Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: कैलालीका एक दम्पतीसहित बल्छी ध्रुवेलगायतका कलाकारविरुद्ध अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमवार कैलाली घर भई काठमाडौँ बस्ने २८ वर्षीय दिनेश खड्का, उनकी पत्नी अनिता धिताल, मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो । अभियोगपपत्रमा बल्छी ध्रुवे, राजु मास्टरसहित दिनेश खड्का, अनिता धिताल, बेगम नेपाली, एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएकोे छ । अभियोगपत्रमा उनीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत…

Read More

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिकाका अधिकांश सडक अवरुद्ध हुँदा पनि पालिका अध्यक्ष हेमराज चटौतले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ । पालिकाको केन्द्र बगरकोटदेखी गाउँ गाउँ जोड्ने विभिन्न सडक अवरुद्ध हुँदा पनि अध्यक्षले बाटो खुल्छ भन्दै ठग्ने काम मात्र गरेको स्थानीयले गुनासो गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ४ मेल्टाका स्थानीय लालसिंह भाटले बगरकोटदेखी रुपाल जोड्ने माथिल्लो सडक ठाउँ ठाउँमा अवरुद्ध रहेको बताए । यस्तै मेल्टा भएर बोगटा जोड्ने सडक पनि धेरै ठाउँमा अवरुद्ध रहेको उनले बताए । ठाउँ ठाउँमा सडक भत्किएर आवतजावतमा निकै समस्या भइरहँदा पनि सडक सुचारु गर्न पालिकाबाट कुनै सुरसार नभएको स्थानीयको गुनासो छ । पालिका अध्यक्षलाई पटक…

Read More

काठमाडौँ: पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । चट्याङका कारण लुम्बिनी प्रदेशमा ७६, मधेस प्रदेशमा ६९, बागमती प्रदेशमा ६२, सुदूरपश्चिम प्रदेशमा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा चट्याङका कारण छ करोड आठ लाख ८५ हजार सात सय ६० बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी…

Read More

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाह्रबिसे आसपास केन्द्र भएर आज दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही असार ८ गते लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । रासस

Read More

बैतडी: बैतडीमा दुर्घटनामा परेको बस तीव्र गतिमा रहेको प्रहरीले बताएको छ । बस तीव्र गतिमा रहेको र अनियन्त्रित भएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो । आज दिउँसो करिब १ बजेतिर मेलौली नगरपालिका–७ स्वाखानीमा लु २ ख २०११ नम्बरको बस सडकबाट करीब चार सय मिटर तल खसेको थियो । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको उक्त बसमा ३९ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको उपचारको क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको छ भने अन्य ३८ जना घाइते छन् । जसमध्ये…

Read More

धनगढी: कैलालीस्थित लम्कीमा एक होटलमै यौनधन्दा चलाएको खुलेको छ। लम्कीको बसपार्कमा रहेको संज्याल होटलमा यस्तो धन्दा चलिआएको खुलेको हो। हिजो प्रहरीले छापा हान्दा यस्तो खुलेको र होटलबाट यौनजन्य क्रियाकलापमा संलग्न २ जना बालिकासहित होटल संचालक महेशप्रसाद जैसीलाई आइतबार राति नै पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालयका इन्सपेक्टर शंकर खड्काले ती बालिका टीकापुर क्षेत्रकी रहेको खुलेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरुलाई म्याद थपका लागि आज अदालत पठाइएको छ।

Read More

काठमाडौँ: सशस्त्र प्रहरीले लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका सात जना कर्मचारीको खोजबिन सुरु गरेको छ । सशस्त्र मुख्यालयले आज सार्वजनिक सूचना निकालेर बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो स्पष्टीकरणसहित उपस्थित हुन भनेको छ । ‘आफू गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आउनुहोला, अन्यथा तपाईहरु सशस्त्र प्रहरी नियमावली २०७२ (संशोधित) बमोजिम कारबाही भई जाने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११८ को उपनियम (१) को प्रयोजनार्थ यसै सूचनाद्धारा जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ । सशस्त्र प्रहरी बल नेपाल गण नं.३ मोरङका जवान लक्ष्मण लिम्बु, नेपाल एपिएफ स्कुल सुरक्षा वेश कीर्तिपुरका जवान कपिल खत्री, २१ नम्बर गण…

Read More

बैतडी: बैतडीमा बस दुर्घटनामा घाइते भएका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बताइएको छ । दुर्घटनामा घाइते ३९ जनामध्ये एक जना यात्रुको मृत्यु भइसकेको छ भने अन्य २२ जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । मृत्यु हुनेमा बैतडीकै पञ्चेश्वर गाउँपालिका-६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेहरुको भने पहिचान हुन बाँकी छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा आज दिउँसो दुर्घटना भएको हो । प्रहरीका अनुसार…

Read More

धनगढी: बैतडीमा आज बस दुर्घटना भएको छ। सोमबार दिउँसो जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा अहिलेसम्म एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको हो। यस्तै, दुर्घटनामा ३८ जना घाइते रहेको बैतडी प्रहरीले जानकारी दिएको छ। पञ्चेश्वर, कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी घाइते भएका ३८ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार थालिएको बताइएको छ। बस सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर रुखमा अड्किएको थियो। दुर्घटनाको थप विवरण खुल्न बाँकी…

Read More

बैतडी: बैतडीको मेलौलीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा ३८जना घाइते भएका छन् । घाइते ३८ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पुर्याइएको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका-७ स्वाखानीमा आज दिउँसो १ बजेतिर दुर्घटना भएको हो ।

Read More