Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीको फुलबारी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बस्नेतले ज्यानको धम्की दिएको आरोप लागेको छ। अध्यक्ष बस्नेत र निर्माण व्यवसायी दुर्गाप्रसाद अधिकारीले क्याम्पस व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद पाण्डेलाई धम्की दिएको आरोप लागेको हो। पाण्डेले क्याम्पसको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आशंकामा असहमती जनाउदै विरोध गर्दा उल्टै ज्यान सम्बन्धी धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुुरक्षाको माग गर्दै निवेदन दिएका छन्। पाण्डेले उनीहरुले आफु र आफ्नो परिवारका सदस्यलाई सिध्याइदिने धम्की दिएकोले कारवाहीको माग गरेका छन्। ‘अध्यक्ष बस्नेतले मलाई असार २७ गते फोन गरेर क्याम्पसको विषयमा धेरै चासो दिइस् र असहमतीको निर्णय फिर्ता लिइनस् भने तिम्रो बालबच्चा र तिमीलाई एक हप्ताभित्र…

Read More

डोटी : शिवशिखर सहकारी संस्थाले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा ८१८ जनाले जाहेरी दिएका छन् । असारसम्म जाहेरी दिनेहरुले ६ करोड ४० लाख ६२ हजार ९९० रुपैयाँ ठगिएको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार हालसम्म सो रकम दाबीसहितको उजुरी आएका छन् । ‘हामीले डोटीमा नौ करोड जति हुनसक्छ भन्ने अनुमान गरेका छौं’, भण्डारीले भने, ‘करिब साढे ६ करोडको दाबी आइसक्यो । बाँकी कति आउँछ भन्न सकिन्न ।’ अन्य जिल्लामा शिव शिखर सहकारी संस्थाले ठगेको उजुरी आउन थालेपछि डोटीमा पनि सो संस्थाको शाखा भएकाले उजुरी आह्वान गरिएको प्रहरी नायब…

Read More

कञ्चनपुर : कञ्चनपुरस्थित महाकाली नदीमा एक किशोर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका ११ भुजेका स्थानीय १७ वर्षीय किशोर नदीमा बेपत्ता भएका हुन्। सोमबार साँझ साढे ५ बजेतिर पौडीसँगै माछा मार्न नदीमा पसेका युवक क्रिस सुनार बेपत्ता भएको प्रहरीले जनाएको छ। माछा मारेर घर फर्किने क्रममा जालसँगै अड्किएर सुनार बेपत्ता भएको स्थानीय अम्बादत्त जोशीले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बेपत्ता भएका किशोरको खोजी कार्य भइरहेको बताए। बाढी आउने समयमा ठस्ला नदी तथा खोलामा नुहाउने, तर्ने जोखिम नलिन नागरिक समाजले आग्रह गरेको छ।

Read More

काठमाडौँ : नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका-१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो । तीनवटै विद्यालयमा माध्यमिक तहका १८/१८ छात्र/छात्रा छनोट गरी तालिम दिन थालिएको छ । नेपाली सेनाले मुलुकभर चालु आर्थिक वर्षमा सात हजार सात सय विद्यार्थीलाई एकसाथ उक्त तालिम प्रदान गर्न लागेको सेनाले जनाएको छ । श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न…

Read More

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आजदेखि लागू हुनेगरी जरिवानाबापतको रकम अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । जरिवानाबापत नगद कारोवारलाई हटाउनका लागि साउन १ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना बापतको रकम अनलाइन प्रणालीबाट लिन थालेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले ट्राफिक भ्याइलेन्ट रेकर्ड सिस्टम टिभिआरएस सफ्टवेयर माध्यमबाट ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट भुक्तानी लिन थालेको बताए । ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने सवारीका चालकलाई ट्राफिक जरिवाना वापतको राजश्व सङ्कलन अनलाइन प्रणालीबाट भुक्तानी गर्न थालिएको उनले बताए । उनले जिल्ला भित्रमा जुनसुकै ठाउबाट पनि जरीवाना तिरेर आफ्ना कागजात लिन सकिने बताए ।…

Read More

काठमाडौँ: काठमाडौँस्थित अमेरिकी दूतावासले प्रेस तथा मिडिया कोअर्डिनेटर चाहिएको सूचना निकालेको छ । अमेरिकी दूतावासको टोलीसँग काम गर्न इच्छुक मिडिया पर्सनलाई आवेदनको निम्ति आह्वान गरिएको छ । जुलाई २६ तारिखभित्र आवेदन गर्न सकिने जनाउँदै दूतावासले भनेको छ, ‘कुनै कागजी निवेदन वा इमेल स्वीकार्य हुने छैन । तोकिएको वेबसाइटमा गएर सावधानीवशः फर्म भर्नुहोला ।’

Read More

नुवाकोट: नुवाकोटको लिखु गाउँपालिका ६ को वडा कार्यालयभित्र केही कर्मचारी र जनप्रतिनिधिले दिउँसै रक्सी सेवन गरेका छन् । उनीहरुलाई स्थानीयले रक्सी सेवन गरिरहेको अवस्थामा फेला पारेका हुन् । वडा कार्यालयमा पटक पटक यस्तो हर्कत दोहोरिएपछि आफूहरुले खिचेको फोटो र भिडियो समाजिक सञ्जालमा बाहिर ल्याउनुपरेको स्थानीयले बताएका छन् ।

Read More

काठमाडौँ: भारतीय गुप्तचर संस्था ‘र’ को नेपालस्थित कार्यालयमा दुई जना अधिकारी थप भएका छन् । लामो समयदेखि भारतीय इन्टेलिजेन्स विभागको यहाँस्थित कार्यालयमा एउटा दरबन्दी खाली थियो । अघिल्लो महिना नेपाल आएर भर्खरै ‘र’ प्रमुखमा नियुक्ति पाएका रवि सिन्हाले नेपालस्थित डेस्कको रिक्त पदमा दार्जिलिङका एक नेपालीभाषी पुरुष र एक महिलालाई नियुक्त गरेका छन् । अहिले नेपालमा ‘र’को १७ सदस्यीय टोली सक्रिय छ ।

Read More

काठमाडौँ : नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार आज दिउँसो साढे २ बजेसम्ममा २० दशमलव ४५ प्रतिशत पालिका बजेटविहीन रहेको देखिएको हो । यस अवधिसम्ममा बजेट पेस भइसकेका पालिकाको सङ्ख्या पाँच सय ९९ छ । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ६३ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । सबैभन्दा कम कर्णाली प्रदेशका चार स्थानीय तहले मात्रै बजेट ल्याउन बाँकी रहेको देखिएको हो । कोशी प्रदेशका २९, बागमतीका २४, गण्डकीका सात,…

Read More

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन्। अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। कालिकोटेमाथि गत असार १९ गते मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ।

Read More