Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्। स्रोतका अनुसार उनी केही दिनमै सपथ लिनेछन्। नागरिक उन्मुक्तिलाई पर्यटन राज्यमन्त्री दिने प्रधानमन्त्री ओलीको तयारी छ। उनी राष्ट्रपतिबाट माफी पाएका व्यक्ति हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा सजाय माफी गरिदिएकी थिइन्। २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनालाई छ महिना कैद सुनाएको थियो। यतिमात्र होइन, अहिले पनि उनी कालोसूचीमा…

Read More

काठमाडौं: नेपाल प्रहरीले हिजो गरेको लेखापाल सरुवा विवादित बनेको छ। झण्डै तीन सय लेखापाल (एकाउण्टेण्ट) को काज सरुवा गरिएकोमा सो विषय विवादमा मुछिएको हो। हेडक्वाटर नक्सालले गरेको भनिएको २८९ जना लेखापालको सरुवामा गृह मन्त्रालयको चर्को हस्तक्षेप र भागबन्डा भएको बताइएको हो। हेडक्वार्टरको मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले उनीहरुको काज सरुवा अर्थात् अर्को आदेश नभएसम्म लेखाप्रमुखको रुपमा कामकाजमा खटाइएको परिपत्रमा उल्लेख छ। सामान्यतयाः असई, सई, वरिष्ठ सई, केही इन्सपेक्टर कार्यरत हुने लेखामा उच्च तहका कर्मचारीको मात्रै सरुवा गर्ने मन्त्रालयले आँखा लगाएपछि चर्को आलोचना भएको बताइन्छ। जबकि एसपीसम्मको सरुवा आइजीपी स्वयमले गर्नुपर्ने कानुनी व्यवस्था छ। उसो त काज सरुवा सामान्यतयाः एकाध…

Read More

काठमाडौं : देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार ललितपुरमा सात र धनगढीका तीन जनामा हैजा पुष्टि भएको हो । हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो ।

Read More

धनगढी: दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। शनिबार दिउँसो सदरमुकाम खलंगास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका–१ की १७ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी हाम फाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई सम्झाई बुझाई गरेका थिए। तर नमानेपछि उनलाई समात्न प्रहरी गएका थिए। प्रहरी नजिकै पुगेका बेला कुँवरले नदीमा हाम फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : नारायणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूलीमा हराएको छ। बेपत्ता बस र यात्रुहरुको खोजी गर्न नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले  नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो। सो टोलीले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेट अन्तरगर्तको १९ किलोको चुम्बक आज खोजी गर्ने क्रममा हराएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए। उनका अनुसार उक्त टोलीले १९ र १४ किलोको दुई चुम्बक ल्याएका थिए। सो मध्य १९ किलो चुम्बक खोजतलासका क्रममा हराएको…

Read More

धनगढी : धनगढीको नोभा अस्पतालमा मृत्यु भएका कञ्चनपुरका नसिभ चौधरीको परिवारले शव बुझ्ने भएका छन्। क्षतिपूर्ति दिने सहमति भएपछि उपचारका क्रममा मृत्यु भएका नसिभको परिवारले शव बुझ्न तयार भएका हुन्। मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको छ। मृतकका मामा रामकृष्ण चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए। चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए। जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो…

Read More

धनगढी : कञ्चनपुरको बेलौरीका १७ वर्षिय युवक नसिभ चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ । मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ती माग गरेका छन । आक्रोसित पिडितका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेर अस्पताल तोडफोड गरेका छन । नोभा अस्पतालका सूचना अधिकारी पदमराज भट्टले अस्पतालको बाहिरि डेकोरेशन, झ्यालका सिसा, रिसेप्शन, फार्मेसी, रिसेप्शनका कम्प्युटर लगायतका सामान तोडफोड भएको बताए । उनले बाहिरबाट हानिको ढुंगाले माथिल्लो तलामा रहेको अपरेशन कक्षका उपकरणहरुमा पनि क्षती पुगेको बताए । ‘अहिले मृतकका आफन्तहरुसँग छलफलमै ब्यस्त छौं, तर १५/२० लाखको क्षती भएको छ’ भट्टले भने । नोभा अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहरा छ । ठुलो संख्यामा…

Read More

अछामः अछाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका–५ बाट कैलालीको कैलारी गाउँपालिका–७ का ३० वर्षीय प्रकाश बोहरा र २९ वर्षीया कल्पना भण्डारी पक्राउ परेका छन्। उनीहरु श्रीमान श्रीमती हुन्। आफ्नो ससुरालीको घरमा बस्दै आएका उनीहरुलाई ३८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Read More

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त र नीतिमा जोड दिन नसकेको बताएका छन्। पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित प्रवचन गोष्ठीमा धारणा राख्दै नेता रावलले यस्तो बताएका हुन् । उनले विपरीत सिद्धान्त भएका दलहरू मिलेर चुनाव लडेको देख्दा आफूलाई आश्चर्य लागेको बताए। नेता रावलले भने, ‘एउटा दलले एउटा चिन्ह लिएर जिन्दाबाद भन्छ, त्यसको सिद्धान्त के छ कम्युनिस्टलाई सिद्ध्याउने । अर्को दल कम्युनिस्ट पार्टी भन्छ, त्यो सिद्ध्याउन चाहनेलाई जिन्दाबाद भन्दै मत दिइरहेको हुन्छ । कति आश्चर्य छ । मैले देखेँ नेकपा एमाले जिन्दाबाद भोट केमा हलोमा ? नेपाली कांग्रेस जिन्दाबाद भोट केमा कलममा ? मैले बुझ्न सकिनँ…

Read More

धनगढी : कैलालीको धनगढीस्थित नोभा अस्पतालमा शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्युको घटनापछि उत्पन्न विवादका कारण अस्पतालमा ढुंगामुढा भएको छ । मृतकका आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका हुन् । धनगढीको नोभा अस्पतालमा ढुंगामुढा, सुरक्षाकर्मीद्वारा ९ सेल अश्रुग्यास प्रहार अवस्थालाई नियन्त्रण लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन् । ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ । मृतकका आफन्तहरूका अनुसार अस्पतालको लापरबाहीले नसिबको मृत्यु भएको भन्ने छ । अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरिरहेका उनीहरूले मृतकको शव उठाउन मानेका छैनन् । उपचारमा…

Read More