Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा लुटपाट गर्ने दुईजनालाई समातिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१३ पिपरैयाका २१ वर्षीय दिपक चदारा र दोधारा–चाँदनी नगरपालिका–१ का २२ वर्षीय अर्जुन सुनारलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार राति ९ बजे कृष्णपुर नगरपालिका–२ की २१ वर्षीया अनारकली चौधरीलाई धान रोपेर साइकलमा घर फर्कदै गर्दा लुटपाट भएको थियो। उनी घर फर्कदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००३ प १५१ नम्बरको मोटरसाइकलमा सवार चदारा र सुनारले ती महिलालाई धक्का दिएर लुटपाट गरेका थिए। दुबै जनाले चौधरीसँग भएको मोबाइल लुटेर फरार भएका थिए। लुटेर फरार भएका दुबै जनालाई चेक पोइन्टमा चेकजाँच गर्दा एक थान मोबाइल, एक थान मोटरसाइकल र एक थान…

Read More

काठमाडौं :प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत नै झुट बोल्नु र अफवाह फैलाउनु मात्र रहेको बताएका छन् । वागग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले सरकारले हल्ला फैलाउने काम मात्रै गरेको आरोप लगाए । ओलीले अहिलेको सत्ता गठबन्धनमा उस्तै उस्तै दलहरु रहेकाले गठबन्धन कायम गर्न चाहिरहेको पनि बताए । ‘सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने देखियो’, ओलीले भने, ‘उस्तै उस्तै मिलेकाले, गठबन्धन भएकाले गठबन्धन कायम राख्न चाहन्छन् ।’ ओलीले एमालेको नीति प्रष्ट रहेको बताए । उनले एमालेको नजर सरकारतिर नरहेको बताएका छन् । उनले भने, ‘हामी सरकारतिर हेर्दैनौँ । मिसन ०८४ मा…

Read More

कञ्चनपुरः ब्रम्हदेव बजारमा आगलागी भएको छ। ग्याँस लीक भएर आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो। सोमबार साँझ भीमदत्त नगरपालिका–९ ब्रम्हदेव बस्ने रमेश बोहराको घर नजिकै रहेको खाजा पसलमा खाना पकाउने क्रममा ग्याँस सिलेण्डरबाट ग्याँस लीक भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा पसल भित्र रहेका किराना सर–सामान, भाडा बर्तन र काठ गरी अन्दाजी दुई लाख रुपैयाँ बराबरका सामानहरु जलेर नष्ट भएका छन्। उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

Read More

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–६ को काट्याखोलामा बृद्ध मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–४ नौनिया बस्ने ६५ वर्षीय फुलराम डगौरा रहेका छन्। उनी सोमबार दिउसो मृत अवस्थामा भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीका महिला मोबाइल चलाएर सीप सिक्न थालेका छन्। महिलाले मोबाइलको सहायताले टिकटक तथा युट्युब हेरेर सीप सिकेर व्यवसायी बनेका छन्। टीकापुरकी पुष्पा पाण्डेले टिकटक र युट्युबको सहायताले सीप सिकेर टीकापुरमै व्यवसाय सुरु गरेकी छन्। पेसाले स्वास्थ्यकर्मी पुष्पाले टीकापुरमा चुरा, पोते र विवाहका लागि आवश्यक सामान उत्पादन थालेकी छिन्। ‘मैले टिकटकबाट धेरै सीप सिकेँ, नजानेको कुरा युट्युबको सहायता पनि लिन्छु’, उनले भनिन्, ‘मैले विवाहको बरमाला, विवाहका लागि चाहिने दुलाहा, दुलहीका सबै सामान तयार गर्न थालेकी छु। मैले सबै सीप सामाजिक सञ्जालको सहयोगमा सिकेकी हुँ, अहिले पनि नयाँ डिजाइन देखेमा युट्युब तथा टिकटकमा हेरेर सिक्छु।’ सिलाइबुनाइमा इच्छाशक्ति भएकी पुष्पा टीकापुर अस्पतालमा…

Read More

धनगढीः सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। आज बिहान सवा १० बजेदेखि सम्पर्कबिहीन भएको ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ लाम्जुरा पास ईलाकाको चिहानडाँडा जंगलमा दुर्घटनाग्रस्त फेला परेको हो। लालीगुराँसको रुखमा ठोक्किएर दुर्घटना भएको हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको नेतृत्वमा उद्धार टोली खटिएको छ। उद्धार टोलीले पाँचवटा शव निकालेको छ भने एउटा शव अझै फेला परेको छैन। क्षतविक्षत अवस्थामा शव भेटिएकाले मृतकको पहिचान हुन नसकेको बताइएको छ। पाइलट सिबि गुरुङ्गले उडाएको हेलिकप्टरमा उनीसहित पाँचजना विदेशी यात्रु सवार…

Read More

काठमाडौंः मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। एक जना बेपत्ता छन्। घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ। अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए। मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन। अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ। प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन्।

Read More

काठमाडौं : मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेका स्थानीहरूले ४ जनाको शव निकालिएको छ। घटनास्थल पुगेका स्थानीय जीवन विकले हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको जानकारी दिए। उनले भने ‘दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। दुईजनाको शव भेटिएको छैन। खोजि गरिरहेका छौं।’ शवको पहिचान भइसकेको छैन। बिहान सम्पर्कविहीन भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै म्याक्सिकन नागरिक हुन्। सुलुखुम्बुबाट काठमाडौंका लागि…

Read More

नयाँ दिल्ली : विपरीत दिशाबाट तीव्र वेगमा हुइँकिएको स्कुल बसले कारलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुई जना बालबालिकाको ज्यान गएको छ । दिल्ली–मीरुत द्रुतमार्गमा आज बिहान भएको उक्त दुर्घटनामा छ जनाको घटनास्थलमा मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । निजलाई नियन्त्रणमा लिइएको छ । यसैबीच, आन्ध्र प्रदेशको डार्सीस्थित नहरमा यात्रीबाहक बस खस्दा एक जना सात वर्षिय बालकसहित सात जनाको निधन भएको छ । बसमा यात्रारत ४० जनामध्ये १५ जना गम्भीर घाइते भएका छन् ।…

Read More

धनगढीः मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर साम्सीभञ्ज्याङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हेलिकोप्टर उक्त क्षेत्रमा भेटिएको हो। दुर्घटनाग्रस्त क्षेत्रमा उद्दारका लागि अल्टिच्युड हेलिकोप्टरलाई पठाइएको छ। लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ शेर्पाले दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीसहितको उद्धारकर्मीको टोली गइसकेको र आफूहरू पनि जाँदै गरेको बताए। हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए। उनीहरू माउन्टेन फ्लाइट गरेर फर्किंदै थिए। एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेका थिए। हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए।

Read More