझ भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट १०२ पिस(सिसी) फेनारगन लागुऔषधसहित इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Read More

कैलाली: कैलालीमा विस्फोटक पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा विस्फोटक पदार्थसहित लखिमपुर खिरी चन्दन चौकीका ४२ वर्षीय शिव गुप्ता पक्राउ परेका हुन् । उनलाई २९ किलो ५०० ग्राम विस्फोटक पदार्थसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

Read More

काठमाडौँ: नेपालमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिए । उनले डेङ्गु बढ्ने मौसम सुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताए । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको उनको भनाइ थियो । उनका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेङ्गुका कारणले बिरामी परेका छन् । यो वर्ष अहिलेसम्म सङ्क्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ । महाशाखाका अनुसार काठमाडौँ ४६, ललितपुरमा १२ र भक्तपुर ३५…

Read More

धनगढी: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको उचाईमा फल्ने प्रसिद्ध मौसमी फल काफल चाखेका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले मोदीलाई काफल चखाएका हुन्। काफल खाएपछि मोदी त्यसको फ्यान बनेका छन्। उनले त्यसबारे पत्र लेखेर आफ्नो भावपूर्ण भावना व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले मुख्यमन्त्री पुष्करसिंह धामीलाई पत्र लेखेर धन्यवादसमेत व्यक्त गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री धामीलाई सम्बोधन गरेको पत्रमा लेखिएको छ, ‘देवभूमि उत्तराखण्डबाट पठाइएका रसिला र दिव्य मौसमी फलफूल ‘काफल प्राप्त भयो। हाम्रो प्रकृतिले हामीलाई एक भन्दा बढी वरदान दिएको छ र उत्तराखण्डमा भने कन्द, जरा र फलफूल र औषधीय गुणहरू प्रशस्त मात्रामा पाइन्छ।’ पत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीले यो फल उत्तराखण्डको…

Read More

कैलाली: आज देशका ९ वटा नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा रहेका सेती, महाकाली र कर्णाली लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान् छ। महाशाखाका अनुसार तमोर, त्रिवेणी, तामाकोशी, सुनकोशी, ‍त्रिशुली, भेरी र कन्काइ नदीमा पानीको बहाब उल्लेख्य बढ्नेछ। अन्य नदीहरूमा पनि जलसतह सामान्य बढ्ने बताइएको छ। महाशाखाले इलाम, झापा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक र आसपास भएर बहने केही स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ। ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, सल्यान, रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ…

Read More

बझाङ: बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका ८ रजाडाकी १७ वर्षीया हिउँकला बोहरा रहेका छन्। उनको आज(शुक्रबार) बिहान केदारस्युँ ९ को कुलिवान भन्ने ठाउँमा भिरबाट लडेर मृत्यु भएको स्थानीय रामबहादुर बोहराले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

काठमाडौं: बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात फरार छन्। ललिता निवास प्रकरणमा पूर्वसचिवहरुसमेत गरी ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति (पुर्जी) लिइएको छ। तीमध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा लागुऔषध (ब्राउन सुगर) सहित तिन जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप—महानगरपालिका ८ धनगढीगाउँबाट राम विलास राना, धनगढी उपमहानगरपालिका ३ सब्जिमण्डीबाट ज्ञानु धामी र मनोज केसी लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका ८ बस्ने ३४ वर्षीय राम विलास रानालाई ६०० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित बुधवार साँझतिर जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। त्यसैगरि, धनगढी उपमहानगरपालिका २ बस्ने २० वर्षीय ज्ञानु धामी र २० वर्षीय मनोज केसीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ…

Read More

बाजुरा: बाजुराको बुढिगंगा नगरपालिका ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलीप केसी पक्राउ परेका छन्। कर्मचारीमाथि हातपात र गालीगलौज गरेको भन्दै प्रहरीले उनलाई प्रक्राउ गरेको हो। बिहिवार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात तथा गालीगलौज गरेको भन्दै दिलीपलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कविन्द्र बोहोराले बताए। एकपटक दुवै पक्षबिच छलफल गर्ने उनले बताए। योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानी दिनुपर्ने भन्दै उनले कर्मचारीमाथि हातपात र गालीगलौज गरेको नगरपालिकाले जनाएको छ।

Read More