Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । कोसी ब्यारेजको १० नम्बर पुलबाट मे १ ख ३००७ नम्बरको ट्रक खसेको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए। उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक नदीमा खसेको हो । ट्रकभित्र रहेका तीन जनालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूको अवस्था सामान्य छ । ट्रकलाई भने नदीले बगाएको छ ।

Read More

दार्चुला: दार्चुलामा एक चिया पसलमाथि ढुङ्गा खस्दा दार्चुला उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत अमर महरा घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका–४ रिङने ताल नजिकको मानसिंह बडालको चिया पसलमा बसिरहेको बेला माथिबाट ढुङ्गा खस्दा महरा घाइते भएका हुन् । जिल्लाको दुहुँ गाउँपालिका–५ घर भएका उनलाई जिल्ला अस्पताल दार्चुलामा प्रारम्भिक उपचारपछि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महराको टाउकोमा चोट लागेको छ भने बडालको चिया पसलमा पनि क्षति भएको छ ।

Read More

धनगढी: बेला बेला विवादमा परिरहने राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य तोसिमा कार्कीका पीए दाबी गर्ने (बैतडी स्थायी घर भएका) श्रीकान्त रानाले बैतडीको डिलासैनी गाउँपालिकामा पनि नियुक्ति लिएको खुलेको छ। करिब ४/५ महिना अघि रानाले डिलासैनीमा राजनैतिक नियुक्ति लिएको खुलेको हो। सद्भावना दुत एवं स्वयंसेवकका रुपमा रानाले नियुक्ति लिएर भत्ता पचाइरहेको बताइएको छ। अहिले सो विषयलाई लिएर व्यापक आलोचना पनि भैरहेको छ। दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणी सुरु भएका छन्। जनप्रतिनिधि लागयतको ‘चाकडी’ गरेर उनले सो नियुक्ति लिएको आरोपसमेत लागेको छ। यता गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने यस विषयलाई स्वभाविक लिनुपर्ने जनाएका छन्। उनले समाजमा…

Read More

बैतडी: बैतडीका सुर्नया गाउँपलिका- ५ का  वडा सदस्य करन सिह बिष्टले स्थानीयहरुमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। महिला समुहद्वारा निर्माण गरिएको सिंचाईको योजना विषयमा विवाद हुँदा वडा सदस्य बिष्ट कुटपिटमआ उत्रिएको बताइएको छ।  वडा सदस्य बिष्टले महिलाहरुलाई गालिगलौज समेत गरेको पाइएको छ। महिला समुहले काम गरेको भएपनि  योजनाको पैसा वडा सदस्य बिष्टले नै मागेको खुलेको छ। महिला समुहका सचिवबाट उनले पैसा लगेको तर उक्त पैसाको हिसाब नबुझाएको पाइएको आरोप छ।

Read More

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ अन्र्तगत पर्ने घटाल–चिम्रिकोट सडकमा निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको छ। सुदुरपश्चिमको प्रसिद्ध धार्मीक शक्तिपीठ घटाल थानलाई जोड्ने उक्त सडकको अहिले नै त्यस्तो दुर्दशा भएपछि व्यापक बिरोध हुन थालेको छ। कमसल सामग्री प्रयोग गरिएकोले काम सम्पन्न नहुँदै कालोपत्रे उप्किएको स्थानीयको आरोप छ। सडको एक स्थान भाँसिएको समेत छ। उक्त भाँसिएको चिरा माटो हालेर पुर्ने प्रयास गरिएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–२ अन्र्तगत घटाल–चिम्रिकोट सडकखण्डको १३ सय ४५ मिटर कालोपत्रेको काम धुलिखेल एलवी एण्ड एवी शिवलिङ्ग जेभीले गर्दै आएको छ। नगरपालिकाले निकालेको बोलपत्र अनुसार ४ करोड ६५ लाख २४ लाख दुई सय १८ रूपैयाँमा निर्माण कम्पनीले २०७८ माघ २५…

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक जना होटेल सञ्चालकमाथि कुटपिट भएको छ। बेलौरीको बजारमा रहेको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेश कुमार वडायकमाथि धारिलो बस्तुले प्रहार भएको बताइएको छ। वडायकको निधारमा गहिरो चोट लागेको छ। तर, कसले किन कुटपिट गरेको भन्ने त पुष्टि भएको छैन। उनले भने अस्पतालको शय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा भिडियो हाल्दै आरआइटी र सिआइबीको टिमले कुटपिट गरेको बताएका छन्। भिडियोमा उनले बबिन भट्ट भन्ने व्यक्तिले पिटेको आरोप लगाएका छन्। उनले रातिको समयमा अचानक केही अराजक तत्त्व ‘डिआइजीको मान्छे’ भन्नेले आफूमाथि हमला गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे जानकारी आएको र अनुसन्धान सुरु भइसकेको बताएको छ।

Read More

बैतडी: बैतडीमा हजुरबुवाको कुटाइबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउदको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका- ६ मुडेलीधारमा ५० वर्षका गणेश साउदले उनलाई कुटेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको पारिवारिक स्रोतले बताएको छ। अर्का नाति ८ वर्षीय रिजन साउदलाई भने धनगढी रेफर गरिएको छ। अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको आईसियूमा राखेर उपचार भइरहेको छ। मृतक रेशम क्यान्सरबाट पीडित थिए। विभिन्न अभियान चलाएर उनको उपचार गरिएको थियो। हजुरबुवाको कुटाइबाट घाइते दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको थियो। बिहीवार हेरचाहा गर्न हजुरबुवाको जिम्मा लगाएर बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला उक्त घटना…

Read More

बेदकोट: कञ्चनपुरका थारु समुदायको परम्परागत पहिचान बोकेका घरहरु लोप हुन थालेका छन्। थारुबस्तीमा काठले बनाएका परम्परागत घरहरु अचेल बन्न छाडिसकेका छन्। “आजकल इँटा, ढुङ्गाका घर बन्न थालेका छन्”, बेदकोट नगरपालिका–५ का स्थानीय राजेश रानाले भने, “काठबाट बन्ने घर बन्न छाडिसकेका छन्।” काठले निर्माण गरिएका थारु बस्तीका अधिकाशं घर माटोले लिपपोत गरिएका हुन्छन्। घर छेउमै गाईभैंसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन्। तर अहिले भने डगौरा, चौधरी थारू र रानाथारू समुदायको बस्ती यस्ता घर देखिन छाडेका छन्। धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडी गाउँपालिका–३ का मदन रानाको भनाइ छ। “घरसँगै गाई भैँसीको…

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ। गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो। अबिरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ। जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ। पुलका सामान हटाएर सुरक्षित स्थानमा राख्न थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। पुलको सामान चोरी हुनसक्ने भएकाले सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाइ छ। “पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्च नगरपालिकाले व्यहोर्ने आश्वासन दिएको छ”, वडाध्यक्ष रानाले भने।  निर्माण भएको एक वर्ष नपुग्दै बाढीका कारण गत वर्ष पुल चुँडिएर नदीमा…

Read More

बैतडी: बैतडीका एक ‘रिसकाटा’ हजुरबुवाले आफ्नै २ नातिलाई ‘मरणासन्न’ हुनेगरि कुटेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका- ६ मुडेलीधारमा ५० वर्षका गणेश साउदले नातिहरु २ वर्षीय रेशम साउद र ८ वर्षीय रिजन साउदलाई कुटेर घाइते पारेका हुन्। हजुरबुवको कुटपिटबाट उनीहरुको अवस्था चिन्ताजनक बनेको छ। घाइते दुवै बालकहरुको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले बताए। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। बिहीवार हेरचाहा गर्न हजुरबुवाको जिम्मा लगाएर बालकका आमा र हजुरआमा घाँस काट्न गएको बेला उक्त घटना भएको प्रहरीले जनाएको छ। कुटपिट गर्नुको कारण भने खुलेको छैन। घाइते रोसन र रिजनका बुबा दिपक साउद त्यो बेला…

Read More