धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बुधवार प्रदेशभर शोक बिदा दिएको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधवार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको बताए ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः प्रहरीले कैलालीको अत्तरियाबाट थप दुई जना आन्दोलनकारी पक्राउ गरेको छ । मालाखेती प्रहरीले आज साँझ आन्दोलन गरिरहेका भीम बोहरा र गौतम रोकायालाई पक्राउ गरेको हो । आज दिउँसो प्रदेश ३०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोडको आरोपमा दीपक बोहरा र भेष बोहरा पक्राउ परेपछि उनीहरुको रिहाइको माग गर्दै आन्दोलन गरिरहेका बोहरा र रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन तथा कानुन निर्माणको माग गर्दै आएका आन्दोलनकारीले मंगलवार सरकारी सवारी सञ्चालनमा रोक लगाएका थिए । विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले कैलालीको गोदावरी३ चौकिडाडाँमा जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका थिए । गेटामा…
धनगढी: धनगढीका ४२८ घरधनीलाई सम्मान गर्ने धनगढी उपमहानगरपालिकाको कार्यक्रम स्थगित गरिएको छ । उपमहानगरले आज सूचना जारी गर्दै भोलि गरिने भनिएको सम्मान कार्यक्रम स्थगित गरिएको जनाएको हो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परी आज निधन भएकाले बुधवार गरिने भनिएको सम्मान कार्यक्रम स्थगित गरिएको उपमहानगरले सूचनामार्फत जनाएको छ । उपमहानगरले धनगढी-१ कैलाली पुलदेखि धनगढी-८ हुलाकी सडक जिरो प्वाइन्टसम्मको सडक निर्माण कार्यको शिलान्याश एवं उक्त क्षेत्राधिकार भित्रका भौतिक संरचना स्वस्फूर्त रुपमा हटाई सडक विस्तारमा सहयोग पुर्याएका घरधनीहरुको सम्मान कार्यक्रम हाललाई स्थगित गरिएको सूचनामा उल्लेख छ । उपमहानगरले आफ्नो भौतिक संरचना आफै भत्काएर ‘हाम्रो धनगढी हामी…
धनगढी: सुदूरपश्चिमका मजदुर आन्दोलित भएका छन् । भारतबाट अवैध कुखुरा भित्र्याउने तस्करले चालकलाई फसाएको भन्दै सुदूरपश्चिमका मजदुर आन्दोलित भएका हुन् । कैलालीको बुढितोलाबाट गत जेठ २१ गते सु.प.प्र ०२०१ च ८६८ नम्बरको गाडीमा कुखुरा लगेर बझाङ गइरहेका चालक देवेन्द्र रोका क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । मजदुर संघगठनहरुले कुखुराका व्यापारीलाई छुट दिई चालकलाई फसाइएको बताएका छन् । गाडीधनी बैतडीको सुर्नया गाउँपालिका६ का सुवास चन्दले गाडी चालकलाई फसाएको उनीहरुको गुनासो छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जिपमा भएका कुखुरा अवैध हुन् भन्ने चालकलाई थाहा नभएको बताए । गाडीधनी चन्द पक्राउ पनि नपरेका तर चालक देवेन्द्रलाई…
एजेन्सी: भारतको इन्डिगो एअरलाइन्सले फ्रान्सको जहाज निर्माता कम्पनी एअरबससँग पाँच सय वटा विमान खरिद गर्न सम्झौता गरेको छ । पेरिसमा चलिरहेको एअर शोका क्रममा इन्डिगोले यो कीर्तिमानी सम्झौताको घोषणा गरेको हो । एकैपटक पाँच सय वटा जहाज खरिदको सम्झौता हवाई उड्डयनको इतिहासमा अहिलेसम्मकै ठूलो सम्झौता भएको बीबीसी हिन्दीले जनाएको छ । पाँच सय वटा जहाज किन्नको लागि इन्डिगोले ५५ अर्ब अमेरिकी डलर अर्थात् ४५ खर्ब १५ अर्ब भन्दा धेरै भारतीय रुपैयाँ लगानी गर्नेछ । यी जहाजहरु सन् २०३० देखि २०३५ को बीचमा डेलिभरी हुनेछन् । एअरबसका मालिक गैलम फोरीले यो सम्झौतालाई एक कोसेढुङ्गाको रूपमा वर्णन गर्दै यति ठूलो सम्झौता अहिलेसम्म…
बैतडी: बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । मंगलवार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए । २०७२ सालमा बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको भएपछि त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।
धनगढीः पत्नी अमृतासहित धनगढीबाट गृह जिल्ला बझाङ हिँडेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवारी दुर्घटनामा परी अस्ताए । बुधवार (भोलि) बझाङको ढंगार मष्टा मन्दिर दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने तयारीमा रहेका उनले मन्दिर दर्शन गर्नै पाएनन् । मन्त्रालयका नायब सुब्बा स्तरका एकजना कर्मचारी, निजी सचिवालयका कर्मचारी र परिवारका सदस्यसहित हिँडेका मन्त्री सिंह बाटोमै अस्ताए । मन्त्री पदमा बहाली भएपछि पहिलो पटक निर्वाचन क्षेत्र जाँदै गरेका सिंह सवार सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी दिउँसो १ बजेर ४३ मिनेटमा केदास्युँ गाउँपालिका–१ को धारछडा भन्ने स्थानमा दुर्घटनामा पर्यो । दुर्घटनामा गम्भीर घाइते भएका सिंहलाई नेपाली सेनाको हेलीकोप्टरमार्फत नेपालगञ्ज लगियो…
धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ असार १५ गते आयोजना हुने भएको छ। यसअघि असार ८ गते हुने भनिएको अवार्ड कार्यक्रम एक साता पछाडि सरेर असार १५ गते हुने भएको हो। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्राविधिक तयारीको काम केही बाँकी रहेकोले असार १५ गते धनगढीको ओम प्यालेसमा कार्यक्रम आयोजना हुने जनाएको छ। चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन…
धनगढी: दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ । दुर्घटनापछि बझाङस्थित रितु पोलिक्लिनिकमा लगिएका उनको टाउकोमा गम्भीर चोट देखिएको उपचारमा संलग्न चिकित्सकले बताए । पोलिक्लिकका डाक्टर रञ्जित चौरासियाका अनुसार उनको नाकबाट पनि अत्यधिक रक्तश्राव भएको छ । उनमा अक्सिजनको मात्रा, नाडीको चाल कम रहेको र मुटुको चाल अधिक रहेको बताइएको छ । थप उपचारको लागि नेपालगन्ज लगिएका उनको उपचार सुरु भएको बताइएको छ । उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँगै हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ । मन्त्री सिंह…
धनगढी : कैलालीमा सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सरकारी नम्बरका गाडी तोडफोड भएको हो । मालाखेती प्रहरीका अनुसार प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरिएको आरोपमा दिपक बोहरा र भेष बोहरा पक्राउ परेका छन् । उनीहरूलाई सरकारी गाडी तोडफोड गरेको आरोपमा मालाखेतीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाकेको गाडी तोडफोड गरेका हुन् ।