Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको गोदावरी नगरपालीकाले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको छ। नगरपालिकाले बुधवारदेखि निःशुल्क यान सञ्चालनमा ल्याएको हो। नगरपालिकाका अनुसार बुधवारदेखि सञ्चालनमा आएको यानले शव बोक्ने काम गर्ने छ। यानभित्र पार्थिव शरीर र किरियापुत्री बस्न मिल्ने छुट्टाछुट्टै ठाउँ बनाइएको छ। यानको अगाडिको भागमा फूलमालासहित मृतकको तस्विर राख्न मिल्छ। गत आर्थिक वर्षको ३१ लाख बजेटमा नगरपालिकाले महाप्रस्थान यान खरिद गरेको हो।

Read More

काठमाडौं : अधिवक्ता भगवती पाण्डे (शीतल) पक्राउ परेकी छिन् । हाडनाता विवाहबारे उनको अभिव्यक्ति विवाद परेपछि आज पक्राउ परेकी हुन् । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्तिका कारण निकै विरोध खेपिरहेकी उनलाई पक्राउ गरेर बयान अघि बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ्ग र मगर समुदायका विभिन्न संघसंस्थाले दिएको उजुरीको आधारमा परिसरले उनलाई पक्राउ गरेको हो । पाण्डेविरुद्ध गत साउन १२ गते पक्राउ पूर्जी जारी भएको थियो । उनलाई जातीय भेदभावसहित दुईवटा कसूरमा कारबाही गर्न माग गरिएको छ । एक टेलिभिजन अन्तरवार्तामा उनले तामाङ्ग समुदायमा हाडनाताभित्र विवाह हुने गरेको र त्यस्ता आमाबाबुबाट जन्मने…

Read More

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मङ्गलवार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।

Read More

कैलालीः कैलालीमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका–२ तिलके तालबाट भन्सार छली ल्याएका अन्दाजी ५१ हजार ६०० मुल्य बराबरको कुर्ति बुधबार बिहान प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेकोे हो। सामान नियन्त्रणमा लिई कारबाहीकालागि भन्सार कार्यालय त्रिनगरमा बुझाएको प्रहरीले जनाएको छ।

Read More

दार्चुला : नेपाली सेनामा जागीर लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दार्चुलाको महाकाली नगरपालिका–३ बाट ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट झण्डै १५ लाख ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुम सिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भुललाई पक्राउ गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पाण्डेयले जानकारी दिए । उनीहरूले…

Read More

काठमाडौँ : चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गरेका छन् । क्षेत्र नम्बर २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनदेखि स्वास्थ्य बीमा, महिलाहरूका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्ध-वृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने लगायतका घोषणा गरेका छन् । निर्वाचित भएको १०० दिनसम्मको तयारी पछि उनले घोषणा गरेका कार्यक्रम, कार्यालय सञ्चालन, कार्यकारी अधिकृत जस्ता विषयले निर्वाचित क्षेत्रमा सांसदको खर्च बढाउने गरी सार्वजनिक भएका छन् । ३२ सिटे निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी…

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार विस्तार गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका छन्। शाहले आज (बुधबार) २ मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्दै सरकारलाई पूर्णता दिएका हुन्। शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएको सचिवालयले जनाएको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको छ। नवनियुक्त मन्त्रीहरुको अहिले ६ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको छ। आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा(ख) बाट निर्वाचित भएका थिए…

Read More

धनगढीः सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिभित्र विवाद भएको छ। नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो। पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन्। ‘यार गद्दार निकला। राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौँ,’ चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। चौधरीले फेसबुुकमा व्यक्त गरिएको विचार पार्टीले प्रदेशसभा सदस्यलाई सरकारमा मन्त्रीका रुपमा पठाउने निर्णयप्रती नै लक्षित भएको बताए। उनले पार्टीमा विधि र पद्धती भन्दा पनि व्यक्तिगत निर्णय हाबी भएको उनको भनाई छ। ‘संगठन एजेन्डाले बन्छ,…

Read More

धनगढीः कैलालीमा एक महिलाको मृत्यु भएको छ। भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा माइतीघरबाट घर पुग्नेवित्तिकै २४ वर्षीया संजीता चौधरीको मृत्यु भएको हो। उनी धनगढी उपमहानगरपालिका–१७ धुर्जुना (माइती) बाट घर फर्किएकी थिइन्। प्रहरीका अनुसार मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्। दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोही दिन मृत अवस्थामा फेला परेकी हुन्। संजीताका श्रीमान सुवेत यादब सोही दिन भारत जान्छु भन्दै घरबाट निस्केका थिए। तर, संजीताले घर पुग्ने वित्तिकै झुण्डिएर देहत्याग गरेको सुनेपछि तिकुनिया पुगेका यादब घर फर्केका थिए। यता, संजीताका आफन्तले भने आत्महत्या नभई हत्या भएको…

Read More

धनगढी: धनगढीको बसपार्क क्षेत्रमा असुली धन्दा मौलाएको पाइएको छ। शान्ति सुरक्षाका लागि खटिएको प्रहरीबाटै यस्तो अस्वभाविक काम भैरहेको पाइएको हो। स्रोतका अनुसार बसपार्कका होटेल, दोहोरी साझ तथा रेस्टुरेन्ट र पहाड जाने बसहरुबाट रकम असुली भैरहेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कमा कार्यरत हालै सरुवा भएका प्रहरी सहायक हवल्दार शंकर बोगटी र प्रहरी जवान पदम साउँद असुली गर्ने गरेको स्रोतको दाबी छ। उनीहरुले बसपार्कका होटलहरुबाट मासिक १ हजारदेखि ५ हजारका दरले र पहाडी जिल्ला बाजुरा बझाङ र अछाम जाने गाडीहरुबाट सामान हालेबाफत इन्ट्री गरेको भन्दै सय रुपैयाँका दरले रकम असुल्ने गरेको व्यवसायीहरुको गुनासो छ। यस्तो गतिविधि गर्ने सहायक हवल्दार बोगटी केही दिनअघि…

Read More