Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिममा ब्वाइज स्काउट एड्भान्स तालिम सम्पन्न भएको छ। नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा यहि असार १९ गतेदेखि सुरु भएको तालिम हिजो सकिएको हो। उक्त ५७ औं तालिमको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको आथित्यमा उद्घाटन भएको थियो। तालिममा २८ जना स्काउट मास्टरहरुको सहभागिता रहेको थियो। तालिमले सुदूरपश्चिम प्रदेशको स्काउटको वृद्धि, विकास र विस्तार गर्न धेरै सहयोग पुग्ने प्रदेश स्काउट तदर्थ समिति संयोजक नरेन्द्र थापाले बताए।

Read More

दार्चुला: दार्चुलामा रहेको लस्कु खोलाले पुल बगाउँदा समस्या आइपरेको छ। जिल्लाको महाकाली नगरपालिका -१ जोड्ने उक्त पुल बगाउँदा स्थानीयलाई लस्कु खोला वारपार गर्न समस्या भएको हो। हिजो राति खोलामा आएको बाढीले पुल बगाएपछि अहिले स्थानीय भत्केको पुल माथिबाटै जोखिम मोलेर हिँडिरहेका छन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेको थियो। त्यसपछि दबावमा परेको सरकार संशोधन गर्न तयार भएको हो। सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरी सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्ने सहमति गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले १ असारमा आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोडको बजेट प्रस्तुत गरेका थिए। तर, बजेटप्रतिको असन्तुष्टिकै कारण त्यसयता…

Read More

कैलाली: काठ तस्करी रोक्न प्रहरीलाई सहयोग गर्दा प्रहरीकै गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैसीले अनशन तोडेका छन्।  उपचार र क्षेतिपूर्तिको माग राखी तीन हप्तादेखि माइतीघर मण्डलामा अनशन बसेका उनको माग सम्बोधन गर्न सरकार तयार भएपछि अनशन तोडिएको हो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजो साँझ माइतीघर मण्डला पुगेर माग पूरा गर्ने बचन दिएसँगै जैसी अनशन तोड्न राजी भएका हुन्। हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ। माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए। अब उनको नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ। अनशन तोडाउदै उपप्रधानमन्त्री श्रेष्ठले जैसीको बाँकी…

Read More

रुकुम पश्चिम: भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी ज्यान गएको छ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली र भिमा ओली तथा उनका १७ वर्षीय छोरा मोहोन ओलीको सिमलाको ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा ज्यान गएको हो। सोमबार बिहान ११ बजेतिर घरमै बसिरहेका बेला एक्कासि पहिरो आएपछि घरमा बसिरहेका उनीहरुको ज्यान गएको बताइएको छ। एक वर्षअघि मजदुरी गर्न भारत गएका दिपबहादुर सँगै काममा सघाउने भनेर एक महिनाअघि मात्रै उनकी श्रीमती र दुई छोरा पनि उनी भएकै ठाउँमा गएका थिए। उनीहरुको शव घर ल्याउने तयारी भइरहेको छ।

Read More

बैतडी: बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ स्वाखानीमा बस दुर्घटनामा परि घाइते भएकाहरु मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ। मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए। यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, संगीता रावत, दिपीका भट्ट , विसन भट्ट र बस चालक देव सिंह भण्डारीलाई डडेल्धुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको खत्रीले जानकारी दिए। बाँकी घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बसमा ४४ जना सवार रहेका…

Read More

कञ्चनपुर: भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि  महाकाली नदीको जनस्तर बढेको छ।  हिजोबाट दार्चुला र आसपासका क्षेत्रमा सामान्य वर्षा भएपनि दार्चुलाको दत्तुस्थित जलस्तर मापन केन्द्रले अहिले त्यहाँको जलस्तर ४.५६ देखाएको छ र। दत्तुको जलस्तर झण्डै डेढ सय किलोमिटर दक्षिण डडेल्धुराको परिगाउँमा भन्दा धेरै छ। परिगाउँमा अहिले महाकाली नदीको जलस्तर ४.१ रहेको त्यहाँ जडित जलस्तर मापन यन्त्रले देखाइरहेको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोल्न लागिएको जनाएको थियो। परियोजनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी पत्रका अनुसार अहिले बिहान ५ बजेदेखि राति ८ बजेसम्म १५ घण्टाका…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका –३ शंकरपुर का ३४ वर्षीय राम सेवक चौधरीलाई सोमबार पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंकरपुरस्थित सडक खण्डमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा फेलापारी चेकजाँच गर्दा दाँहिने हातको मुठ्ठीभित्र लुकाई छिपाई राखेको ७९० मिलीग्राम खैरो हेरोइन फेला पारी उनलाई पक्राउ गरेको हो। यस्तै कैलालीको भजनी नगरपालिका वडा नम्बर–५ को कौवाखेडामा विओपी पगियाप्रसारबाट खटिएको सशस्त्र प्रहरी नरेश चन्दको टोलीले २५ वर्षीय दिनेश साउदलाई सोमबार पक्राउ गरेको छ। यस्तै जिल्लाको टीकापुर नगरपालिका वडा–१ ब्लक नम्बर ६ स्थित सडक खण्डबाट सोहि नगरपालिका–१ का २६ वर्षीय शंकर खत्रीलाई पक्राउ गरेको हो।…

Read More

काठमाडौं: काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति पनि सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत…

Read More

काठमाडौं : काठ तस्करी रोक्न प्रहरीलाई सहयोग गर्दा प्रहरीकै गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैसीको अनशन तोडिएको छ । उपचार र क्षेतिपूर्तिको माग राखी तीन हप्तादेखि माइतीघर मण्डलामा अनशन बसेका उनको माग सम्बोधन गर्न सरकार तयार भएपछि अनशन तोडिएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साँझ माइतीघर मण्डला पुगेर माग पूरा गर्ने बचन दिएसँगै जैसी अनशन तोड्न राजी भएका हुन् । हालसम्म उपचारको एक लाख ९१ हजार खर्च सरकारले बेहोरेको छ । माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए । आजबाट भने नेपाल प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ…

Read More