अछाम: ‘रेन्बो फेमिली’ ले अछामको रामारोशनमा गर्ने भनिएको भेलामा आएर सीमामा रोकिएका विदेशीलाई नरोक्न गृह मन्त्रालयले आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारीलाई गृहले भिसा भएकालाई नरोकी यातायातमा सहजीकरण गर्न भनेको बताइएको छ। “हामीलाई यातायातमा सहजीकरण गरिदिनू, भिसा भएकालाई आगमनका लागि नरोक्नू भनेर निर्देशन आयो,” प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने। रामारोशनमा कार्यक्रमका लागि संस्कृति तथा पर्यटन मन्त्रालयबाट छुट्टै आदेश आउने बताइएको छ। कार्यक्रम गर्न दिने आदेश आएपछि विस्तृत रूपमा कार्ययोजना बनाएर त्यसै अनुसारको सुरक्षा प्रबन्ध हुने प्रजिअ पोखरेलको भनाइ छ। आएका विदेशीले नेपालको कानुनविपपरीतका काम गरेमा भने कारबाही हुने बताइएको छ। गृह मन्त्रालयले पर्यटकलाई नरोकी आवतजावतमा सहजता गर्नू भनेसँगै अछामका…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन् । संविधानअनुसार शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिकालाई अस्वीकार गर्दै उनीहरूले सो विषय संसद्बाट संशोधन हुनुपर्ने प्रमुख माग राखेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ । यस व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र…
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले गए राती २ बजे बाग्मती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ। काठमाडौको दक्षिणकाली नगरपालिका – ८ कटुवालदह स्थित बाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो। पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए। सो बारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङ्गको कमाण्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस केसीको कमाण्डमा गएको १५…
डडेल्धुराः डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओड रहेका छन् भने १८ वर्षीय किशोर फरार रहेका छन्। कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ। त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेकोे उनीहरुमाथि उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ…
धनगढीः सरकारी विद्यालय बन्द गराएर सुदूरपश्चिमका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु आन्दोलनमा उत्रिएका छन् । प्रदेशभित्र रहेका चार हजार ३०१ शिक्षक शिक्षिकाहरु पनि बुधबार आन्दोलनकै लागि काठमाडौं पुगेका हुन्। विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणासहित राजधानी पुगेका शिक्षक–शिक्षिकाहरूका कारण प्रदेशभरका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। आन्दोलनका लागि शिक्षकहरू काठमाडौ पुगेपछि सुदूरपश्चिमका ९ लाख २० हजार ९३७ विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ।
बैतडी : बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिकबाट एक नाले भरुवा बन्दुक र ७१० ग्राम बारुदसहित सोहि गाँउपालिका–१ रिमका ४५ वर्षीय बिष्णुसिंह साउँदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरेको उनले बताए । पक्राउ परेका साउँदमाथि हातहतियार तथा खरखाजना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थिति रहेको थियो । त्यसैगरी, मन्त्रीहरू, विदेशी राजदूतहरूलगायतको पनि सहभागिता थियो । त्यस्तै, कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि उपस्थिति थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन् भने काठमाडौँ महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ पनि अनुपस्थित थिए । राष्ट्रपति कार्यालयका अनुसार उनीहरू सबैलाई आमन्त्रण भने गरिएको थियो ।
काठमाडौं: काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा भोलि बिदा दिइएको छ। पालिकाले आज निर्णयअनुसार भोलि बिदा दिइएको हो। पालिकाले एक सूचना निकाल्दै भोलि बिदा दिइएको जनाएको छ। आज संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको र विगत तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएकाले बिदा दिइएको जनाइएको छ। भोलि नगरपालिका र नगरभित्रका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरु बन्द हुनेछन्।
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले ढुङ्गा, गिट्टी, वालुवा, ग्राभेल, माटोजस्ता नदीजन्य पदार्थको उत्खनन्मा प्रतिबन्ध लगाएको हो । महाकाली नदीको ‘इन्भारोमेण्टल इम्प्याक्ट एसेसमेण्ट, ईआइए’ को अध्ययन सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरिरहेको र अन्य नदी तथा खोलाहरुको हकमा ‘आईईई रिभ्यु’ भइरहेकाले त्यस्ता कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म उत्खनन्, संकलन र बिक्री वितरण गर्न नपाइने स्पष्ट पारेको छ । ‘भीमदत्त नगरपालिका क्षेत्रअन्तर्गतका नदी तथा खोलाहरुमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, वालुवा, ग्राभेल, माटो) उत्खनन, संकलन र बिक्री वितरण गर्ने…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम फेर्ने निर्णय गरेको छ। विभिन्न वामपन्थी दलसँग पार्टी एकता गर्न पहल गरिरहेको माओवादी केन्द्रले पार्टीको नाम फेर्न लागेको हो। माओवादी केन्द्रले लामो समयदेखि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपालगायतसँग एकताका लागि पहल र छलफल गर्दै आएको छ। पार्टीको नाम फेर्नेबारे आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने माओवादी केन्द्रको भनाइ छ। माओवादी नाम राख्दा अन्य वामपन्थी दलले प्रचण्ड नेतृत्वको दलसँग एकता नगर्ने भएकाले नाम फेर्ने उक्त पार्टी तयार भएको हो। तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)…