Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर: सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या वर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरहेको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सबैभन्दा झुण्डिएर आत्महत्या गर्ने तथ्यांकले बढी देखाएको छ । सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हालसम्म नौ वटै जिल्लामा पाँच सय सात जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्यांक छ । आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । चालु…

Read More

धनगढी: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कैलालीले टीकापुरमा एमाले र राष्ट्रिय युवा संघका नेतामाथि खुकुरी प्रहार गर्नेलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पाललाई ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियुले एमाले जिल्ला कमिटि सदस्य प्रकाश खड्का र युवा संघका प्रदेश कमिटि सदस्य बमबहादुर ओलीमाथि खुकुरी प्रहार गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेको हो । घटनापछि प्रहरी प्रशासनसँग न्यायका निमित्त जाँदा उल्टै अन्यायपूर्ण र पूर्वाग्रही व्यवहार गरिएपछि प्रहरीप्रतीको विश्वसनीयतामा आशंका उब्जिएकाले विश्वास गुम्ने वातावरण सिर्जना भएको अनेरास्ववियुले ठहर गरेको छ ।अनेरास्ववियुका जिल्ला संयोजक रोहित बोगटीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा खुकुरी…

Read More

काठमाडौँ: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा संलग्न थप एक जना फेला परेका छन् । विभिन्न व्यक्तिलाई ठगेको जाहेरीपछि फरार रहेका केशव तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले स्वयम्भू नजिकैबाट नियन्त्रणमा लिइएको बताएको छ । ५९ वर्षे तुलाधरलाई स्वयम्भू नजिकैको सानो भर्याङबाट प्रहरीले पक्रेको हो । काठमाडौं असनका केशव नयाँबजार खुशिबुमा बस्दै आएका थिए । उनलाई ठगी तथा संगठित अपराधसमेतको कसूरमा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकू लगिएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित वैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरासहित चार जनालाई भ्रष्टाचार मुद्दा लागेको छ। विद्यालयभित्र रहेको जमिन गैरकानूनी रुपमा उत्खनन् गरी ईंटा उद्योगलाई बेचेको अभियोगमा भ्रष्टाचार मुद्दा लागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा बोहोरा, व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, उद्योगका मेनेजर राजेन्द्रबहादुर भाट र प्रोपराईटरविरुद्ध मुद्दा दायर गरेको छ। उनीहरुले आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा विद्यालय हाताभित्रको माटो खन्दै जमिन सम्याएर पोखरी निर्माण गर्दा सरकारी रकम हिनामिना गरेको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ। तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ७ बमोजिमको अनुसूची–६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन,…

Read More

धनगढी: धनगढीमा प्रहरीले भन्सार छलीका सामान फेला पारेको छ । धनगढी उपमहानगरपालिका-२ बाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा भन्सार छलीका सामान फेला पारेको हो । घाट इलाकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलालीबाट खटिएको गस्ति टोलीले अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएका सुर्तीजन्य पदार्थ र लेडिज सुट पिस बेवारिसे अवस्थामा फेला पारेको हो । ५३ हहजार ८५० मूल्य बराबरका ती सामान कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको बताइएको छ ।

Read More

धनगढी: कैलालीको टीकापुर नजिकैको नाकाबाट भारतमा चोरी गरेर आइरहेका नेपालीहरु प्रहरीको फन्दामा परेका छन्। बिहीबार भारतबाट नगद रकम र ठूलो मात्रामा सुन चोरी गरेर नेपालतर्फ (घर) फर्किने बेलामा तीन जना नेपाली पक्राउ परेका हुन्। भारतीय प्रहरीले उनीहरुलाई ३ करोड भारतीय रुपैयाँ र १५ किलो जति सुनसहित नाकाबाटै समातेको हो। भारतीय प्रहरी स्रोतका अनुसार उनीहरुलाई तिकुनियाँबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा टीकापुर नगरपालिका-८ का शंकर साउँद, उनकी पत्नी र बर्दियाका एक अर्का युवक रहेको खुलेको छ। उनीहरु तीनैजना तिकुनियाँको बसपार्कबाट पक्राउ परेका थिए। भारतमा मजदुरी गर्दै आएका उनीहरुले त्यहाँ लुट मच्चाएर नेपाल भाग्न लागेको बताइएको छ। यता, कैलालीको…

Read More

कैलाली: कैलालीमा अखेटोपहार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका-५ सडकपुरका ४२ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन् । उनलाई आज आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय हसुलियाले पक्राउ गरेको हो । प्रहरीका अनुसार चौधरीलाई जिल्ला अदालत कैलालीले अखेटोपहार मुद्दामा २०७३ जेठ ०३ गते १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । हालसम्म फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको इप्रका हसुलियाले जनाएको छ ।

Read More

हुम्ला: हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास केन्द्रबिन्दु भएर ३ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ । रासस

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेका बताइएको छ । कर्मचारीको नाम तथा पद भने उपमहानगरले गोप्य राखेको छ । सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी निलम्बनमा परेका बताइएको छ । उनीहरु एक महिनाका लागि निलम्बनमा परेका हुन् । फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएको हो ।

Read More

धनगढी: नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले प्रदेश सरकारले ल्याएको बजेटप्रती तीव्र असन्तुष्टि जनाएका छन् । बमले आफ्नो निर्वाचन क्षेत्रका लागि सिफारिस गरेका एउटा पनि योजना नपरेको तर १७ योजना कसरी र कहाँबाट हालियो भन्दै प्रश्न समेत गरेका छन् । बमसरकारले आफ्नो निर्वाचन क्षेत्रमा चिडियाखाना बनाउन बजेट विनियोजन गरेकोलाई भने व्यांग्यात्मक रुपले प्रस्तुत भए ।उनले उक्त चिडियाखानामा आफूलाई राख्न माग पनि गरे । ‘चिडियाखाना आवश्यक छ । चिडियाखानामा अनौठो जनावर राखिन्छ । दुरदराजबाट मानिस हेर्न आउँछन्, म जस्तो सांसदलाई पनि चिडियाखानाभित्र राख्नुपर्छ,’ बमले भने, ‘जो सांसदमा निर्वाचित भएर पनि एउटा योजना हाल्न सक्दैन। वडा, नगरपालिका र गाउँपालिकामा प्रवेश निषेध गरिएको…

Read More