धनगढीः सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिभित्र विवाद भएको छ। नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो। पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन्। ‘यार गद्दार निकला। राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौँ,’ चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। चौधरीले फेसबुुकमा व्यक्त गरिएको विचार पार्टीले प्रदेशसभा सदस्यलाई सरकारमा मन्त्रीका रुपमा पठाउने निर्णयप्रती नै लक्षित भएको बताए। उनले पार्टीमा विधि र पद्धती भन्दा पनि व्यक्तिगत निर्णय हाबी भएको उनको भनाई छ। ‘संगठन एजेन्डाले बन्छ,…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीमा एक महिलाको मृत्यु भएको छ। भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा माइतीघरबाट घर पुग्नेवित्तिकै २४ वर्षीया संजीता चौधरीको मृत्यु भएको हो। उनी धनगढी उपमहानगरपालिका–१७ धुर्जुना (माइती) बाट घर फर्किएकी थिइन्। प्रहरीका अनुसार मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्। दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोही दिन मृत अवस्थामा फेला परेकी हुन्। संजीताका श्रीमान सुवेत यादब सोही दिन भारत जान्छु भन्दै घरबाट निस्केका थिए। तर, संजीताले घर पुग्ने वित्तिकै झुण्डिएर देहत्याग गरेको सुनेपछि तिकुनिया पुगेका यादब घर फर्केका थिए। यता, संजीताका आफन्तले भने आत्महत्या नभई हत्या भएको…
धनगढी: धनगढीको बसपार्क क्षेत्रमा असुली धन्दा मौलाएको पाइएको छ। शान्ति सुरक्षाका लागि खटिएको प्रहरीबाटै यस्तो अस्वभाविक काम भैरहेको पाइएको हो। स्रोतका अनुसार बसपार्कका होटेल, दोहोरी साझ तथा रेस्टुरेन्ट र पहाड जाने बसहरुबाट रकम असुली भैरहेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कमा कार्यरत हालै सरुवा भएका प्रहरी सहायक हवल्दार शंकर बोगटी र प्रहरी जवान पदम साउँद असुली गर्ने गरेको स्रोतको दाबी छ। उनीहरुले बसपार्कका होटलहरुबाट मासिक १ हजारदेखि ५ हजारका दरले र पहाडी जिल्ला बाजुरा बझाङ र अछाम जाने गाडीहरुबाट सामान हालेबाफत इन्ट्री गरेको भन्दै सय रुपैयाँका दरले रकम असुल्ने गरेको व्यवसायीहरुको गुनासो छ। यस्तो गतिविधि गर्ने सहायक हवल्दार बोगटी केही दिनअघि…
धनगढी: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुखको सरुवा भएको छ। निवर्तमान हाकिम रामबहादुर लिम्बू कुरुम्बाङको सरुवा भएको हो। अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले रामबहादुरको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास सरुवा भएको र उनको ठाउँमा अर्का हाकिम हाजिर भएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार अख्तियार सुदूरपश्चिमको नयाँ हाकिमको रुपमा अहिले सहसचिव अस्मान तामाङ आएका छन्। यसअघि श्रम, यातायात तथा रोजगार मन्त्रालयमा कार्यरत रहेका तामाङले केही दिनअघी नै प्रमुखको कार्यभार सम्हालिसकेका छन्। लामोसमय गृह प्रशासनमा रहेर काम गरेका उनी अनुभवी र अनुसन्धानमा अब्बल मानिन्छन्।
डडेल्धुराः लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा डडेल्धुरामा एक जना व्यापारी पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ तुफानडाँडा चोकस्थित ‘हाम्रो माछा पसल’का सञ्चालक २५ वर्षीय विरेन्द्र बोगटी(मछ्छी भाइ) लाई प्रहरीले पक्राउ गरिएको हो। बोगटी लागुऔषध खैरो हिरोइन ओसारपसारमा संलग्न रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको डडेल्धुराका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए। कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिका–१० भुडाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९. ९० ग्रामसहित गत असार ९ गते बझाङ तलकोट गाउँपालिका–१ बस्ने २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका–२ बस्ने राजकुमार रोकायालाई पक्राउ गरेको थियो। डीएसपी भट्टका अनुसार प्रहरी अनुसन्धानमा उनीहरू सँगै बोगटीको पनि लागुऔषध…
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार आज नै विस्तार गर्ने तयारी भइरहेको छ। आज नै २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन्। नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिले सिफारिस गरेको छ। कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकमा मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ। बैतडीबाट निर्वाचित शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, आफ्नो पार्टीले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि एकसय भन्दा धेरै रोजगारी सृजना गरेको दावी गरेका छन्। २०८० साउन १७ गते बुधबार समाजिक सञ्जालमार्फत उनले, अहिलेका लागि एकसय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताए। ‘यी विज्ञापनहरु विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन् , छापिदैछन् । चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि “बिना ढेउवा के’।’ सामाजिक सञ्जालमा उनले भनेका छन् ‘अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना…
काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । यसअघि सो बैठक लाइभ गर्ने भनेको माओवादीको बुधबार बिहान बसेको केन्द्रीय सचिवालय र पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको हो । बैठकपछि कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक लाइभ नहुने जानकारी दिए ।
टक्सार : भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधार गृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका–८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी…
धनगढी: प्रायः घरायसी काम, खेतीपाती र सिमावर्ती भारतीय बजारमा मजदुरीमा व्यस्त रहने कञ्चनपुरको दोधारा चादँनी नगरपालिका-१० कुतियाकवरका स्थानीय मंगलबार गाउँमै जम्मा भएका थिए। जोगबुढा नदीमा रहेको झोलुंगे पुल तर्दै लस्करै उच्चस्तरीय सैनिक टोली जोगबुढा र महाकाली नदीको दोसाथको बस्ती कुतियाकवर पुगेपछि स्थानीयले ०२२ सालदेखि सीमा रक्षक भएर विकट बस्तीमा भोग्नुपरेको समस्या सुनाए। बाढी र डुबानबाट ग्रसित हुने कुतियाकवरको स्थलगत अवस्था र प्रभावित क्षेत्रको अनुगमनका क्रममा नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, पृतनाका सहायक रथी सुरज रावल र श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी मनोज थापालगायत सैनिक अधिकृतको टोली त्यहाँ पुगेको थियो। बस्तीमा बाढीबाट बच्न निर्माण हुन…